Author: Nisha Shrestha

बर्दिया –  बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ । बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताउनुभयो । तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो । मुख्य बजारनजिकै हुँदा पनि बजारसम्म तरकारी पु¥याउने पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ । अधिकांश गाउँमा हरियो तरकारी बारीमा लटरम्म फलेका छन् । तरकारी बिक्री हुने मुख्य गुलरीयाहाट बजार हो । त्यहाँ जाने बाटो छैन । भनेको बेला डुङ्गा पाइदैन । काँक्रो, फर्सी, बन्दा, काउली…

Read More

ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—५ मामाङ्खेका सुने लिम्बू निकै व्यस्तता बढेको छ । उहाँ येवा तथा फेदाङवा (लिम्बू समुदायको पुजारी) हुनुहुन्छ । किसानहरूले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी)लाई देवतालाई चडाउनमा लिम्बूको व्यस्तता बढेको हो । किराँत समुदायले खेतीपाती गरेको अन्नबाली घर भित्र्याएपछि अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कूल देवतालाई चडाउने परम्पार रहिआएको छ । किराँत समुदायले अन्नबाली मङ्सिर पूर्णीमा अगाडि नै घर भित्र्याइसकेको हुन्छ । फक्ताल्ङग गाउँपालिका—६ का नेत्रप्रसाद लिम्बूले गत साता खेतबारीमा लगाएको अन्नबाली घर भित्र्ययाई सक्नुभयो । खेतबारीमा पाकेको अन्न बाली घर भित्र्याउन एक महिना लाग्यो । कूल देवतालाई न्वागी चडाउनको लागि भने…

Read More

कैलाली – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी आएका छन् । नेपाली सेनाको जहाजबाट प्रधानमन्त्री देउवा धनगढी पुगेका हुन् । सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा धनगढी आएका हुन्। उनी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । देउवाले २ बजे पछि महोत्सव उद्घाटन गर्ने छन् ।प्रधानमन्त्री देउवासँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर पनि आएका छन् । आजदेखि सुरु हुने सुदूरपश्चिम महोत्सव पुस २ गते सम्म जारी रहने छ । यस पटक १६ औँ संस्करण सुरु भएको हो ।

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताएका छन्। बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासको कार्ययोजना काठमाडौँ उपत्यकाको पर्यटन विकासलाई आधारित बनाएर गर्नुपर्ने बताए। कार्ययोजनामा उपत्यकाको संस्कृति र सम्पदालाई आधारित बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अगाडी सारेको बताए। उनले नेपाललाई कुनै ऋतु विशेष मात्र नभई बाह्रै महिना पर्यटकको गन्तव्य स्थल बनाउने गरी योजना अगाडी बढाएको उल्लेख गरे। मौसमका कारणले पनि सधैँभरी घुमफिर गर्ने वातावरण रहेको उल्लेख गर्दै यहाँको संस्कृति र सम्पदाहरूलाई…

Read More

काठमाडौं – सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् ।  नारायणगढबाट काठमाडौं आउँदै गरेको ना ४१प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ जादै गरेको बागमती प्रदेश ०३–००१च१६८२ नम्बरको पिकअप गाडी ठोक्किएका थिए । मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअपमा सवार एक जना घाइते भएका छन् । मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिला घाइते भएकी हुन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको…

Read More

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् । प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । १३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित कार्यकर्ताले पार्टी कार्यालयमा खबरदारी गरेर नेतृत्वलाई सचेत गराएका हुन् । बुधबार निर्वाचन आयोगले निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ ।

Read More

काठमाडौँ – गण्डकी प्रदेशमा सरकार बनाउन नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ। ६० सिट रहेको गण्डकीमा सरकार बनाउन ३१ सिट चाहिन्छ। गण्डकीमा नेपाली काँग्रेस २७ सिटसहित ठूलो दल बनेको छ। नेकपा एमालेले २२ सिट जितेको छ। नेकपा माओवादी केन्द्रले ७ सिट जितेर तेस्रो ठूलो दल भएको छ। राप्रपाको २ सिट छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट १ सांसद छन् भने स्वतन्त्र जितेका राजीव गुरुङ हालै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्। गण्डकीमा गठबन्धनकै सरकार बन्ने देखिन्छ। काँग्रेस र माओवादी मिलेमा सरकार बनाउन बहुमत पुर्‍याउन सक्छन्। तर केन्द्रमा रहेको गठबन्धनअनुसार नै सरकार बनेमा एकीकृत समाजवादीका राजीव गुरुङले पनि स्थान…

Read More

काठमाडौँ – नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि पहिलो पटक कार्यसम्पादन समिति बैठक बोलाएको छ। मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ मत परिणाम आइसकेको छ। काँग्रेसले मंसिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उक्त बैठकमा चुनावी समीक्षालगायत विषयमा छलफल हुनेछ। कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू छन्। कार्यसम्पादन समिति बैठकमा संसदीय दलको नेता चयनका लागि मिति तय गर्नेजस्ता विषय पनि छलफल हुन सक्ने बताइएको छ।

Read More

कञ्चनपुर – कञ्चनपुरमा पछिल्ला केही वर्षयता जङ्गली हात्तीकोे आक्रमण बढ्दो छ । बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावन बस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ । मङ्गलबार साँझ बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका हीरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भयो । घर नजिकैको साुमदायिक वनमा दाउरा लिन गएका बेला उहाँमाथि हात्तीले आक्रमण गरेको हो । गत भदौमा पनि शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार जङ्गली हात्तीको आक्रमणबाट तीन…

Read More

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत समुदायको महान् चाड उधौली र नेवारी समुदायको यःमरि पुन्हिका अवसरमा देश तथा विदेशमा रहेका सबैलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। उनले आज जारी गरेको शुभकामना सन्देशमा किराँत समुदायको महान् चाड उधौली र नेवार समुदायको महत्वपूर्ण चाड यःमरि पुन्हि पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका हुन्। शुभकामना सन्देशमा भनिएको छ,’उधौली र यःमरि पुन्हिले किराँत र नेवार लगायतका समुदायमा उत्साह र उमङ्ग थप्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धनमा योगदान पुर्‍याओस्, सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ् बनाउँदै समृद्धिको मार्गमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गरोस्,…

Read More