Author: Nisha Shrestha

महेन्द्रनगर – नेपाली सेनाले डोटीको पूर्वीचौकी गाउँपालिका-३, गैरागाउँमा भूकम्पमा परी घाइते भएका सातजनालाई उद्धार गरेको छ । बुधबार बिहानदेखि भैरव प्रसाद गणबाट खटिएको उद्धार टोली तथा अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटी पठाएको सेनाले जनाएको छ । सेनाका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि श्री पश्चिम एयर बेस सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको छ । उक्त गणबाट प्राप्त राहत सामग्रीहरू र जिल्ला रेडक्रस सोसाइटी डोटीसँग समन्वय गरी प्राप्त भएका उद्धार तथा राहत सामग्रीहरू गणबाट खटिएका टोलीले घटनास्थलसम्म पुर्‍याई वितरण गरेको सेनाले जनाएको छ। मंगलबार मध्यराति र बुधबार बिहान गएको ६.६ रेक्टर स्केलको…

Read More

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ। आयोगको आचारसंहिता अनुगमन समितिले तोसिमालाई फोनमार्फत यस्तो निर्देशन दिएको हो। तोसिमाको निर्वाचन क्षेत्र ललितपुर–३ का मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले तोसिमालाई आयोगको आचारसंहिता अनुगमन समितिले चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिए पनि तोसिमाले अटेर गरेको बताए। आचारसंहिताको खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, कपडा, टोपी, टि–सर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुने’ उल्लेख छ। यसै अनुसार निर्वाचन आचारसंहिता अनुगमन…

Read More

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिनुुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरुका सङ्घ संस्था र युवा प्रतिनिधिसँग आज आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन उहाँले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लघङ्न र निर्देशनको अवज्ञा भएमा उल्लङ्घनकर्तालाई महँगो पर्नसक्ने चेतावनी दिनुभएको हो । उहाँले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने स्पष्ट गर्नुभयो । युवालाई…

Read More

डोटी – पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका ६ जनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गर्नुभएको छ । बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर उनीहरुका परिवारलाई जनही रु २५ हजारका दरले रु एक लाख ५० हजार राहतको दिने बताउनुभएको हो । आफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी उहाँले परिवारलाई भेटेर दिनुभएको थियो । त्यसैगरी उहाँले अन्य निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरुका लागि आवश्यक राहतको व्यवस्था गरिदिन…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा आमसभा गर्ने भएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कात्तिक २५ गते वसन्तपुरमा आमसभा गर्ने तयारी छ। आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। आमसभामा काठमाडौँ उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि बोल्नेछन्। राप्रपाले देशभर एक सय ४२ प्रतिनिधि सभा क्षेत्र र दुई सय ८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको छ। अध्यक्ष लिङ्देनले देशका विभिन्न क्षेत्रमा भएका चुनावी सभालाई सम्बोधन गर्दै आएका छन्। राप्रपाले गोरखा, नवलपुर, नवलपरासीलगायत ठाउँमा आमसभा गरिसकेको छ।

Read More

काठमाडौँ – उडिरहेको विमानको ककपिटमा यात्रुलाई प्रवेश दिएर गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई गत आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको हो । केही समयअगाडि दुबईबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमानको ककपिटभित्रै एक भ्लगरलाई प्रवेश दिएर क्याप्टेन लामाले गम्भीर सुरक्षा लापरबाही गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । सोही विषयमा क्यानले लामालाई क्यानको कार्यालयमा बोलाएर दुई दिनअघि यथाशक्य चाँडो स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । दुबईबाट काठमाडौँ आउने क्रममा चिनियाँ एभिएसन भ्लगर साम चुइलाई विमानको ककपिटमै…

Read More

सिन्धुली– मरिण गाउँपालिका–७ ठाटी कमलेश्वर महादेब मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–७ बस्ने २९ वर्षीय सांगे लो लगायत छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गाली गलौज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयास लगायतका अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? चलाउने भए होसियार ! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलङ्घन गर्ने तथा सडक बत्तीको पालना नगर्ने चालकलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गर्दै आएको कार्यालयले आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई अनिवार्य कक्षा सञ्चालन गर्न लागेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भई मानवीय…

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरान राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको छ । निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कागजात मगाएको हो । ‘निर्वाचन आयोगबाटै पत्र आएपछि हामीहरूले त्यसलाई सूचना मानेर थप कागजात मगाएका छौँ’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाइएको छ । अरू थप विवरण पनि मगाइएको छ । सबै कागजात आएपछि अरू विस्तृत थाहा होला ।’ केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरू नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए । नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको…

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई भनेका छन् । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि मन्त्री खाँणले जानकारी लिएका छन् । उनले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई…

Read More