Author: Nisha Shrestha

महेन्द्रनगर – दशैं तिहारमा हुने सम्भावित आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेशको राजधानीसमेत रहेको कैलालीमा पनि स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटना न्यून गर्न विशेष सुरक्षा योजना लागू गरेको छ। दशैं तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको दाबी गरिएको छ। स्थानीय प्रशासनले नागरिकलाई ढुक्कसँग दशैं मनाउन आग्रह गर्दै सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जनाएको छ। दशैं तिहारको समयमा प्रहरीको गस्ती बढाइएको छ भने सादा पोसाकमा समेत प्रहरी परिचालन…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् । राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नेछन् । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन…

Read More

काठमाडौँ – डेंगुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्याङ्क अनुसार अहिलेसम्म डेंगु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । डेंगुका संक्रमितको संख्या ३१ हजार नाघेको छ । पानी परिरहेकाले डेंगु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए । बिहान बेलुका चिसो हुन थालेकाले डेंगुको संक्रमण केही कम हुने आङ्कलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको उनको भनाइ छ । डेङ्गुबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो । घर वरिपरि…

Read More

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। आयोगले प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ। यस्तै, सोही दिन पाँच बजे देखि ६ बजे सम्म उम्मेदवारीको सुची प्रकाशित गर्ने समेत आयोगले जनाएको छ।

Read More

काठमाडौँ– माछा मारेर , दैनिक अर्काको मजदुरी गरेर जीवन निवाह गर्ने रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै रौनक छैन । दशैँमा नयाँ लुगा लगाउने, मीठो खाने भनिए पनि बादी बस्तीका बालबालिका नयाँ नाना र मीठा खानाबाट वञ्चित छन् । चौरजहारी नगरपालिका–१ को बादी समुदायका ६४ वर्षीय पशुपति बादीले भने, ‘कसैले पत्याएर ऋण दिए त एक छाक मासुभात खाने हो । हाम्रा दिन यस्तै हुन्, दशैँले झन् ऋण थप्छ, दशा बन्छ हामीलाई ।’ घरमा साँझ बिहानको छाक टार्न धौ–धौ परिरहेको बेला खर्चिलो र भड्किलो बन्दै गएका चाडपर्वले गरिब परिवारलाई थप पीडा हुने गरेको छ । पशुपति बादीले भने, ‘घरमा चामलको गेडो छैन । यसै त गरिबका दिन, चाडबाडले गर्दा ऋणमाथि…

Read More

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा ६० लाख रकम जुटिसकेको छ । महासङ्घ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो । जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम एक करोड पुर्‍याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम संकलन गरिरहेको महासङ्घ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए । उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा २५ हजार सहयोग गरेका छन् । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेको उनले जन्मोत्सवका अवसरमा कार्यक्रममा नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई…

Read More

काठमाडौं – ​प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । ​नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक सिंहले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । ​सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा…

Read More

काठमाडौं – नेपाली काँग्रेसले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । जसमा भनिएको छ, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधिसभा प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार नबनाउने ।’ विधान बमोजिम सिफारिस भएका व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, लोकप्रियता र आगामी दिनको सम्भावनाका आधारमा उम्मेदवार छनोट गर्ने काँग्रेसको निर्णय छ । साथै काँग्रेसले स्थानीय निर्वाचनका क्रममा अनुशासन उल्लङ्घन गरेका र कारबाहीको प्रक्रियामा रहेका वा कुनै कारणवस निष्क्रिय बसेका सदस्यहरूलाई पार्टीमा…

Read More

दार्चुला – दार्चुलामा चार लाख दुई हजार ३६० रुपैँया नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । सोमबार महाकाली नगरपालिका वडा नम्बर ४ तिन्करखेडा स्थित प्रेम सिंह बुढाथोकीले आफ्नो घरमा जुवा खेलाइ रहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन् । जुवा चलिरहेकोे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा हान्दा दिउँसो साढे तीन बजेको समयमा जुवाखालबाट चार लाख दुई हजार नगरसहित ११ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक राजशे शाहीले जानकारी दिनु भएको छ । पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेको उहाँले बताएका छन…

Read More

काठमाडौँ – उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एक जनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए । मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको…

Read More