Author: Nisha Shrestha

काठमाडौं – प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् । आइतबार राति चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा-फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् । २६ पुसको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्रमा प्रधानमन्त्रीले भनेका छन् ।

Read More

काठमाडौँ – सरकारी काम कारबाही र समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलो दिन भएको छलफलमा सचिवहरूले आ-आफ्ना मन्त्रालयमा भइरहेको काम र समस्याका बारेमा संक्षिप्त धारणा राखेको मुख्यसचिव शंकरदास वैरागीले जानकारी दिए । ‘हामी छलफलकै क्रममा छौ । विभिन्न मन्त्रालयहरूबाट संक्षेपमा प्रस्तुति भएको छ । केहीको बाँकी नै छ । भोलि सबैको लिइसकेपछि प्रधानमन्त्रीज्यूबाट जे आउँछ त्यो सार्वजनिक हुन्छ’, मुख्यसचिव वैरागीले भने,‘ सरकार प्रमुखका रूपमा मन्त्रालयहरूमा कसरी काम भइरहेको छ रु भनेर जिज्ञासा राख्नुभयो ।’ त्यसक्रमा प्रधानमन्त्रीले विकासको गति कसरी अघि बढेको छ रु जनताले पाउने सेवा सुविधाहरू कसरी…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनको यस्तो अडान बाहिर आएको हो । आज सोमवारदेखि काठमाडौँमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले देश र नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए । आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै उनले कसैको अघि लत्रने पक्षमा नरहेको बताए । देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरू अघि बढ्ने तर आरोप–प्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो । उनले भने, ‘हाम्रो पार्टी सत्तारूढ…

Read More

कारागारको क्षमताभन्दा बढी कैदीबन्दी हुँदा काठमाडौँको जगन्नाथदेवलमा रहेको देशकै सबैभन्दा पुरानो ‘केन्द्रीय कारागार’ व्यवस्थापनमा चुनौती बन्दै गएको छ । विसं १९७१ मा ४३ रोपनी क्षेत्रफलमा स्थापना भएको केन्द्रीय कारागारमा अहिले क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीन वटा जेल रहेका छन् । केन्द्रीय कारागार सुन्धाराका कारागार प्रशासक ईश्वरीप्रसाद पाण्डे एक हजार पाँच सय क्षमता रहेको केन्द्रीय कारागार सुन्धारामा हाल तीन हजार चार सय ४८ कैदीबन्दी रहेको बताउनुहुन्छ । “कारागारको क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी अहिले केन्द्रीय कारागारमा छन्”, उहाँ भन्नुहुन्छ । हाल केन्द्रीय कारागार परिसरभित्र रहेको केन्द्र जेलमा एक…

Read More

काठमाडौं – उपप्रधानमन्त्रीको वरीयतामा असन्तुष्टि जनाएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि मन्त्रालय जान थालेका छन् । आफूभन्दा वरीयतामा एमालेका विष्णु पौडेललाई राखिएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाएर मन्त्रालय नगई बसेका श्रेष्ठ सपथ खाएको एक साता पछि मन्त्रालय जान थालेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको दोस्रो वरीयतामा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई राखिएपछि श्रेष्ठले असन्तुष्टि जनाएका थिए । उनले पौडेलभन्दा आफू पहिले नै उपप्रधानमन्त्री भएको भन्दै आफूलाई दोस्रो वरीयतामा राख्न पार्टी नेतृत्वलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले थामथुम पारेपछि घुर्की लगाएर घरबाटै मन्त्रालय चलाउँदै आएका श्रेष्ठ आइतबारदेखि सिंहदरबारस्थित मन्त्रालय जान लागेका हुन् ।…

Read More

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैया बस्तीकी सनमती चौधरीको दिनचर्या फेरिएको छ । परिवारको खर्च जुटाउनका लागि उहाँ पहिला बिहानीको झिसमिसेमै मजदुरीमा जानु हुन्थ्यो । साँझ अबेर थाकेर घरफर्कनु हुन्थ्यो । मजदुरीबाट आएको पैसाले परिवारको खर्च चल्थ्यो । हाल उहाँ तरकारी खेतीमा संलग्न हुनुभएको छ । व्यावसायिक तरकारी खेती गरेर सनमतीका सात जनाको परिवार खर्च सहज रुपमा चल्न थालेको छ । पुनः स्थापन हुँदा पाएको पाँच कठ्ठा जग्गामध्ये एक कठ्ठा जग्गामा उहाँले घर निर्माण गर्नुभएको छ । बाँकी रहेको चार कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । आफ्नो स्वामित्वको चार कठ्ठा जग्गा र अरुको पाँच कठ्ठा जग्गा भाडामा लिएर उहाँले…

Read More

काभ्रे – जिल्लामा वर्सेनि सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको छ । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकमा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ । यसवर्ष पनि दुई प्रतिशतले गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सरिता सापकोटाले बताउनुभयो । उहाँका अनुसार रोग एवं कीराका कारण सात वर्षयता लगातार सुन्तला उत्पादनमा दुई प्रतिशतका हाराहारीमा गिरावट हुँदै आएको छ । त्यसअघि काभ्रेपलाञ्चोकमा वर्सेनि सात सय मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको थियो । जिल्लाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक रुपमा खेती हुँदै आएको आएको छ । गतवर्ष छ सय ३० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।…

Read More

लुम्बिनी – लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्नुहुनेछ । यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले पनि सरकारमा जाने वा नजाने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेपछि आगामी रणनीति तय गर्ने पोलिटब्युरो बैठक बोलाइएको हो। पार्टीभित्र नेताहरू सरकारमा जानुपर्ने र जानु नहुने गरी दुई धारमा बाँडिएका छन्। अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुनेबारे पोलिटब्युरो बैठकमा छलफल गर्ने उनले खतिवडाले बताए।

Read More