Author: Nisha Shrestha

काठमाडौँ- आसन्न वैशाख १० गते आइतबार हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ । उपनिर्वाच नका लागि १८ वटा दलहरू दर्ता भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको निर्वाचन आयोगले जानकारी दिएको हो । सोही दफाको उपदफा (७) बमोजिम उप–निर्वाचन हुँदाका बखत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई ती दलहरूले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा र…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिकामा सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि कृषिजन्य उत्पादनमा वृद्धि भएको हो । कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले कृषिजन्य उत्पादन दुई प्रतिशतले बढेको जानकारी दिए। ‘कृषिजन्य उत्पादन दुई प्रतिशतले बढेको छ, फलफूल उत्पादनमा पनि उल्लेखनीय सुधार आएको छ’, उनले भने। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकका अनुसार आर्थिक वर्ष २०७४-७५ मा मुख्य खाद्यान्न बाली उत्पादन हुने क्षेत्रफल तीन लाख १६ हजार सात सय ८९ हेक्टर रहेकोमा हाल १३ प्रतिशतले वृद्धि भई आव २०७८-७९ मा तीन लाख ६३ हजार सात सय ९३…

Read More

काठमाडौँ – नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ। कुल आठ सय ८२ मतदाता रहेको राष्ट्रपति निर्वाचनमा कुल आठ सय ३१ मत खसेको छ। सङ्घतर्फ तीन सय १३ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन्। शर्माका अनुसार प्रदेशतर्फ ३२ जना सदस्यले निर्वाचन प्रक्रियामा भाग लिएका छैनन्। जसमा राप्रपाका २८, नेमकिपाका तीन र जसपाका एक प्रदेश सांसद निर्वाचन प्रक्रियामा सहभागी भएनन्। राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल मैदानमा छन्।

Read More

काठमाडौँ- राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरमा रहेको संघीय संसद भवनमा मतगणना सुरु भएको हो । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन् । नयाँ राष्ट‍्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका छन् । कुल ८८१ मतदाता रहेकोमा आज ८३१ मतमात्र खसेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाइन् । प्रतिनिधसभा र प्रदेशसभा सांसदहरुले मत दिएको मतपत्रको छुट्टाछुट्टै स्थानमा गणना हुँदैछ । साँझ ७ बजेसम्ममा मतपरिणाम आइसक्ने गरि निर्वाचन अधिकृतको कार्यालयले तयारी गरिरहेको शर्माको भनाई…

Read More

काठमाडौँ – निर्वाचन आयोगले आजै विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने निर्णय गरेको छ । आयोगले आज राष्ट्रपति पदको उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेको थियो । मतगणनाका क्रममा स्वस्तिक छाप लगाएका मतपत्रलाई मात्र मान्यता दिने सहमति गरिएको छ । यस्तै, कोठाबाहिरको मतसंकेतलाई बदर मान्ने सहमति भएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूको मत अलगअलग गणना गरिनेछ । मतगणना स्थलमा उम्मेदवारका तर्फबाट एक/एक जना मात्र प्रतिनिधि राख्ने सहमति पनि भएको छ ।

Read More

काठमाडौँ – राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदान सकिएसँगै अब मतगणनाको तयारी भइरहेको छ। मतगणना ४ बजेदेखि सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।

Read More

काठमाडौँ- राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका सांसद गोविन्द न्यौपाने स्वास्थ्यस्थित बुझ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् । सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११:३८ बजेको आसपासमा चिप्लिएर लडेका थिए । उनको टाउको चोट लागेको छ । चिकित्सकहरुले स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-५ गुलरीया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका-७ का २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसहित २ जनाको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More

काठमाडौं – राष्ट्रपति निर्वाचनका क्रममा संसद् भवन नयाँ बानेश्वरमा भोट हालेर फर्किँदै गरेका सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन्। उनलाई टाउकामा चोट लागेको अवस्था छ। घाइते सांसद न्यौपाने मधेश प्रदेशका एकीकृत समाजवादीका संसदीय दलको नेता हुन्। उनी भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका बताइएको छ। संसद् भवन बानेश्वरमा बिहान १० बजेदेखि कडा सुरक्षाबीच मतदान जारी छ। राष्ट्रपतिमा नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेको सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रपतिको चुनावको कुल मतभार ५२ हजार…

Read More

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम तथा निर्णायक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनी विरुद्ध कीर्तिमानी स्कोर तयार गरेको छ। घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनायो। यसअघि नेपालले नामिबिया विरुद्ध गत १४ फेब्रुअरीमा लक्ष्य पछ्याउने क्रममा २८७ रन बनाएको थियो। जुन स्कोर नै नेपालको अहिलेसम्मको उच्च स्कोरका रूपमा रहेको थियो। बिहीबार उच्च लक्ष्य तयार गर्ने क्रममा नेपालका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ खेलेका थिए। आसिफले करिअरको पहिलो शतक प्रहार गर्दै उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रन बनाए। आसिफ रोहितपछि १ हजार रन…

Read More