Author: Nisha Shrestha

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्रालयद्वारा आज अयोजित ‘आर्थिक वर्ष २०७९र८० को प्रथम त्रैमासिक समीक्षा’ बैठकमा उहाँले सरकारको लक्ष्य र जनअपेक्षालाई सम्बोधन गर्ने गरी लक्षित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । सचिव अर्यालले भन्नुभयो, “यो प्रथम त्रैमासिकको रिपोर्ट हेर्दा उद्देश्यअनुरुप काम भएको छैन, काम हुँदै गरेको भन्ने मात्रै आयो, काम सकिएको भन्ने आएन, अब नीति तथा कार्यक्रमले लिएको लक्ष्य समयमै हासिल गर्ने गरी प्रतिफल आउने गरी काम गरौँ ।” उहाँले जे गर्छु भनेको…

Read More

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताउनुभएको हो । “हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो”, आयोगले राखेका अपेक्षाको विश्लेषण गर्दै उहाँले भन्नुभयो, “यस कारण हामीले निर्वाचनमा यसपटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा…

Read More

उदयपुर – रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले बजारमा उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । सात वर्षअघि व्यावसायिकरुपमा किवी खेती सुरु गरिएको र राम्रो उत्पादन हुँदा पनि बजार नपाउँदा किसान चिन्तामा परेका हुन् । अहिले रौताको बोलुङखा, चिसापानी र नामन्त क्षेत्रका किसानले एक सय केजीदेखि पाँच सय केजीसम्म किवी उत्पादन गर्न सुरु गरिरहेका छन् । जिल्लाभित्र किवी बिक्रीमा समस्या हुँदा बजार खोज्न धरान, इटहरी, इनरुवा दुहवी तथा विराटनगरसम्म पुग्नुपर्ने अवस्था आएको जिल्लाका किवी किसानको भनाइ छ । चिसापानीमा क्षेत्रमा झण्डै १० घरका किसानले व्यावसायिकरुपमा किवी खेती गर्दै आएको रौता बोलुङ्खाका कृषक हर्क राईले बताउनुभयो । बोलुङ्खाकै अर्का…

Read More

धनगढी – धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए। उनले अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार गरेको र आन्दोलनमा संलग्न विद्यार्थी र स्थानीय महिला गरी २१ जनालाई पक्राउ गरेको बताए। निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरबितर भएका छन्। बिहीबार ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउँदको…

Read More

काठमाडौँ – चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले प्रहरी परिसर काठमाडौँलाई अनुसन्धान गर्न पत्राचार गरेको हो । लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको एसपी दिनेशराज मैनालीले जानकारी दिए । निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

Read More

कर्णाली – विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एण्ड नर्थ एक्सिस गोर्थ’का रुपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ । कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्लालाई जोड्ने छ । यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार पुग्नेछ । कर्णाली करिडोर नामकरण गरी ट्रयाक खोल्न थालेको २१ वर्ष भएको छ । कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी…

Read More

काठमाडौं – मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो । चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय बैंकले चालु आवको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत छ । केन्द्रीय बैंकले २०७९ असोज २३ देखि असोज २९…

Read More

काठमाडौं – विवेकशील साझा पार्टीले आम निर्वाचन २०७९ मा समानुपातिकतर्फ जम्मा ७८९ मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार उक्त पार्टीले समानुपातिकमा एक हजार मतसमेत कटाउन सकेको देखिँदैन । २०७४ को निर्वाचनमा समानुपातिकतर्फ दुई लाख १२ हजार ३६४ मत ल्याएको सो पार्टीले यसपटक भने कुल ७८९ मत प्राप्त गरेको हो । केही महिनाअघि मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जितेर समानुपातिकतर्फ ११ लाख १९ हजार ९९६ मत ल्याउँदा विवेकशील साझाले प्रत्यक्षतर्फ समेत खाता खोल्न सकेन । कुनै बेला वैकल्पिक राजनीतिको प्रवर्द्धन गर्ने भन्दै सक्रिय रहेको पार्टी यसपटकदेखि पतनको बाटोतर्फ उन्मुख देखिएको छ ।

Read More

चितवन – चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गर्नुभयो । पन्ध्र वर्षका उमेरमा विवाह गर्नुभएकी उहाँको एक सन्तान जन्मिसकेको छ । पिपला अहिले १९ वर्षको पुग्नुभयो । तीन वर्षको छोराको स्याहारसुसार र घरायसी काममा नै उहाँको अहिले दैनिकी बित्ने गरेको छ । आर्थिक अभावका कारण खान लाउन धौधौ भएपछि उहाँका श्रीमान् रोजगारीका लागि कुवेत जानुभएको छ । “सानोमा बिहे गर्नु हुँदैन भन्ने थाहा त थियो तर गरियो, अहिले आएर पछुतो लाग्छ”, चेपाङले भन्नुभयो । उहाँसँगै जौगैराकै सुनिता, गीता र लालमाया चेपाङको पनि १४÷१५ वर्षका उमेरमा नै विवाह भएको छ । उनीहरु सबैको बालबच्चा भइसक्यो…

Read More

जाजरकोट – झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन । तत्कालीन संविधानसभा सदस्य भक्तबहादुर शाहदेखि अहिलेसम्मका सबै नेतालाई पुलका लागि माग गरे पनि कसैले ध्यान नदिएको स्थानीयवासी रेशमबहादुर खड्काले बताउनुभयो । लुहादह, कोताङलगायतका आधा दर्जन गाउँका सर्वसाधारण ज्यान जोखिममा पारेर खोला तर्दै आएको खड्काको भनाइ छ । खोला पार गर्न खोज्दा २०७५ सालमा जुनिचाँदे–४ कै कालो दमाईं र दल्जिते दमाईंको मृत्यु भएको थियो । यसअघि धेरैले ज्यान गुमाएको जुनिचाँदे–४ का वडाध्यक्ष हरिबहादुर खड्काको भनाइ छ । “विसं २०६४ बाट…

Read More