Author: Nisha Shrestha

काठमाडौं – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु हुनेछ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई…

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ । शनिबार साझ तीन दलबीच विभिन्न ‘एजेन्डा’मा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मधेश र थारुहट आन्दोलनका मुद्दाको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता, राजबन्दीको रिहाइ, विगतका सहमति कार्यान्वयलगायतका एजेन्डासहित सहकार्य गर्ने सहमति भएको हो । कार्यगत एकताका लागि तीन पार्टीबीच सहमति पत्रसमेत तयार भएको बताइएको छ । उक्त सहमति पत्रमा जनमत पार्टीकातर्फबाट अध्यक्ष डा सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले…

Read More

सिन्धुली- मध्यपहाडी लोक मार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटनामा परेको छ। बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। घाइतेलाई उपचारकालागि खुर्कोटस्थित अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना परेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

काठमाडौँ – उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानुन व्यवसायीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । आइतबार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले निर्वाचन अधिकृत महेश शर्मा पौडेलको ध्यानाकर्षण गराएका हुन् । संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुनले व्यवस्था गरेअनुसार फरक लिङ्ग र फरक समुदाय राष्ट्रपति/उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताइन् ।

Read More

काठमाडौँ – सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले आफूविरुद्ध परेको उजुरीमा जवाफ दिएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित जवाफ दिएका हुन्। यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका थिए। निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमीला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन्। नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । उम्मेदवारलाई आज…

Read More

काठमाडौँ – कोशी प्रदेशको नामाङ्कन विरोधमा चक्काजाम गर्ने १३ बन्दकर्तालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका मध्ये दमकबाट ८, बिर्तामोडबाट ३ र काँकडभिट्टा २ गरेर १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोशी प्रदेश नामाङ्कन विरोध गर्दै पहिचानवादीले कोशी प्रदेशभर गरेको बन्दले जनजीवन प्रभावित भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि आदिवासी जनजाति आन्दोलनमा उत्रिएका छन् ।

Read More

काठमाडौं – सुनचाँदी व्यवसायी संघको तालिम भवनको समुद्घाटन भएको छ । जनकवी दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं महानगरपालिका १७ वडा, कुसुमबियालाछि स्थिति भवनको उद्घाटन शनिबार एक कार्यक्रमबीच गरेका थिए । यस भवनमा सुनका आधुनिक तथा परम्परागत गहना बनाउने देखि लिएर सुन तथा रत्न पहिचान गर्ने तालिम संचालन गरिनेछ । तालिमको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट पनि सम्बन्धन प्राप्त गरिसकेको छ । कार्यक्रममा बोल्दै काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यले सुनका गहना बनाउने नेपाली कालिगढको अभाव रहेको अवस्थामा यस भवनबाट नेपाली कालिगढ उत्पादन गर्नमा धेरै सहयोग पुग्ने बताए । उनले…

Read More

धनगढी – बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबिच तालमेल भएको छ्। आसन्न स्ववियु निर्वाचनका लागि उनीहरुबिच तालमेल भएको हो। आज उनीहरुले संयुक्त रुपना उम्मेदवारी पनि दर्ता गराएका छन्। जसमा सभापतिका लागि अखिल क्रान्तिकारीका मोहन बोहरा उम्मेदवार बनेका छन्। यस्तै सचिवमा रमेश माल र कोषाध्यक्षमा मनोज जोशी उम्मेदवार बनेका छन्। उनीहरु भने अनेरास्ववियुबाट हुन्।

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति पदमा प्रमीला यादवले पनि उम्मेदवारी दर्ता गराएकि छिन्। शनिबार स‌घीय संसद् भवन बानेश्वर पुगेर उनले राष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन्। प्रमीला यादवको प्रस्तावकमा मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, वीरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ रहेका छन्।

Read More

काठमाडौँ – एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिने भएको छ। यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा उजुरी दिने तयारी गरिएको एमाले सांसद महेश बर्तौलाले बताए। ‘हामी ६ बजेसम्म उजुरी दर्ता गर्नेछौँ। यो संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्ने हो। तर उहाँ उठ्नु भएकोले हामीले उजुरी दिन लागेका हौँ’, उनले भने। जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशङ्कामा प्रमीला यादवलाई पनि उम्मेदवार उठाएको छ।

Read More