Author: Nisha Shrestha

काठमाडौँ – चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएका छन् । चिनियाँ प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाई पत्र पठाएका हुन् । नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले शुक्रबार अपराह्न प्रधानमन्त्री लीले पठाएको बधाई पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका छन् । लीले प्रचण्डलाई लेखेको बधाई पत्रमा भनिएको छ, ‘तपाई नेतृत्वको नयाँ सरकारले राष्ट्रिय एकता, स्थायित्व र आर्थिक तथा सामाजिक विकासमा जोड दिनेमा हामीले आशा राखेका छौँ ।’ चिनियाँ प्रधानमन्त्रीले आफू प्रचण्ड नेतृत्वको सरकारसँग काम गर्न इच्छुक रहेको पनि बधाई पत्रमा उल्लेख गरेका छन् । लीले दुवै मुलुकको विकास र समृद्धिका…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा सरकारले दिँदै आएको आर्थिक सहयोग यो वर्ष बढाएर दिइने बताएका छन् । शुक्रवार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोग रकम बढाएर दिने प्रतिबद्धता जनाएका हुन् । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीलाई निर्देशन समेत दिए । ‘टुँडिखेलमा आयोजित समारोहको सुरक्षाका लागि विशेष ध्यान दिन यसैमञ्चबाट नेपाल प्रहरीलाई निर्देशित गर्न चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘साथै यो तमु ल्होसारमा विगत सरकारले पनि सम्मान र सहानुभुतिस्वरुप आर्थिक सहयोग गर्दै आएको कुरा मलाई थाहा छ । म दोस्रो चोटि प्रधानमन्त्री हुँदा…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रिय एकता दिवसलाई पहिलो सर्त बनाएको छ । पुस २७ गते एकता दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिनुपर्ने अडान पार्टीले लिएको हो । राप्रपाको गत बुधबार बसेको कार्यसम्पादन समिति बैठकमा सरकारमा जाने वा नजाने विषयमा गहन छलफल भएको थियो । उक्त बैठकले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डाहरू समावेश भएको खण्डमा सरकारमा सहभागी हुने औपचारिक निर्णय लिएको छ । पार्टीले राष्ट्रियता, स्वाधीनता, सुशासन, विकास र सेवा प्रवाह गरी ५ विषयमा रहेर आफ्ना एजेन्डा प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ । पार्टी उच्च स्रोतले पुस २७ गते…

Read More

काठमाडौँ- खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले पालिकास्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । किसानलाई प्रोत्साहन र कृषि पेशाको सम्मानका लागि गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले ‘‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐंसेलुखर्कको आधार” भन्ने नारासहित बुधबार र बिहीबार कृषि मेला प्रदर्शनीको आयोजना गरेको हो । कृषकले उत्पादन गरेका कृषि उपजलाई एक ठाउँमा भेला गरेर प्रदर्शन एवं बजारीकरण गर्ने, कृषि उपजबीच प्रतिष्पर्धा गराउने तथा एक ठाउँका कृषकलाई अर्को ठाउँका नमूना कृषकको सिको गराउँदै समग्र किसानलाई व्यवसायिक बन्नका लागि प्रोत्साहित गर्ने लक्ष्यका साथ कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार १ बजे प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका थिए । रावललाई प्रदेश प्रमुखको कार्यालयमै शपथ गराइएको थियो । त्यसलगत्तै प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेश सभामा शपथ गराइएको हो । प्रदेश प्रमुखबाट शपथ खाएका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश सभाका बाँकी ५२ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथपछि प्रदेशसभा सचिवालयले चियापनको अयोजना गरेको थियो । मंसिर ४ गते सम्पन्न प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये ६ जनाले मातृ भाषा र स्थानीय…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ। दुई नेताबीच खनाल निवास डल्लुमा भएको भेटमा पछिल्लो राजनीतिक उतार चढावका विषयमा छलफल भएको बताइएको छ । ‘हामीले अहिलेको घटनाक्रमबारे छलफल गर्यौं। यादवजीले अहिलेको त्रिशंकु संसदबारे चिन्ता जनाउनुभयो,’ नेकपा एसका सम्मानित नेता खनालले भने । ‘वाम एकता गरेर अघि बढ्नुपर्ने यादवजीको सुझाव थियो। उहाँले सत्ताका लागि भन्दा पनि स्थायित्वको लागि सहकार्य हुनुपर्छ भन्नुभयो।’ अहिलेको सत्ता गठबन्धनबारे भने कुनै छलफल नभएको खनालले बताए।

Read More

रुपन्देही – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङको सो धारणा सार्वजनिक भएको हो । भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् । कम्युनिष्टको एकताविना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै उनले संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिए । संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनर्स्थापना…

Read More

महेन्द्रनगर – लालझाडी गाउँपालिका–३ पर्सियाकी राधिका राना गृहिणीबाट माथि उठ्दै पछिल्लो समय गाउँका महिलासित मिलेर च्याउको बीउ उत्पादनमा सक्रिय हुनुहुन्छ । पुस्तौँदेखि कृषि पेसाबाट जीविका चलाउँदै आएका उहाँ पछिल्लो दुई वर्षयता खेती किसानीसँगै गाउँका १५ महिलासँग मिलेर च्याउको बीउ उत्पादन गरी बिक्री वितरण गरिरहनुभएको छ । “धान, गहुँभन्दा च्याउको बीउ उत्पादनबाट राम्रो आम्दानी हुँदो रहेछ”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा गाउँमै च्याउ उत्पादन गर्ने सानो उद्योग सञ्चालन गरेर आयआर्जनमा जुटेका छाँै ।” सामान्य लेखपढ गरेकी रानाले एक दिने च्याउको बीउ उत्पादन गर्ने तालिम लिएर अहिले मेसिन चलाउन सक्ने भएको उहाँ बताउनुहुन्छ । राधिकाजस्तै पर्सियाका राना थारु समुदायका महिला दातृ तथा स्थानीय…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न राजदूत श्रीवास्तव बालुवाटार पुगेका थिए । भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाईपत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेका छन् । भेटमा नेपाल(भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ । प्रधानमन्त्रीमा दाहाल नियुक्त भएपछि मोदीले यसअघि नै बधाई दिइसकेका छन् ।

Read More

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पहुँचको दुरुपयोग गर्दै व्यक्तिगत कामका लागि राजनीतिक दलका नेताहरुकोमा नधाउने प्रहरी प्रशासनलाई चेतावनी दिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा पुगेर गृहमन्त्री लामिछानेले सरुवा, बढुवा लगायतका लागि नेताका घरमा धाएमा कारबाही गर्ने चेतावनी दिएका हुन् । लामिछानेले सरुवा, बढुवा सबै कार्यविधिमा रहेर मात्रै हुने स्पष्ट पारेका छन् । ‘सरुवा, बढुवा बाहिरबाट हुँदैन । सरुवा, बढुवाका लागि नेताका घरमा धाएको जानकारी पाए कारबाही गर्छु, गृहमन्त्री लामिछानेले भने । गलत काम गरेको जानकारीमा आए कसैको पनि कुरा नसुनी कारबाही गर्ने र राम्रो काम गर्ने प्रहरीलाई सम्मानित गरिने लामिछानेले बताएका छन् ।

Read More