Author: Nisha Shrestha

काठमाडौं – स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार डेङ्गु नियन्त्रणका लागि दस मिनेट नामक अभियान सुरु गरेको छ। गत वर्ष नेपालमा डेंगी संक्रमण हालसम्मकै अत्याधिक भएको थियो। यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै संक्रमण बढ्दै गरेको अवस्था छ। त्यसैले उक्त अभियान थालिएको मन्त्रालयले जनाएको छ। उक्त अभियान आज शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट संचालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य गर्नुपर्ने बताइएको छ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसदद्वय रवि लामिछाने र डा। स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् । शुक्रबार काठमाडौँमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुन निर्माणसहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा गरेको ठूलो फड्को मारेको भन्दै उनले विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकाङ्क्षा रहेको बताए । उनले डाक्टर र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीप, अस्पताल र स्वास्थ्य सुविधालाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताए । नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग…

Read More

काठमाडौं – नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोेकेको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाँ प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत हुनुहुन्छ । यसअघि पनि कडायत प्रहरी वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा रहनुभएको थियो ।

Read More

काठमाडौँ – अर्थमन्त्री डा।प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही रु दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले आज अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थ मन्त्रालयबाट कुनै निर्णय नभएको बताएका हुन् । ‘अयोग्य लडाकुका विषय अदालतमा पुग्यो । बजेटमा पनि रहेछ । म अर्थमन्त्री भएपछि कुनै…

Read More

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज ९शुक्रबार० तेस्रो पटक विश्वासको मत लिँदैछन् । २७ चैत्रमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका शर्माले ६ माघमा पहिलो पटक सांसदबाट विश्वासको मत लिएका थिए । राप्रपाले समर्थन फिर्ता लिएपछि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले राप्रपा बाहेकका सबै दल र सांसदको मत पाएका थिए । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा शर्माले विश्वासको मत लिने तयारी रहेको बताइएको छ ।

Read More

काठमाडौँ – यही वैशाख १० गते भएको उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना र जनता समाजवादीका एक जना उपनिर्वाचनबाट चुनिएका छन् । चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित रास्वपाकै स्वर्णिम वाग्ले तथा बारा २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले बिहान साढे ११ बजे शपथ लिने कार्यक्रम तय भएको छ। उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् । गत मंसिर ४ को निर्वाचनबाट तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहाय प्रसाद…

Read More

गुल्मी- रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो । निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल रु ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेशको नाम ठिक भएको बताएका छन्। बिहीबार मिसन ग्राँसरूट लेभल अभियानको क्रममा इलाम पुगेका ओलीले प्रदेशको नाम कोशी ठिक भएको बताएका हुन्। ‘कोशी प्रदेश सभाले कोशी प्रदेश नामाकरण गर्‍यो, म कोशी प्रदेश सांसद पनि होइन। अनि म आफ्नो भ्रमणमा हिँडिरहेको छु, कार्यक्रममा हिँडिरहेको छु, जनता भेटिरहेको छु,’ उनले भने, ‘कसलाई टाउको किन दुख्ने ? जहाँसम्म कुरा छ कोशी प्रदेश ठिक थियो कि थिएन, यो बिल्कुल ठिक थियो। यो साझा नाम हो, सबैका लागि छ। यसलाई एउटा अर्को भन्ने कुरै छैन।’ कोशी नाममै सबै जातजातिहरू समेटिने भएकाले यसलाई इगोको विषय बनाएर विवाद उत्पन्न…

Read More

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । यसअघि बुधबार १३.६८ अंकले घटेको सेयर बजार बिहीबार २.२७ अंकले घटेको हो । नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ को विन्दुमा झरेको छ । बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ । यसैगरी, २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर कारोबार हुँदा ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा कम हो । सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको सेयर किनबेच भएको हो। यसैगरी बिहीबार…

Read More