Author: Nisha Shrestha

नुवाकोट – नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचनाअनुसार २८ हल गोरु जुधाउन दर्ता भएका छन् । अघिल्ला वर्षजस्तै यस वर्ष आगामी माघ १ गतेसहित माघ २ गतेसमेत गोरु जुधाउन लागिएको छ । यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका सचिव अमित अधिकारीले जानकारी दिनुभयो ।…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज भएको भेटमा समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री दाहालले दुवै अध्यक्षसँग सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । यही पुस १० गते एक सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको…

Read More

काठमाडौँ – नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ आइपुगेका उनले नेपाल–चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् । चेन नेपालका लागि २२औँ चिनियाँ राजदूत हुन् ।

Read More

काठमाडौँ – आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँ पुगेको हो । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको थियो । नेपाली बजारमा सुन हालसम्मकै उच्च २०७८ साउनमा १ लाख ३ हजार ५ सय पुगेको थियो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले उकालो लाग्दै १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ ।

Read More

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ। जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले रु पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक हजार एक सय २० सय मिटर लम्बाइको तटबन्ध निर्माण गरिरहेको छ। प्रशंसा भागेश्वर जेभीसँग तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइ निर्माणकार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यालयका सूचना अधिकारी अरुणकुमार शाहले बताए। उनका अनुसार तटबन्ध निर्माणकार्य तीन खण्डमा हुने छ। “चालु आर्थिक वर्षभित्रै तटबन्ध निर्माणकार्य सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका छौँ”, उनले भने, “निर्धारित समयभित्रै तटबन्ध निर्माण पूरा हुन्छ।” गाउँपालिकाको वडा नं ३ का वडाध्यक्ष टीकाराम चौधरीले नदीमा तटबन्ध…

Read More

काठमाडौँ – सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् । बृहत् लोकतान्त्रिक समावेशी, पेसागत कानुन व्यवसायी समूहका उम्मेदवार निरौलाले प्रगतिशील,पेसागत तथा गणतान्त्रिक,लोकतान्त्रिक,समाजवादी र समावेशी कानुन व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई १४ मतान्तरले पराजित गरेका हुन् । निरौलाले २८९ मत पाए भने भट्टले २७५ मत पाए । उपाध्यक्षमा लोकतान्त्रिक समूहका अधिवक्ता जगदीशचन्द्र पाण्डे, सचिवमा प्रगतिशील समूहका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिक समूहका सुजन लोप्चन, कोषाध्यक्षमा प्रगतिशील समूहका कपिलचन्द्र पोखरेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । त्यस्तै सदस्यहरूमा सिर्जना कँडेल, उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, डा। रेशमराज रेग्मी, रामबहादुर राउत ९मातृ दास०, सुमनकुमार केसी…

Read More

काठमाडौं – आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको दक्षिण/दक्षिण पूर्वी/पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । ९ देखि १९ जनवरीसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज/गल्र्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा गल्र्समा शिभाली गुरुङ र स्वस्तिका विष्ट रहेका छन् । प्रशिक्षकमा कान्छा खड्गे छन् । प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रत्येक राष्ट्रबाट २–२ ब्वाइज/गल्र्स गरी ४ खेलाडी सहभागी हुन पाउने प्रावधान छ । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी…

Read More

काठमाडौँ– साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् । सो क्रममा उनले साझामा चढेकी पनि थिइन । साझाले यी बस काठमाडौंको विभिन्न रुटमा चलाउने जनाएको छ । तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएको छ । साथै वातावरणमा प्रदुषण त कम गर्ने नै भयो ।

Read More

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताएका छन् । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताए । ‘यो सरकारलाई सफल बनाउन चाहान्छौँ’, अध्यक्ष ओलीले भने, ‘सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्गनिर्देश गर्छौँ । सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस् ।’ उनले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए । अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने…

Read More

काठमाडौँ– सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको थियो । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धामा छन् । दुई समूह आआफ्नो समूहको प्यानलसहित निर्वाचनमा होमिएका थिए । निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलाले उम्मेदवारी दिएका थिए भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट अध्यक्षको उम्मेदवारी दिएका छन् । यस्तै एक उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदिशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले हुन्।…

Read More