काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो ।
अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ ।
त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ ।
जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।
Facebook Comments Box