दार्चुला – दार्चुलामा चार लाख दुई हजार ३६० रुपैँया नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।
सोमबार महाकाली नगरपालिका वडा नम्बर ४ तिन्करखेडा स्थित प्रेम सिंह बुढाथोकीले आफ्नो घरमा जुवा खेलाइ रहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन् ।
जुवा चलिरहेकोे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा हान्दा दिउँसो साढे तीन बजेको समयमा जुवाखालबाट चार लाख दुई हजार नगरसहित ११ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक राजशे शाहीले जानकारी दिनु भएको छ ।
पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेको उहाँले बताएका छन । प्रहरी स्रोतका अनुसार घरधनी प्रेम सिंह बुढाथोकीसहित ११ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिप्रका ल्याएको छ ।
पक्राउ पर्नेमा शंकर बुढाथोकी, असपाल बुढाथोकी, सुरेन्द्र धामी, कमल धामी, नरेन्द्र ठगुन्ना, भुवनेश बुढाथोकी, चक्र बुढाथोकी, मुकेश बोहरा, राजेन्द्रसिंह डडाल र इन्टुक लामालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
चाडपर्वको समयमा जुवातास खेल्ने खेलाउने गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा विगतदेखि नै जुवातास खेलाउने गरेको गुनासो आउने गरेको थियो । प्रहरीको सक्रियतामा ११ जना जुवाडेलाई जुवाखालबाटै पक्राउ गरि अनुसन्धान थालिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।