Author: Nisha Shrestha

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको हो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्नसक्ने छैन । सरकार गठन गर्न लागि दुई वा दुईभन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिएको छ । सरकार बनाउन २७ सदस्यको आवश्यकता पर्छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न यही पुस २७ गते साँझ ५ बजेसम्म…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि नेपाल राष्ट्र बैङ्क वित्तीय अनुदान र स्थायित्व कायम गर्ने भनिएको चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्न राजी भएको छ । बुधबार अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गर्भ नर महाप्रसाद अधिकारीले मार्गदर्शन संशोधन गरेका हुन् । जसअनुसार केन्द्रीय बैङ्कले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक कारोबारको आधारमा मात्रै चालु पुँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्ने भएको हो । चालुपूँजी मार्गदर्शनले दिएको सीमा भन्दा बढी ऋण चलाउने व्यवसायीलाई सीमा भित्र ल्याउन २ वर्षको समय दिनेगरी मार्गदर्शन संशोधन भएको हो । चालुपूँजी कर्जा संशोधनबारे जानकारी दिन राष्ट्र बैङ्कले बुधबार दिउँसो पत्रकार सम्मेलन…

Read More

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरूलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्। उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिवद्धतासमेत जनाए। गृहमन्त्री लामिछानेले भने, ‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्यूले ठूलो रकम देखाउनुभएको छ। आफैँमा मेरा लागि चुनौतीको विषय छ। कालोबजारी चोरी पठारी प्राथमिकतामा पर्छन्। निर्धक्क हुनुस् हिजोको जस्तो अवस्था रहँदैन। प्रमुख जिल्ला अधिकारीहरूलाई कुनै पनि अपराध, कालोबजारी नियन्त्रणका विषयमा कुनै पनि…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूतको टोलीले भेटवार्ता गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको हो । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो । राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ । २२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिज कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार २२ पुसका लाथि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरेको मुख्यसचिव पौडेलले बताए । साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता छान्न नेपाली कांग्रसले निर्वाचन गर्ने भएको छ । १९ मध्ये सातजना प्रदेशसभा सदस्यले संसदीय दलको नेतामा दाबी गरेपछि कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छनौट गर्न आज निर्वाचन गर्ने भएको हाे । कांग्रेसमा संसदीय दलको नेता बन्न प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवान सिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्का शिवराज भट्ट र मानबहादुर रावले दाबी गरेका छन् । निर्वाचनका लागि नेपाली कांग्रेस प्रदेश समितिले पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । कांग्रेस प्रदेश समितिका उप-सभापति लोकराज अवस्थीको संयोजकत्वमा बनेको निर्वाचन कमिटिमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा कांग्रेस प्रदेश…

Read More

काठमाडौँ -नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ३ हजार नजिक अर्थात १ लाख २ हजार ९ सय रुपैयाँ पुगेको हो । मंगलबार नेपाली बजारमा सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मंगलबारको तुलनामा १० रुपैयाँले कम हो ।

Read More

काठमाडौँ – नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको बताइएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैङ्किङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल भएको हो। प्रधानमन्त्री प्रचण्डले बैङ्किङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए। उनले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिए। छलफलका प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत…

Read More

जनकपुर – मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन हुनुभएको छ । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उहाँलाई चयन गरेको हो । मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिनुभयो । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका यादव महोत्तरी क्षेत्र नं ४ ९१०बाट निर्वाचित हुनुभएको थियो । दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार हुनुहुन्थ्यो । मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका…

Read More