Author: Nisha Shrestha

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपालका लागि मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन रिचार्ड थम्पसनबीच नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार शिष्टाचार भेटघाट भएको छ । उक्त अवसरमा अमेरिकी राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे । नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाको साथै प्रविधिको विकास, साईबर अपराध नियन्त्रण एवम् महिला तथा बालबालिकाको क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत…

Read More

धनुषा – मिथिला बिहारी नगरपालिका(४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा वादविवाद भई भएको झै(झगडामा कुटपिट हुँदा प्रभु यादवको बिहीबार राति मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम, ईलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादव सहित ६ जनालाई पक्राउ गरेको छ । साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत ३ जनाको प्रादेशिक अस्पताल जनकपुरमा…

Read More

धनगढी – धनगढीमा ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएपछि सुरु भएको आन्दोलन आज पनि विद्यार्थीले जारी राखेका छन् । आजको आन्दोलनमा प्रदर्शनमा उत्रिएका ५ विद्यार्थी पक्राउ परेको जनाइएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो ग्रेडरले चेतना साउदलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो । विद्यार्थीहरुले कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् । धनगढी स्थित पञ्चोदय मावि हसनपुरको कक्षा ८ मा अध्ययन गरिरहेकी साउदलाई साइकलमा विद्यालय जाँदै गर्दा ग्रेडरले ठक्कर दिएको थियो। जिल्ला प्रशासन कार्यालयले हिजो साझदेखि अर्को सूचना जारी नहुँदा सम्मको लागि निषेधाज्ञा लगाएको छ । विद्यार्थीले निषेधाज्ञामै आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा प्रहरी…

Read More

दोलखा – दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिनुभएको छ । हालसम्म पाँच हजार नौ सय ७० मतगणना हुँदा उहाँले तीन हजार छ सय १८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार आठ सय मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको प्रदेशसभा (१) मा चार हजार सात सय ३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार पाँच सय २५ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार छ सय १६ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा (२) मा चार हजार चार सय…

Read More

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका…

Read More

धनगढी – चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि वडाध्यक्ष अयडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँगै अन्य दुई जनालाई पनि पक्राउ गरेएको बताइएको छ । अनेरास्वियुको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष समेत रहेका अयडीको मंसिर ४ गते त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर काँग्रेसका कार्यकर्ताले कुटपिट गरेपछि उपचारका क्रममा मृत्यु भएको एमालेको आरोप छ ।

Read More

काठमाडौँ – अभिनेत्री रेखा थापा पहिलो पटक सार्वजनिक कार्यक्रम र मिडियामा पति बलराम शाहीसँगै देखिइन् । अभिनेता सलोन बस्नेत दम्पतीलाई वैवाहिक जीवनको बधाई दिन रेखा र बलराम त्यहाँ पुगेका थिए । सोल्टीमोडस्थित हायात प्लेसमा बुधबार बेलुका आयोजित पार्टीमा सेलिब्रिटीको उपस्थिति रह्यो । त्यहाँबाट निस्कँदै गर्दा रेखा र बलराम मिडियासामु पहिलो पटक खुले । क्याजुअल गफगाफदेखि बेबी प्लानसम्मका कुरा त्यहाँ चले । बलराम मिडियामा खुल्न केही हच्किए पनि उनी रेखाको प्रशंसा गर्न चुकेनन् । रेखालाई कसरी बुझ्नुहुन्छ भन्ने जिज्ञासामा बलरामको जवाफ थियो, ‘फिल्मी, पर्फेक्ट वाइफ र देवी ।’ यसरी व्याख्या गर्दा रेखा खुसी देखिइन् । ‘विवाह स्वर्गमा बनेको हुन्छ भन्छन् ।…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले थापाथलीमा सुकुम्वासी बस्ती हटाउन जाँदा आक्रमण गर्ने १८ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने भएको छ । काठमाडौँ महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरीय प्रहरी परिसर टेकुमा घाइते नगर प्रहरीहरूले किटानी जाहेरी दर्ता गर्न लागेका हुन् । अर्याल भन्छन्, ‘आज घाइतेहरूको तर्फबाट प्रतिकार गर्नेहरूको नाम सहित टेकु परिसरमा महानगर प्रहरीले किटानी जाहेरी दिँदै छौँ, पत्र समेत तयार भइसकेको छ ।’ गत सोमबार महानगर प्रहरी काठमाडौँ ११ थापाथलीस्थित बागमती किनारमा रहेको अव्यवस्थित बस्ती हटाउन जाँदा बस्तीमा रहेकाहरूले नगर प्रहरीमाथि घरेलु हतियारसहित आक्रमण गरेका थिए । त्यस क्रममा ३६ जना नगर प्रहरी घाइते भएका…

Read More

काठमाडौं – सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज मुख्य निर्वाचन अधिकृत सुनसरीले आयोजना गरेको नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभाका पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले भन्नुभयो, “जनताले जुन उद्देश्य र विश्वास गरेर आफूलाई मत दिनुभएको छ त्यसलाई आजैको मितिदेखि कार्यान्वन गर्नका लागि अगाडि बढ्नेछु ।” मन्त्री कार्कीले जनताले आफूमाथि गरेको विश्वास तथा भावनालाई अगाडि बढाउँदै क्षेत्रको विकास तथा जनताको अपेक्षालाई पूरा गर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व कायम गर्नका लागि अगाडि…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताए । कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिए । “कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान…

Read More