Author: Nisha Shrestha

लमजुङ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानमा लमजुङमा ४० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख  नारायण सापकोटाका अनुसार अपरान्ह ३ बजेसम्म ५३ हजार १ ५४ मत खसेको छ । लमजुङका १३० वटा मतदानस्थको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ । लमजुङमा प्रतिनिधिसभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा छन् । लमजुङमा जम्मा एक लाख ३३ हजार ५५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार २८८ महिला मतदाता रहेका छन् भने ६५ हजार २७१ पुरुष…

Read More

काठमाडौं – निर्वाचन आयोगले मतदानका क्रममा छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ । आइतबार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा  अपरान्ह १२ः४५ बजेसम्म झण्डै ३२ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ ।  सामान्य विवादका कारण रोकिएका मतदान केन्द्रमा पुनः सुचारु भइसकेको केहीमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको प्रवक्ता शर्मा पौडेलले बताए ।

Read More

हुम्ला – हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन । हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्दा गरी दुई जना घाइते भएका हुन् । सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी घाइते भएका सो मतदान केन्द्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको थियो ।

Read More

धनगढी – कांग्रेस र एमालेका कार्यकर्ताबीच भएकाे विवादका कारण राेकिएकाे बाजुराकाे बुढिगंगा नगरपालिका वडा नम्बर ५ र ८ तथा स्वामि कार्तिक गाउँपालिका ४ मा अझै मतदान सुरू हुन सकेकाे छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भाेलाबहादुर रावलका अनुसार तीनवटै केन्द्रमा मतदानअघि बढाउन छलफल भइरहेकाे छ ।

Read More

काठमाडौं – आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा रहेको निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने आयोगले जनाएको हो।  मतदाता नामावलीबारेको समस्या त्यहाँबाट उचित रूपमा समाधान गरिनेसमेत आयोगले उल्लेख गरेको छ ।

Read More

कास्की – नेत्रविक्रम चन्द नेतृत्वको नेकपावाट विभाजित भएका नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतदान भईरहेको बेला नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आफुले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । परियारले मतपेटिका फुटाएपछि स्थगित भएको मतदान पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Read More

कञ्चनपुर – निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको भन्दै कञ्चनपुरमा प्रहरीले नेकपा (बहुमत) का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।  भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुलाई आवाश्यक कारवाहीका लागि प्रहरी नियन्त्रणमा लिइएको हो  ।

Read More

बाजुरा – बाजुरामा झडप भएको छ। प्रहरिका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। दुई पार्टीका कार्यकर्ताबीच  झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ। जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।

Read More

बैतडी – बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा पाटन–४ कै उदयदेव आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट खसालेकी हुन् । अब आउने नायाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनले सुनाइन् । ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकेबाट देखेकी छु, अब देशमा स्थायीत्व होस, गरिवका दिन पनि आउन भन्ने चाहेकी छु,’ उनले भनिन् । जनताको दुःख बुझ्न सक्ने नेत्तृत्व चुनियोस् भन्ने चाहेको उनले बताइन् ।

Read More

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका छन्। गृहजिल्ला रुपन्देहीको मतदान केन्द्र अवलोकन गरिरहेका खाँडले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान भइरहेको बताएका हुन् । ‘मुलुकभरि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भइरहेको छ,’ उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण रुपमै मतदान होस् भन्ने सबै क्षेत्रको चाहना रहेको र त्यसअनुसार सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ ।’ रूपन्देही ३ का उम्मेदवारसमेत रहेका गृहमन्त्री खाँणले सिद्वार्थनगर नगरपालिकाका विभिन्न वडामा रहेका मतदान स्थल अवलोकन क्रममा सो जानकारी दिएका हुन् ।

Read More