Author: Nisha Shrestha

काठमाडौं – प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । आज सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे बैठकले निर्णय गर्नेछ । नेकपा एमाले चैत ५ गतेबाट प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी बेञ्चमा बस्न पुगेको छ । एमालेले विश्वासको मत नदिए पनि प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने जनाइसकेकाले बहुमत सिद्ध गर्न कुनै समस्या छैन । गत पुस…

Read More

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् । जनता समाजवादी पार्टी ९जसपा०बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेस गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका थिए। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय सांसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष,…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सबै दलको समर्थनमा विश्वासको मत पाउने बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले शतप्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन् । यसअघि आफूले विश्वासको मतमा ९९.२५ प्रतिशत आशा गरेपनि अहिले शतप्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।

Read More

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ। बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ। यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षी बेन्चमा बसेको थियो। लोसपाको तर्फबाट प्रतिनिधिसभामा चार सांसद छन्।

Read More

कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले खाता खोलेको छ । बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको हो । सभापतिमा शम्भुराज गिरले ९२ मत पाएर विजयी हुँदा अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत पाएका थिए । सचिवमा रमेश भट्ट र कोषाध्यक्षमा सुनिता जोशी विजयी भएका छन् ।

Read More

धनगढी- डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘विप्लव’ निकट विद्यार्थीहरुले मतपेटिका फुटाएपछि मतदान रोकिएको थियो। मत पेटिकासँगै अन्य सामाग्रीमा पनि क्षति भएको भन्दै निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिए।‘केही उश्रृंखल तत्त्वहरू मतदान तत्त्वहरू मतदान स्थलभित्र प्रवेश गरेर मतपेटिका लगायत अन्य सामाग्री तोडफोड गरेको हुँदा मतदान गर्न गराउन सम्भव नभएकाले निर्वाचन स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ,’उनले जारी गरेको सूचना भनिएको छ। क्रान्तिकारीका विद्यार्थीहरुले विवाद झिकेपछि मतदान रोकिएमा बैठक बसेको थियो। तर, सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको हो। नेविसंघले विद्यार्थीहरुको परिचय पत्र एकमुष्ट लिएर फर्जी मत हाल्ने प्रयास गरेपछि विवाद भएको थियो।…

Read More

काठमाडौँ – सिंहदरवार भित्र रहेको नेपाल प्रहरीको गणमा प्रहरी उपरीक्षक (एसपी) राख्ने तयारी भएको छ। नेपाल प्रहरी सिंहदरवार सुरक्षा गणमा डिएसपीको नेतृत्वमा अहिले एक सय ३५ जना सुरक्षाकर्मी कार्यरत छन्। खासगरी सिंहदरवार भित्रै संघीय संसद् र राष्ट्रिय सभाको कार्यालय रहने भएपछि सुरक्षा वन्दोवस्ती बढाउनुपर्ने देखिएपछि दरबन्दी बढाएर एसपीलाई नेतृत्व दिन लागिएको हो। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले एसपी दरबन्दी राख्ने तयारीका बारेमा छलफल भएको पुष्टि गरे। सिंहदरवार भित्र गणमा राखिएका सुरक्षाकर्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सञ्चार मन्त्रालयमा समेत खटिँदै आएका छन्। त्यसैगरी सिंहदरवारको पूर्वी र दक्षिण…

Read More

काठमाडौँ – प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ । कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त सङ्घर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरू नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् । आइतबार प्रदर्शनपछि आयोजित सभालाई नेताहरू गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन…

Read More

काठमाडौँ- आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गिरावट आएको छ । आज नेप्से ६.९० अंकले घटेर १ हजार ९ सय २६.४० विन्दु कायम भएको हो । गत साता को अन्तिम दिन बिहिबार पनि नेप्सेमा गिरावट आएको थियो । बिहिबार नेप्से ५.३२ अंकले घटेर १९३३.१ विन्दु कायम भएको हो । आज नेप्सेमा १ अर्ब ०६ कारेड ९८ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १२७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज नेप्से घटेपनि हिमालयन डिस्टीलेरी लिमिटेडको कारोबार अब्बल रह्यो । सेयर…

Read More