Author: Nisha Shrestha

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका छन् । रावलले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् । रावलले अब प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने छन् ।

Read More

काठमाडौं – अभिनेत्री पूजा शर्मा फिल्म निर्माणको तयारीसँगै व्यवसायमा व्यस्त छिन् । अनमोल केसीलाई लिएर फिल्म बनाउने उनको तयारी छ । यसबाहेक ललितपुर झम्सिखेलमा उनले नयाँ व्यवसाय थालेकी छन् । यतिबेला भने पूजालाई लिएर नयाँ खबर छ । उनी चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो । एक दशकदेखि पूजा फिल्म करिअरमा व्यस्त छिन् । बोर्डले बुधबार मात्र बोर्डको…

Read More

बेनी – धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले धवलागिरिमा विवादित रहेको केन्द्रको टुङ्गो गाउँसभामार्फत मुनाको घट्टेखोलामा कायम गरे । तत्कालीन मुना गाउँ विकास समितिको भवनमा थप भौतिक पूर्वाधार निर्माण गरेर सेवाप्रवाह भइरहेको यस गाउँपालिकावासीले सरकार गाउँमै पुगे पनि विकासका आधारभूत पूर्वाधारसँगै सेवा र सुविधाबाट समेत अझै बञ्चित छन् । मुख्यगरी सदरमुकामदेखि गाउँपालिकाको केन्द्र जोड्ने सडक र गाउँपालिकादेखि वडा जोड्ने सडकको अवस्था दयनीय छ । यस गाउँपालिकाको वडा नं १ गुर्जामा अझै सडक सञ्जाल पुग्न सकेको छैन भने दर्जन बढी अन्य…

Read More

लमजुङ – लमजुङमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। बेंसीशहरबाट मर्स्याङ्दी गाउँपालिका ८ भुस्मेतर्फ जाँदै गरेको ग ३ च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतिर मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेमा दुर्घटना हुँदा भुस्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको हो। घटनास्थलमै उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। उक्त जिप उकालोमा ब्रेक फेल हुँदा बाटोबाट अन्दाजी १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए। उनका अनुसार जिपमा चालकसहित १० जना सवार थिए। घाइते ८ जनाको उपचार भइरहेकोमा ४ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । साथै प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गरे। भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबाको आज सय वर्षको उमेरमा निधन भएको हो ।

Read More

मकवानपुर – धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय विक्रम भम्जन रहेका छन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतलामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्की बताए। यस्तै, सोही दुर्घटनामा परेर अन्य…

Read More

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी निश्चल अधिकारी आफ्नी आमाको गाला मुसार्दै हुनुहुन्थ्यो । उहाँले विद्यालयमा आयोजित कार्यक्रममा सबैका सामु आफ्नी आमालाई सधैँ माया गर्ने प्रतिबद्धता जनाउनुभयो । निश्चलजस्तै अन्य विद्यार्थीले पनि आफ्ना बा–आमाप्रति माया र स्नेह जगाउँदै थिए । चितवनमै पहिलोपटक गरिएको कार्यक्रममा अभिभावकसहित विद्यार्थीको आँखाबाट भावुकतासँगै आँशु छल्किएको थियो । केही अभिभावक आफ्नो छोराछोरी, नाता–नातिनीले गरेको बाचाले भक्कानिँदै आँशु लुकाउन प्रयासरत देखिन्थे । यो सबै विद्यालयको कार्यक्रममा देखिएको दृश्य हो । भरतपुर महानगरपालिका–१० स्थित विद्यालयको हीरक महोत्सव समारोहमा…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले नयाँ लागू गर्न खोजिएको प्रावधानमा कडाइ नगर्न र पुरानै चलिरहेको प्रक्रियामा रहनै निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । विदेशबाट एकथान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशतसम्म कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीले विरोध गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छलीको मोबाइल नियन्त्रण गर्न भन्दै आजदेखि मोबाइल…

Read More

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । यो साता मूल्यमा भएको उतारचढावका बीच शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज भने मूल्य बढेर तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी आज तेजाबी सुन तोलामा १ लाख ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा १३९५ रुपैयाँमा कारोबार भएको हो ।

Read More

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जनाएको छ । बिहीबार सत्ता साझेदार दल माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सरकार साझा न्यूनतम कार्यक्रमका विषयमा सहमति भएको थियो । सरकारको साझा न्यूनतम कार्यक्रम र संसदबाट विश्वासको मत हासिल पछि मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको योजना छ ।

Read More