Author: Nisha Shrestha

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकासबाट जनतामा फैलाइने भ्रम छर्ने प्रवृत्तिलाई अन्त्य गरिने बताएका छन् । ललितपुरको खुमलटारमा मंगलबार बिहान गोरखा–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतामा छर्ने गरिएको भ्रमलाई चिर्न सुशासन कायम गर्दै देशको विकास र समृद्धि गर्नुपर्नेमा जोड दिए । गोरखाका जनताको भरोसा र विश्वासको बलमा आफूले राष्ट्रिय एकता र सुशासन कायम गर्दै देशको समृद्धि र विकास गर्न सकिने बताएका प्रचण्डले आगामी पाँच वर्षमा गोरखाली जनताले महसुस गर्नेगरी विकास गरिने प्रतिबद्धता जनाए ।

Read More

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ। मंगलबार बिहान १०.३० बजेसम्मको गणन अनुसार नेकपा एमालेले २५ लाख ९३ हजार चार सय ६६ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले २४ लाख ५७ हजार तीन सय तीन मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले ११ लाख चार हजार आठ सय ३३ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५२ हजार आठ…

Read More

कैलाली – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको कैलाली जिल्ला संयोजकमा राजन कुमार मिश्र मनोनित भएका छन् । उनलाई यथासिघ्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरिएको हो । मिश्र राप्रविसं कैलालीमा लामो समयदेखि सक्रिय रहेका थिए । सोमबार राप्रविसं केन्द्रीय सल्लाहकार कमल बम, पार्टि तथा संगठनका बिभिन्न नेता तथा कार्यकर्ता लगायतको उपस्थितिमा राप्रबिसंका सुदुरपश्चिम प्रदेश संयोजक दिपेश शाहिले उनलाइ मनोनयन गरेका हुन ।

Read More

कैलाली – कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ मलका लागि लाइनम बस्नुभएको हो । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाड्नुभएको छ । उहाँ मल नपाएपछि गहुँ छर्ने काम हुन…

Read More

जाजरकोट – यही मङ्सिर ११ गते नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो । उहाँको घरबाट झण्डै तीन घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन । यसपछि रु १४ हजार जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु भयो । उपचारलगत्तै छोरीको जन्म दिएकी उनीलाइ तत्काल ‘बी’ पोजेटिभ रगतको आवश्यकता परेको जनाउँदै स्वास्थ्यकर्मीले विष्णु खत्रीलाई अह्राए । जिल्लामै ‘ब्लड बैंक’ नभएका कारण खत्रीले तत्काल जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय हुँदै नेपाली सेनासम्म रगत चाहिएको सम्पर्क गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले तत्काल प्रहरी जवान महेन्द्र थापालाई रक्तदान गर्न अस्पताल पठाउनुभयो…

Read More

धनुषा – धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा ९एमाले०का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उहाँले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पार्नुभएको हो । यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

Read More

सर्लाही – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला हुनुहुन्थ्यो । जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं १ को प्रदेशसभा–२ मा पाँच ,क्षेत्र नं २ को प्रदेशसभा–१ मा एक, प्रदेशसभा–२ मा दुई, क्षेत्र नं ३ को प्रदेशसभा–१ मा एक र प्रदेशसभा–२ मा पनि एक महिलाले उम्मेदवारी दिनुभएको थियो महिला उम्मेदवारमध्ये सर्लाही १ को प्रदेशसभा–२ बाट वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी एकीकृत समाजवादीकी बची लुङ्गेली मात्र निर्वाचित हुनुभयो । उहाँले नेकपा ९एमाले०की उम्मेदवार शान्तिकुमारी लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गर्नुभएको…

Read More

उदयपुर- उदयपुर- १ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो । गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो । नेकपा ९एमाले०सहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।

Read More

काठमाडौं – अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका- ३२ सुविधानगर तिनकुने बस्ने ३० वर्षीया धन कुमारी ओलीलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख ७ हजार रूपैयाँ रकम ठगी गरी सम्पर्क विहीन भएका योगेश राजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट सोमबार पक्राउ गरेको हो । साथै धन कुमारी समेतले विभिन्न व्यक्तिहरूलाई पोर्चुगल पुगेपछि…

Read More

दार्चुला – दार्चुलाको ब्याँस गाउँपालिका–४ डोकटका नर सिंह विष्टको हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ । घट्ना घटेको एकसाता पछि प्रहरीले विष्टको हत्यामा संलग्न सोही गाउँपालिका–४ डोकट, चौपखेका २५ वर्षिय दिपक विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो । यहि मंसिर ३ गते राती १० बजे तिर गाउँपालिकाको वडा नम्बर ४ डोब स्थित दार्चुला तिंकर सडक खण्डमा नर सिंह विष्ट र दिपक विष्ट दुवै जनाले मादक पदार्थ सेवन गरेको अवस्थामा भेट हुँदा विवाद भएको तथा दिपक विष्टले नर सिंह विष्टको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । हत्या गरेर मृतक नर सिंह…

Read More