Author: Nisha Shrestha

काठमाडौं – प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ । बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूकाे शपथ पछि हुनेछ ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले संसदबाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठिक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने संसद्को सार्वभौमसत्ता खोसिने बताए । सरकारले हालै मात्र ल्याएको अध्यादेश संसदमा आउँदा आफूले विपक्षमा मत दिने उनले बताए । तर त्यो रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै उनले भने, ‘राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्छ ।’

Read More

रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्‍घाटनका लागि आज बुटवल आइपुगेकी छन् । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरिन् । उनले आज बुटवल मण्डपमा आयोजित एक समारोहकाबीच औद्योगिक प्रदर्शनीको औपचारिक उद्‍घाटन गर्ने उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए । राष्ट्रपतिको स्वागतका लागि प्रदर्शनीस्थल बुटवल मण्डपमा विशेष तयारी गरिएको छ भने जिल्लामा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । महोत्सव उद्घाटनपश्चात बुटवल नजिकैको सिद्धबाबा मन्दिरमा राष्ट्रपति…

Read More

काठमाडौँ- कोहलपुरबाट लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुलीको गुणस्तर राम्रो छैन । जिल्लामा भएका साना लघुजलविद्युत् आयोजना वर्षमा पटक-पटक बिग्रन्छन् । स्थानीयवासीले बिजुलीको राम्रो सुविधा पाउन सकेका छैनन् । यही अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले नै एक सय ५० मेगावाट क्षमताको जवा तिला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ । प्राधिकरणले कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि रु २५ अर्ब बराबरको लगानी गर्ने तयारी गरेको हो । जुम्लामा बिजुलीको समस्यालाई पूर्णरुपमा समाधान गर्ने र बिक्री गरी आम्दानी समेत गर्ने लक्ष्यका साथ संविधानसभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले आयोजनालाई अघि…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन् । शपथ ग्रहणका संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने आफ्नो सुझाव रहेको बताएका हुन् । उनले भने, ‘माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने गठबन्धनको बैठकले को प्रधानमन्त्री वा राष्ट्रपति बन्ने निर्णय गर्छ । अध्यक्ष प्रचण्डको पहिलो पालोमा प्रधानमन्त्री बन्नुपर्छ मेरो सुझाव छ । तर गठबन्धनबाट को बन्छ थाहा छैन ।’ उनले नयाँ राष्ट्रपति राजनीतिक नेतृत्वबाट नै बन्नुपर्ने गरी गठबन्धन दलहरूबीच छलफल भएको स्पष्ट पारे । ‘राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक…

Read More

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो । यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । महासचिव डा गौतमले शपथपत्रमा हस्ताक्षर…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा शरदराज पाठक मनोनीत भएका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूहबाट आज महामन्त्री र ४० केन्द्रीय सदस्य राप्रपामा थपिएका हुन्। राप्रपामा यसअघि ५ जना महामन्त्री थिए, पाठकसहित ६ जना महामन्त्री भएका छन्। मिश्र विवेकशील साझाको अध्यक्ष हुँदा पाठक प्रवक्ता थिए। मिश्रले विवेकशील साझा छाडेपछि पाठकले पनि छाडेका थिए। गत असोज १२ मा राप्रपा र मिश्र नेतृत्वमा रहेको समूहबीच एकता घोषणा भएको थियो। पार्टीले त्यस बेला १० दिनभित्र समायोजन गरिसक्ने भने पनि चुनावका कारण देखाएर ढिलाइ भइरहेको थियो। अब प्रदेश, जिल्ला र अन्य तहगत समायोजक काम सुरु हुने राप्रपाले जनाएको छ। मिश्र पक्षबाट…

Read More

काठमाडौं – प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने…

Read More

कञ्चनपुर – पुर्नवास नगरपालिका–९ सीताबस्तीका मुक्त हलिया परिवारलाई बस्तीमा खानेपानीका लागि जडान गरिएको विद्युतीय बोरिङको बिल तिर्नकै सास्ती छ । मुक्त हलिया परिवारलाई पुनःस्थापना गर्दा बस्तीमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको सहयोगमा खानेपानीका लागि विद्युतीय बोरिङ जडान गरिएको हो । बस्तीमा बस्ने मुक्त हलिया परिवारको आर्थिक अवस्था कमजोर हुँदा खानेपानीको विद्युत् महसुल तिर्न सकिएको छैन । “विद्युत्को बिल रु एक लाखमाथि नाघेको छ”, लक्ष्मण विकले भन्नुभयो, “तिर्नका लागि आर्थिक अभाव छ, कुन दिन विद्युत्को लाइन काटिने हो पत्तो छैन ।” खाना खर्च जुटाउनै समस्या भएकाले विद्युत्को बिल तिर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । अर्को समस्या बारम्बार विद्युत् जाने र…

Read More

काठमाडौं – प्रतिनिधिसभाका २६ सांसदले विभिन्न १४ मातृ भाषामा शपथ लिने भएका छन् । उनीहरूले मंगलबार संसद् सचिवालयमा आफ्नो मातृभाषामा शपथ लिने भन्दै निवेदन दिएका थिए । उनीहरूले भोजपुरी, हिन्दी, उर्दू, थारु, तामाङ, नेपाललगायत विभिन्न १४ मातृभाषामा शपथको लागि निवेदन दिएका हुन् । मातृभाषामा शपथको लागि निवेदन दिनेहरूमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतदेखि स्वतन्त्र सांसद लालवीर चौधरीसम्म छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत, विनिताकुमारी साह र अनिता देवीले मधेशी भाषामा शपथका लागि निवेदन दिएका छन् भने जनमतकै अर्की सांसद सोनु मुर्मुले सन्याली भाषामा शपथको लागि निवेदन दिएकी छन् । माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले मात्र हिन्दी भाषामा शपथ लिने भएका छन् ।…

Read More