Author: Nisha Shrestha

काठमाडौं – आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर घर फर्किने भएका छन् । गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरेको र छिनोफानो हुनुअघि नै तत्कालीन प्रतिनिधिसभा विघटन भयो । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र पर्‍यो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सांसदहरूले शपथ खाने र संसद् बैठक बस्नुअघि नै एक सातापछि जबराले अनिवार्य अवकाश पाउँदैछन् । २८ मंसिर २०१४ मा जन्मिएका जबरा अब एक सातापछि ६५ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुँदैछन् । जबराविरुद्ध दर्ताको भएको महाअभियोग…

Read More

काठमाडौँ – अर्जेन्टिनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग लगाइएको छ । तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत केही उन्मुक्ति पाउन सक्छिन । उनले लामो अपील प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ । उनलाई सार्वजनिक पदबाट आजीवन प्रतिबन्ध पनि लगाइएको छ । तर, उच्च अदालतमा मुद्दा चल्दा उनी उपराष्ट्रपतिको भूमिकामा रहनेछिन् । अभियोजनकर्ताहरूले उनलाई १२ वर्ष जेल सजाय माग गरेका थिए । फर्नान्डेजले आफूमाथि लगाइएको आरोप राजनीतिक रूपमा प्रेरित भएको बताएकी छन् ।…

Read More

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ। मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको केन्द्रीय कार्यालयले जनाएको छ । आजको बैठकले केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक बस्न लागेको हो । बैठकमा समानुपातिकको बन्द सूचीबारे पनि आवश्यक छलफल हुने बताइएको छ।

Read More

काठमाडौँ – नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजावी सुन तोलामा ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी पनि मंगलबार सोही मूल्यमा कारोबार भएको हो।

Read More

रामपुर – रामपुर नगरपालिका रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उहाँले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्नुहुन्छ । सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने समय एकै हुँदा बजारमा उहाँलाई झट्ट बिक्री गर्न समस्या हुन्थ्यो । कहिलेकाहीँ त घरमा भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै कुहाउनु पनि पथ्र्यो । अहिले भने रामपुर नगरपालिकाले किसानले उत्पादन गरेको खायन आलु बजारीकरणको प्रबन्धका गरिदिने भएपछि उत्साहित हुँदै आलुखेतीमा लाग्नुभएको छ । “खेतमा आलु खन्ने बेला भएपछि कहाँ लगेर कसरी बेचौँ भन्ने समस्याले सधैँ सताउँथ्यो, धेरैपटक घरमै उम्रेर,…

Read More

कैलाली -कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिनुभयो । हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । उहाँको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले बताउनुभयो । उनको खोजीकार्यका लागि प्रहरी…

Read More

काठमाडौँ – सुदुरपश्चिममा नेकपा एमाले समानुपातिक तर्फ पहिलो दल बनेको छ । प्रदेशमा सदर भएको ८ लाख ९६ हजार ३८६ मत मध्ये एमाले सबै भन्दा धेरै मत पाउने पार्टी बनेको छ । उसले २ लाख ७४ हजार ६७५ पाएको छ । त्यस्तै नेपाली कांग्रेस २ लाख ६९ हजार ५६४ मतसहित दोस्रो स्थानमा छ । समानुपातिकमा तेस्रो भएको माओवादी केन्द्रले १ लाख २१ हजार ४३१ मत पाएको छ । यता नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५९ मत पायो । राष्ट्रिय प्रजातन्त्र पार्टी र ४४ हजार २३३ र नेकपा एकीकृत समाजवादीले ४३ हजार ८१९ मत ल्याएको छ । प्रदेशमा यी ६ दलले…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका मधेस प्रदेशका विभिन्न नेताले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । गोरखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अध्यक्ष प्रचण्डलाई बधाई दिन तराईका विभिन्न जिल्लाबाट आएका नेताहरू उनकै निवासमा पुगेका हुन् । उनीहरूले अध्यक्ष प्रचण्डलाई खादा र माला लगाएर बधाई तथा शुभकामना दिए । सो अवसरमा चुनावको समीक्षासमेत भएको थियो । मधेसबाट आएका माओवादी केन्द्रका नेताहरुले सात वटा प्रदेशमध्ये मधेसमा पार्टी सबैभन्दा कमजोर भएको टिप्पणी गरेका थिए । उनीहरूले पार्टीको अवस्था कमजोर हुनुमा माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र मातृका यादवलाई दोषी देखाएका छन् । श्रेष्ठ र यादवबीचको गुटबन्दीका कारण मधेसमा पार्टीको सङ्गठन नाजुक बनेको उनीहरूको…

Read More

मोरङ – नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका– ३ बाट पक्राउ गरि सोमबार सार्वजनिक गरिएको हो । कन्दङवाको साथबाट एक थान मोबाइल, नगद रु सत्र हजार र को ३२ प ५९८९…

Read More

काठमाडौं – स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना मात्रैमा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टाको कोरोना संक्रमण विवरण सार्वजनिक गर्दै मन्त्रालयले नौ सय २३ जनाको नमूना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको जनाएको हो । यस अवधिका १४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा ७९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा ८५ हजार आठ सय १२ जनाले कोभिडविरुद्धको खोप लगाएको पनि उल्लेख छ ।

Read More