काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७) आइतबारदेखि सुरु हुँदैछ। सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल-शेखमा हुँदैछ। उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ। साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्मेलनको लक्ष्य छ।  सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एकदशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने पाटोमा विश्वका…
Author: Nisha Shrestha
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आसन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनले संघमा दुई तिहाइ क्षेत्रमा जित हासिल गर्ने बताएका छन्। रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले निर्वाचनपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने पनि दाबी गरे। चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘आगामी निर्वाचनबाट गठबन्धनले कम्तीमा दुई तिहाइ बहुमत पाउँछ । यो मेरो दाबी हो । तथ्यहरुले यो देखाएको छ । हामी दुई तिहाइ संघमा जित्दैछौँ । प्रदेशमा सातै प्रदेशमा हाम्रो सरकार हुन्छ ।’ गठबन्धनले घोषणापत्रमार्फत् शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाई छ। तीनै तहका सरकारका समन्वयमा…
डडेलधुरा – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी छिन्। पछिल्लो समय विभिन्न अभिव्यक्तिका कारण चर्चामा रहने आरजुले प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा समेत डडेलधुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन्। अहिले गृह जिल्ल्लाका विभिन्न चुनावी सभामा सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डडेल्धुरामा छन् । यस्तै अहिले शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दा डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरेकी छिन्। उनले सम्बोधन गर्ने क्रममा…
काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताले सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेको बताएका छन्। शनिबार काठमाडौँ क्षेत्र नम्बर १ मा आम मतदाताहरूसँग घरदैलो कार्यक्रममा मतदाताहरूले आफूलाई पानी र सरकारी सेवाहरूको छिटो छरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको बताएका हुन्। उनले विगतका वर्षमा भन्दा यस वर्ष मतदाताहरूले निर्वाचनका सन्दर्भमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै नागरिकका मागहरू सम्बोधन गर्न आफू हरेक समय तयार रहेको बताए। काठमाडौँ क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका नेता सिंहले जनताको मेलम्चीको पानीको गुनासो र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए। उनले भने, ‘मैले यस वर्ष विगतको…
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्। शुक्रबार गोरखा नगरपालिका–१४ स्थित याङकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले गोरखाबाट निर्वाचनमा होमिएका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले गठबन्धनलाई विजयी गराए सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री र आफू प्रधानमन्त्री बन्ने ठोकुवा समेत गरे। ‘तर्पांहरुले दिएको शक्ति लिएर सुरेन्द्र पाण्डेजी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना छ। फडिन्द्रजी मन्त्री बन्ने सम्भावना छ। निर्वाचनपछि मैले देशको नेतृत्व लिने सम्भावना छ। तपाईँहरूले हामीलाई बलियो बनाएर पठाउनुभयो भने हाम्रो तागत सिंहदरबारभित्र र प्रदेश सरकार भित्र पनि बलियो हुन्छ,’ प्रचण्डले भने। साथै उनले…
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए । सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ ।
महेन्द्रनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग फिर्ता ल्याउने दावी गरेका छन् । साथै उनले कांग्रेस नेता तथा मन्त्री दिलेन्द्र बडूलाई दार्चुला नफर्कन सुझाव समेत दिएका छन् । बिहीबार दार्चुला सदरमुकाममा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग एमालेले फिर्ता ल्याउने भन्दै मन्त्री समेत रहेका कांग्रेस नेता बडु मन्त्री भएर पनि दार्चुलालाई नहेरेको र मिचिएको भूमि फिर्ता ल्याउने कुनै प्रयास नगरेको भन्दै भन्दै अब बडूको काम नभएको र गुमेको भूमि एमालेले फिर्ता गर्ने बताएका हुन् । चुनावपछि एकदिन आफू दार्चुलामा बस्नेगरी र स्थानीयसँग फोटो समेत खिचाउनेगरी आउने भन्दै…
काठमाडौँ – आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन प्रणाली बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारी समेत खटिनुपर्ने भएकाले आवेदन नलिइने जनाएको छ । आवेदन फेरि कहिलेबाट खुल्ने भन्ने सम्बन्धमा पछि सूचना जारी गरिने विभागको भनाइ छ। ‘आवेदन लिइने अनलाइन प्रणाली मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्म बन्द रहनेछ’ विभागले सूचनामा भनेको छ। अनलाइन प्रणाालीबाट लाइसेन्सका लागि आवेदन बुझाएपछि प्राप्त हुने मितिमा निवेदन रुजु तथा बायोमेट्रिक विवरणका लागि आवेदक तोकिएको कार्यालय जानुपर्छ । सो प्रक्रिया पूरा भएपछि लिखित…
काठमाडौँ – निहारिका राजपूतका छोरा र प्रतिवादी शिवराज श्रेष्ठको डिएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको छ । उच्च अदालत जनकपुरले राजपूतको छोरा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश जारी गरेको थियो । डिएनए परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइएको थियो । राजपूतका कानुन व्यवसायी अधिवक्ता रिन्कु कुमारी यादवका अनुसार आज अदालतले डिएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ । प्रतिवेदनको अनुसार श्रेष्ठ र राजपूतका छोराको ९९.९९९ प्रतिशतले डिएनए म्याच भएको जानकारी उच्च अदालत जनकपुर जनाएको छ । अदालतका अनुसार रिपोर्ट नआएको हुँदा २५ गतेका लागि साधारण तारेख दिइएको थियो । अब रिपोर्ट आइसकेकोले अर्को सुनुवाइको पेसी तोकिनेछ ।
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूमि एक इन्च पनि मिचिन नदिने प्रतिबद्धता जनाएका छन् । दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै उनले नेपालको भूमि मिचिएको भए फिर्ता ल्याउने बताए । “राष्ट्रियताको प्रश्नमा नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च पनि मिचिन दिनेवाला छैन,” ओलीले भने, “मिचिएको भए फिर्ता ल्याउँछौँ भनेर हामीले नक्सा जारी गरेका छौँ । संसदले सर्वसम्मतले पास गरेको छ । त्यो कुरा आज फेरि तपाईंहरुसँग ग्यारेन्टी गर्न चाहन्छु ।” ओली प्रधानमन्त्री बनेका बेला लिपुलेक, कालापानी लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी भएको थियो । उनले दार्चुलामा प्रतिनिधिसभाका उम्मेदवार गणेश ठगुन्नासहित…