Author: Nisha Shrestha

जनकपुर – मधेश प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ । प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा ९एमाले० पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन् । मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र समानुपातिक गरी ४६ सिट जितेका छन् । जसमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १३ र समानुपातिकमा नौ गरी कूल २२ सिट जितेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ सिट जितेको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा चार र समानुपातिकमा…

Read More

काठमाडौं – दोलखामा मतगणना स्थगित भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो। दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् । दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।

Read More

काठमाडौं – यहाँका स्थानीय तह लैङ्गिक हिंसाका घटना न्यूनिकरण गर्न महिला सचेतीकरण अभियानमा लागिपरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लाको अजयमेरु गाउपालिकाले लैङ्गिक हिंसालाई अन्त्य गर्ने जनाएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका १६ दिने अभियानअन्तर्गत अजयमेरुका छवटै वडामा हिंसाविरुद्धका विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि हिंसाविरुद्धका अभियान भइरहेका छन् । गाउँ समाजमा अझै पनि महिला हिंसा, जातीय भेदभाव, घरेलु हिंसालगायतका कुरा भइरहेकाले यो अभियानले मानिसलाई जागरुक गरी हिंसामुुक्त हुन कानुनीरुपमा सहयोग मिल्ने न्यायिक क्षेत्रका अगुवा बताउँछन् । समयसमयमा दूरदराजका गाउँका महिला तथा किशोरी सहभागी गरी सचेतनामूलक…

Read More

चितवन – नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित गर्भवतीले सुरक्षित प्रसूति सेवा लिँदा बच्चा स्वस्थ जन्मिने गरेको छ । भरतपुर अस्पतालमा विगत १० महिनामा छ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएका हुन् । उनीहरुले जन्माएका बच्चामा एचआइभी सङ्क्रमण नदेखिएको हो । नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा सङ्क्रमण नसर्ने चिकित्सकको भनाइ छ । भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेल सामान्यभन्दा शल्यक्रियामार्फत जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम हुने बताउनुहुन्छ । चिकित्सकको परामर्शअनुसार नियमित औषधि खाइरहेका आमाहरु समयमै अस्पताल आएमा उनीहरुलाई सुरक्षित तवरबाट शल्यक्रिया गरेर बच्चा जन्माउँदा ती बच्चा…

Read More

कञ्चनपुर – कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका छन् । जिल्लामा अहिले अनुदानको मलको चरम अभाव रहेको छ ।बेदकोट नगरपालिकाको सामादैजीका किसान नत्थु रानाले अनुदानको मल नपाइँदा बजारबाट रु तीन हजारको डिएपी मल खरिद गरी गहुँ खेतमा प्रयोग गरेको बताउनुभयो । “ सहकारीमा अनुदानको मल नै पाइएन”, उहाँले भन्नुभयो, “गहुँबाली लगाउन ढिलो हुन थालेपछि भारतीय मलकै प्रयोग ग¥यौँ ।” किसानको मागभन्दा आधाभन्दा कम मात्रै अनुदानको मल कञ्चनपुरमा आपूर्ति भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर कार्यालयका प्रमुख बलबहादुर शाहका अनुसार गहुँ खेतीका लागि एक हजार तीन सय…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन्। नेता पुनलाई पुरानै रोग वंशाणुगत रूपमा रहेको जण्डिसले फेरि सताएपछि उनी यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो। चीन-नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। गत वर्ष चीनमा उपचार गरेर फर्कँदा जण्डिसको मात्रा (बिलरुविन ) रहेकोमा अहिले बढेर ३५ पुगेको छ। नेता पुनसँगै उपचारका…

Read More

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताउनुभएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताउनुभएको हो । उहाँले निर्वाचनमा आफूले सार्वजनिक गरेका विकास र समृद्धिका योजनालाई पाँच वर्षमा पूरा गर्न हदैसम्मको प्रयासमा लाग्ने बताउनुभयो । “अधुरा काम पूरा गर्दै नयाँ विकासे आयोजना थप गर्ने छु, आगामी पाँच वर्षमा जनताको आधारभूत विकास शिक्षा, स्वास्थ्य, खानेपानी र सडकजस्ता योजना हदैसम्म सफल बनाइने छ”, मन्त्री पौडेलले भन्नुभयो, “पाँच…

Read More

काठमाडौं – निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज शुक्रबार झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधबारकै तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो । मंगलबारयताको ट्रेन्ड हेर्ने हो भने सुन तीन दिनमै एक हजार सात सय रुपैयाँले बढेको छ । एक सातामा सुनको मूल्य एक हजार ३ सय रुपैयाँले महँगिंएको महासंघको तथ्यांकले देखाएको छ । मंसिर लागेदेखि यताको ट्रेन्डलाई पछ्याउने हो…

Read More

वि.स. २०६४ को पहिलो संविधान सभाको निर्वाचनबाट चौथो शक्तिको रूपमा उदाएको मधेश केन्द्रीत दल अहिले सबैले बुझ्ने गरि ओरालो लागेको छ। उपेन्द्र यादवको ‘फोरम’ बाट शुरू भएर ‘जसपा’ सम्मको र महन्थ ठाकुरको ‘तमलोपा’ बाट ‘लोसपा’ सम्मको यात्राको परिणाम अत्यन्त प्रभावहीन अवस्थामा आइपुगेको छ । फोरमको पहिलो दल बिखण्डन पछि उपेन्द्र यादवले ‘देशी विदेशी शक्ति’ तथा ‘सत्ता लोलुपता’ लाई दोष दिएका थिए। यसपछि उनले ‘वामपंथी विचार’ का तथा ‘जातिय’ सहयोगीहरूलाई भरपर्दो मानेर संगठनात्मक सुनिश्चितताको बाटो रोजे। यसरी वामपंथी बिचारकाहरूलाई जम्मा गर्दै लाने यात्रामा मोरङका राम प्रसाद साह, सुनसरीका जफर जमाली, सप्तरीका जीतेन्द्र देव, सिरहाका रामरिझन यादव, कृष्ण बहादुर यादव, महादेव साह…

Read More

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले)ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी० ले ११ लाख ६१ हजार दुई सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार नौ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५…

Read More