Author: Nisha Shrestha

काठमाडौँ – केही वर्षअघिसाँ ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटाभन्दा छिटो रुपान्तरणको दिशामा बढेको छ । यसले हरित गृह ग्यासको उत्सर्जन कम गर्नुका साथै आर्थिक जोखिमतालाई घटाउन पनि मद्दत पुग्दछ । नेपालको ९८ प्रतिशत विद्युत् उत्पादन जलविद्युत् र नवीकरणीय ऊर्जाका स्रोतहरुबाट हुने गर्दछ । यस्ता स्वच्छ ऊर्जाका स्रोतहरुबाट अहिले २२ सय मेगावाट विद्युत् आपूर्ति भइरहेको छ भने पाँच हजार मेगावाट निर्माणाधीन रहेका छन् । त्यसैले देश विद्युत्बाट खाना पकाउन, विद्युतीय सवारी, औद्योगिक तथा व्यापारिक क्षेत्रमा आपूर्ति गर्ने…

Read More

बाली – इन्डोनेसियाका राष्ट्रपति जोको विडोले विश्वलाई ‘युद्ध अन्त्य गर्न’ र ‘व्यापक मतभेद’ लाई कम गर्न आह्वान गरेका छन् । बालीमा भएको जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । युक्रेनमा रुसी हमलालाई लिएर भड्किएको असहमतिबीच भूराजनीतिक तनावलाई बढाएको छ र खाद्यान्न र विश्वव्यापी रूपमा ऊर्जा मूल्य बढेको छ । जी २० सम्मेलन आयोजना गर्न पाउनु इन्डोनेसियाका लागि सम्मानको कुरा भएको बताउदै जोकोवीसमेत भनेर चिनिने विडोडोले भने, ‘यहाँ जिम्मेवार हुनुको अर्थ हामीले युद्ध अन्त्य गर्नुपर्छ । यदि युद्ध समाप्त भएन भने संसारलाई अगाडि बढ्न गाह्रो हुनेछ ।’ जी २० समूहहरू १९ देश र युरोपियन युनियनले रुसलगायत…

Read More

काठमाडौँ – नेपालका विभिन्न जिल्लामा रहेका कारागारमा १ हजार २८९ जना विदेश कैदीबन्दी रहेका छन् । २०७९ असोज मसान्तसम्म उक्त संख्यामा विदेशी कैदीबन्दी नेपालका कारगारमा रहेको कारागार व्यवस्थापन विभागले जनाएको हो । विभागका अनुसार हाल नेपालमा २० देशका कैदीबन्दी रहेका छन् । भारत, भुटान, चीन, पाकिस्तान, बोलिभिया, क्यानडा, बंगलादेश, दक्षिण अफ्रिका, इरान, जर्मनी, डेनमार्क, तान्जानिया, नाइजेरिया, पपुवा न्युगिनी, फ्रान्स, बेलायत, रोमानिया, सेनेगल, सिंगापुर र अष्ट्रियाका नागरिक नेपालका कारगारामा रहेका छन् । विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । हाल नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये भारतीयको संख्या १ हजार २४ छ । अघिकांश भारतीय कैदीबन्दीहरु लागूऔषध ओसारपसारमा संलग्न रहेको पाइएको छ…

Read More

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनिषा कोइराला घरदैलोमा पुगेकी छन्। उनले मंगलबार बिहान काठमाडौँ क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा मिश्रसँगै घरदैलोमा पुगेर भोट मागेकी हुन्। घरदैलो कार्यक्रम बबरमहलबाट शुरु भएको थियो । उनी पछिल्लो समय राप्रपाका चुनावी सभाहरूमा सहभागी भइरहेकी छन् । राप्रपाका उमेदवारहरूलाई जिताउन आग्रह गरिरहेकी छन् ।

Read More

काठमाडौँ – सरकारले आउँदो निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदान स्थल रहेका शिक्षण संस्था/विद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई यसबारेमा पुनः सचेत गराएको हो । मंगलबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए। उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताए। उनले मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको…

Read More

काठमाडौँ : अर्घाखाँचीमा दुई पार्टीका केन्द्रीय स्तरका नेताबीच कडा चुनावी प्रतिष्पर्धा देखिएको छ । लगातार तीन पटक चुनाव जितेका एमाले सचिव टोपबहादुर रायमाझीसँग सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख एवं कांग्रेस नेतृ पुष्पा भुसाललाई मैदानमा उतारेको छ । अहिले रायमाझी र भुसाल मतदाताका घरदैलोमा पुग्दा मतदाताले पनि विकासका लागि मौखिक आश्वासन होइन, लिखित हस्ताक्षर नै गराउन थालेका छन् । कांग्रेस नेतृ भुसाल छत्रदेव गाउँपालिकाको ठूलापोखरामा पुग्दा स्थानीयले ठुलापोखराको विकासका योजना १० बुँदामा प्रतिबद्धता जनाए मात्रै भोट दिने माग राखे । उनीहरुले पाँच वर्षसम्म गर्ने विकासमा मौखिक आश्वासनमा विश्वास गरेनन् । त्यसपछि लिखित हस्ताक्षर गराए । उनीहरुको १० बुँदे मागमा वडाभित्रको सडकलाई स्तरोन्नती गर्दै…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिने विषयमा महानगर र आश्रमबीच सोमबार छलफलसमेत भएको थियो । सडकआश्रित मानवको व्यवस्थापनका लागि भएको योजना तथा समीक्षा बैठकमा महानगर प्रमुख साहले भन्नुभयो, “बेसहारा मानिसको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य भइरहेको र अझै प्रभावकारीरूपमा कार्य अघि बढाउने छौँ…

Read More

रोल्पा – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहाँको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ । यहाँ ८६ मतदानस्थलमा एक सय ७७ मतदान केन्दको व्यवस्था गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ । छयासीमध्ये ३१ मतदानस्थललाई अतिसंवेदनशील मतदानस्थलका रूपमा राखिएको छ । जिल्लाका अतिसंवेदनशील मतदानस्थलमा थवाङमा तीन, त्रिवेणीमा एक, रुन्टीगढीमा छ, परिवर्तनमा दुई, गङ्गादेवमा छ, माडीमा एक, सुनछहरीमा पाँच र लुङ्ग्री गाउँपालिकामा पाँच सहित रोल्पा नगरपालिकामा दुई छन् । गत स्थानीय तह निर्वाचनमा ८१ मतदानस्थल रहेको जिल्लामा जनसङ्ख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर गत…

Read More

काठमाडौं – मतगणना पश्चात मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । मतपत्रसहित सरकारी कागजात जलाउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानको प्रावधानविरुद्ध रहेको भन्दै कानुनका विद्यार्थीहरू ऋतिक यादव र रितेश पन्थीले सोमबार रिट दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटको पेसीी आजका लागि तोकिएको हो । निर्वाचन आयोगले मुद्दा पर्ने अवधि नाघेपछि छाप लगाइएका मतपत्रलाई जनक शिक्षा सामग्री केन्द्रमा सरकारी कागजात धुल्याउने नियमहरु, २०२७ अनुसार धुल्याउँछ । उक्त नियमको २९ख० ले धुल्याउनुलाई आगोमा डढाउने कार्य भनी परिभाषित गरेको छ। यसले संविधानले परिकल्पना गरेको…

Read More