Author: Nisha Shrestha

कैलाली – कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । विसं २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको हो । सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रको काम पूरा नभएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताउनुभयो । कालोपत्र गर्ने काम जारी रहेकाले यो…

Read More

वीरगन्ज – हृदयघातबाट मृत्यु भएका वीरगन्जका पत्रकार नरेश सर्राफको परिवारलाई वीरगन्ज महानगरपालिकाले तत्काल ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार वीरगन्जमा समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले सर्राफका परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट तत्कालका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् । यसका साथै सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा स्थापना गरिने स्मृति कोषमा महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि मेयर सिंहले गरे । मेयर सिंहले सर्राफकी छोरीको १० कक्षासम्मको पठनपाठनको जिम्मा…

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । सो पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा. मुकुल ढकालका कारण आफूहरू सिफारिसमा पर्न नसकेको शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।दलिततर्फको सिफारिसमा समेत असन्तुष्टि देखिएको छ । दलित कोटामा पनि महिलालाई पन्छाउँदै पुरुषलाई नै सिफारिस गरिएको छ । रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमै पार्टीले एकजना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथि अपमान गरेको बताएकी थिइन्…

Read More

काठमाडौं – सप्तरी, रुपनी गाउँपालिका-६ वीरेन्द्रबजारस्थित सडकमा स.४ प १६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका-१ खोकसर प्रवाहा बस्ने ४५ वर्षीय शिवजी पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-३ नहडास्थित सडकमा ३ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा को।१७ प ६९४४ नम्बरको मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका-२ लालभित्ती बस्ने ३५ वर्षीय हर्क बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा…

Read More

धनगढी – कञ्चनपुरमा एक उपमेयरका छोरा लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ ङ गाउँबाट सशस्त्र प्रहरीले अवैध लागुऔषध (खैरो हेरोइन) सहित उनलाई समातेको हो। प्रहरीका अनुसार पक्राउ परेका ती युवक शुक्लाफाँटा नगरपालिकाकी उपमेयर कल्पना जोशी (पन्त)का ३० वर्षीय छोरा पंकज पन्त हुन्। शनिबार दिउँसो सशस्त्र प्रहरीको पुनर्वासस्थित बर्डर आउट पोष्ट (बीओपी)बाट खटिएको टोलीले पुरानो उनलाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो। भन्सारस्थित चेक प्वाइन्टबाट शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर घर भएका पन्तलाई पक्राउ गरिएको हो। उनको साथबाट २० दशमलव ४ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि उनलाई छुटाउन प्रहरीलाई विभिन्न ठाउँबाट दबाब आइरहेको प्रहरी स्रोतले दाबी गरेको छ।…

Read More

काठमाडौं – आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। रु दुई लाख नगद, सम्मानपत्रसहितको सो पुरस्कार आगामी पुस १ गते राजधानीमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने कोषले जनाएको छ । केशरीका यसअघि कथा सङ्ग्रह ‘मिरमिरे’ ९२०५८०, ‘पुरुत्थान’ उपन्यास ९२०७२० तथा ‘सुवर्णलता’ ९२०७४० प्रकाशन भइसकेका छन्। उनको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा छ।

Read More

गुल्मी – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

कञ्चनपुर- भिमदत्त नगरपालिका-३ जनज्योति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका-४ बस्ने ३८ वर्षीय अनिल सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम अवैध लागूऔषध जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Read More

डडेल्धुरा – अमरगढी नगरपालिका-१ ढुन्ढुने बस्ने ५८ वर्षीय वीर बहादुर ऐरलाई अवैध लागूऔषध चरेश ६ केजी ५ सय ४० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले संचालन गरेको किराना तथा चिया पसल र घरमा लागूऔषध चरेश लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले पसल र घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

Read More

सर्लाही – यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि हैरान भएका किसानले उत्पादन गरेको उखु सक्खर उद्योगलाई बेच्न थालेका हुन् । जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन थालेका छन् । “इन्दुशङ्कर चिनी उद्योग पुसको…

Read More