Author: Nisha Shrestha

काठमाडौँ – सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले पुस ७ गते बिहीबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। हाइड्रोपावरले मंसिर २० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपीओ बिक्री खुला गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरू बाट भने पुस ५ गतेपछि आवेदन लिन बन्द गरिएको थियो। कम्पनीले ३१ लाख ५० हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ।…

Read More

काठमाडौँ: बलात्कार आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पेशी बिहीबार हुँदैछ । उनलाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध गरेको पुनरावेदनको पेशी आजलाई तोकिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यसअघि भएको सुनुवाइमा उनलाई धरौटी वा साधारण तारेखमा छाड्न सन्दीपका वकिलहरूले आग्रह गरेका थिए। तर अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सन्दीप अहिले केन्द्रीय कारागार सुन्धारामा रहेका छन्। सन्दीपले एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लगेको छ। सन्दीपले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन्। सन्दीपका वकिलहरुले किशोरीले जन्म दर्ता सच्याउँदै प्रतिलिपि जन्म दर्ता…

Read More

काठमाडौँ – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै संघीय संसद्को सचिवालय पुगेका राणाले भोलि ११ बजेका लागि बैठक बोलाएका हुन्। भोलि ‍१२ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाइएको संसद् सचिवालयले जनाएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको सचिवालयले जानकारी दिएको छ। बैठक शङ्कर हलमा हुनेछ। बैठकपछि ज्येष्ठ सदस्य राणाले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

Read More

धनगढी – कैलालीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा बर्साएका छन्। बुधबार जिल्लाको गोदावरी नगरपालिका–७ स्थित हरैयामा स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन्। बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेकोमा प्रहरीले प्रहरीले बल प्रयोग गरेर खुलाउन ढुंगामुढा गरिएको स्थानीयले बताएका छन्। यस्तै प्रहरीले पनि ढुंगामुढा भएपछि ३९ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थानीयले गोदावरीको स्याउले र हरैयामा राजमार्ग बन्द गरेका छन्। उनीहरुले गोदावरीको लालपुरमा टिप्परले अटो रिक्सालाई ठक्कर दिदा बालकको मृत्यु भएको घटनालाई लिएर विरोध जनाइरहेका हुन्। प्रर्दशनकारीले अहिले पनि अवरोध जारी राखेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। आज बिहान गोदावरी नगरपालिका ६ लालपुरमा पूर्वबाट पश्चिततर्फ आइरहेको सुपप्र ०१००१ क २०२० नम्बरको…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार राष्ट्रपति कार्यालयमा जम्काभेट भएको छ। तत्कालीन नेकपा विभाजनपछि टाढिएका ओली र प्रचण्डबीच प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराको शपथग्रहण समारोहमा जम्काभेट भएको हो। चुनावी नतिजा आएसँगै ओलीले लामो समयपछि प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र ओलीबीच पनि कार्यक्रममा भलाकुसारी भएको छ।

Read More

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता कार्यान्वयन र सामाजिक रुपान्तरणका सवालमा आफ्नो नेतृत्वको सरकारले उदाहरणीय काम गरेको बताउनुभएको छ । मुख्यमन्त्री निवास जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान निर्माण पछिको पहिलो सरकारका रुपमा काम सुरु गर्दा संस्थागत, संरचनागत र कानुनी जटिलता भए पनि अरू प्रदेशको तुलनामा उल्लेखनीय काम गरेको दाबी गर्नुभयो । सङ्घीयता कार्यान्वयनका लागि नेपालको संविधानको अनुसूची–६ ले दिएका अधिकार कार्यान्वयन गर्न आफू नेतृत्वको सरकारले हरसम्भव प्रयास गरेको भन्नुहुँदै मुख्यमन्त्री राउतले अब बन्ने नयाँ सरकारले यसलाई थप कार्यान्वयन गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो । “प्रदेशका अधिकार कार्यान्वयनका लागि मुख्यमन्त्रीका रुपमा मैले र मेरो नेतृत्वको सरकारले अधिकतम्…

Read More

रुपन्देही -रुपन्देही क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ ।रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताउनुभयो । विगतमा राष्ट्रिय टोलीमा वर्चस्व राख्ने जिल्लाका खेलाडी अहिले घट्दै आएकाले विभिन्न क्रिकेट प्रतियोगितालाई सङ्घले निरन्तरता दिँदै आएको उहाँको भनाई थियो । नयाँनयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकासका लागि उक्त सङ्घले खुल्ला र संस्थागत खेलहरु आयोजना गर्दै आएको छ । यही पुस ६ देखि १६ गतेसम्म आयोजना भएको…

Read More

काठमाडौं – नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर उपस्थित हुन सर्कुलर जारी गरेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका सांसदहरुलाई भोली अर्थात् बिहीबार दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए । ‘संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सोही अनुसार पार्टीले निर्देशन दिएको हो’, अधिकारीको भनाइ छ । नेकपा एमालेबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ जना…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बुधबार पुगेर पौडेलले देउवालाई बधाई दिएका हुन् । संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएको तस्बिर सार्वजनिक गरेका छन् । विगतमा काँग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिएका पौडेल १४ औँ महाधिवेशनयता सहयोगीको भूमिकामा देखिएका छन् । ०६४ मा देउवालाई संसदीय दलमा पराजित गरेर पौडेल दलको नेता बनेका थिए भने ७२ मा देउवासँग पराजित भएका थिए । १३ औँ महाधिवेशनमा देउवासँग पराजित उनी १४ औँ महाधिवेशनमा प्रतिस्पर्धीको रिङबाट आउट हुन पुगे । त्यसपछि पौडेल र देउवाबीच सहकार्य…

Read More

काठमाडौं – शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन९आइपीओ० बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीयमा निष्काशन गरी बिक्री नभएको एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख गरेको छ । निष्कासित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यही पुस २० गतेसम्म…

Read More