Author: Nisha Shrestha

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो । अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ । जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।

Read More

एजेन्सी – रुसी सैन्य तालिम स्थलमा बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। हतियारको तालिमको क्रममा युक्रेनमा लड्न स्वयसेवा गरेको एउटा समूहमा दुई व्यक्तिले गोली हानेको राज्यको स्वामित्वमा रहेको समाचार एजेन्सी रियाले जनाएको छ। आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ तर, विस्तृत विवरण भने दिइएको छैन। आक्रमणमा थप १५ जना घाइते भएका छन्। ‘स्वैच्छिक रूपमा ृयुक्रेन विरुद्ध विशेष सैन्य अभियानमा भाग लिन इच्छा व्यक्त गर्ने व्यक्तिलाई हतियार प्रशिक्षण सत्रको क्रममा आतंककारीहरूले एकाइका कर्मचारीहरूमाथि साना हतियारले गोली हाने’, रियाले रक्षा मन्त्रालयको बयानलाई उद्धृत गर्दै लेखेको छ।

Read More

कैलाली – लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ। कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ। बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको छ। बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्‍याएको छ। असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पुर्‍याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिए। उनले कृषितर्फ बाढीले पुर्‍याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताए। ‘हरेक वडामा वडघरको सहयोगमा टोलटोलमा पुगेर तथ्याङ्क लिने काम भइरहेको छ’, उनले भने, ‘वडा नं ५, ६,…

Read More

काठमाडौँ – ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ । आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जोशीको शवलाई अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिने दाहसंस्कार नगरिने भएको हो । जोशीले मृत्यु अघि नै शरीर दान गरेकाले उनको दाहसंस्कार नगरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने भएको छ । उनको दाहसंस्कार कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबिच केही बेरअघि छलफल भएको थियो। जोशीले यसअघि आफ्नो शरीर किष्ट अस्पताललाई दान गरिसकेकाले परिवारका सदस्यले दाहसंस्कार नगर्न तयार भएको हो ।

Read More

काठमाडौँ – त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक हात पारेका छन्। आइतबार बिहान पोखरा रंगशालाको एथलेटिक्स ट्र्याकमा भएको खेलमा उनले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गर्दै ८ वर्ष पुरानो गोपीचन्द्र पार्कीको कीर्तिमान भङ्ग गरे। गोपीले २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा ३० मिनेट ३०.९९ सेकेन्डको साथ १० हजार मिटरमा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। यस्तै, दोस्रो भएका एपीएफका गोपीचन्द्र पार्कीले ३० मिनेट ३८.३२ सेकेन्डको समय निकालेका थिए। आर्मीका गजेन्द्र राईले ३० मिनेट ४९.५० सेकेन्डको समय निकाल्दै तेस्रो भए। आफ्नो पहिलो राष्ट्रिय खेलमा नै राष्ट्रिय रेकर्ड बनाएका…

Read More

पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा त्रिभुवन आर्मी क्लबका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् । पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा शनिवार भएको रेसमा राजेशले पुरुष डाउनहिल र निश्माले महिला डाउन हिलमा स्वर्ण पदक जितेका हुन् । राजेशले १ मिनेट ४९.१०२ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण जितेका हुन् । यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.०५ सेकेण्ड टाइमिङसहित रजत तथा एपीएफका प्रचित थापाले १ मिनेट ५५.६९२ सेकेण्डसहित कास्य जिते । महिलातर्फ रेश्माले निर्धारित दुरी २ मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । आर्मीकै उषा खनालले २ मिनेट ३७।४५ सेकेन्डको समय निकाल्दै रजत जितिन्…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चुनावपछि पनि निरन्तर अघि बढ्ने बताएका हुन्। संविधानलाई संस्थागतरुपमा कार्यान्वयन गर्न गठबन्धन प्रतिवद्धत रहेको उनको भनाइ छ। देशको विकास र स्थायित्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उनको भनाइ छ।

Read More

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०‍औं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। महाधिवेशन बेइजिङ समयअनुसार आइतबार बिहान १० बजेदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा हुने छ। महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्त्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने मुख्य एजेण्डा छ। अन्य एजेण्डामा कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समिति निर्माण गर्ने, नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने, १९औं सीपीसी केन्द्रीय समितिको प्रतिवेदन पेस गर्ने, सीपीसीको विधान संशोधन लगायतका विषय छन्। प्रवक्ता स्वन एलीले शनिबार पत्रकार सम्मेलनमा महाधिवेशनबारे जानकारी दिएका हुन्। महाधिवेशन अक्टोबर २२ सम्म सञ्चालन हुने छ। महाधिवेशनमा २२९६ जना प्रतिनिधिले भाग लिँदैछन्। यी प्रतिनिधिले…

Read More

पोखरा – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताएका छन् । नेपाल टेलिभजनका देशभरिका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्ने बताए । दलका मुद्दाका बारेमा नागरिकमाझ बहस चलाउने जिम्मेवारी मिडियाको हो भने उनले भने, ‘यो काम पुर्वाग्रह रहित रुपमा गरिदिनु पर्छ ।’ उनले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई आग्रह पनि गरे । उनले राजनीतिक दलहरु र उम्मेदवार माथि प्रेसले प्रश्न गरिरहनु पर्ने बताए । सञ्चार माध्यमले स्वनियमन गर्न थाले धेरै समस्या हल…

Read More

काठमाडौं – नवौं वृहत राष्ट्रिय खेलकुदअन्गर्तन एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् । महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जितेकी छन् । फूलमतिले विभागीय एपिएफको लागि एथ्लेटिक्सको पहलो स्वर्ण जितिन् । फुलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वति भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन् । ५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन् । पुरुषतर्फको दौडमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण पदक जिते । मुकेशले निर्धारित…

Read More