Author: Nisha Shrestha

सुर्खेत – सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते हुने निर्वाचनको प्रचार–प्रसार कार्य तीव्ररुपमा बढेकाले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले हिजो शुक्रबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । “निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न दिइने छैन”, उहाँले भन्नुभयो, “मङ्सिर ४ गते मतदान हुनुभन्दा २४ घण्टाअगावै ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसरकुकरजस्ता विष्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार…

Read More

चितवन – प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ निवास पुग्नुभएको छ । गुरुङकी पत्नी शीरमाया गुरुङको यही कात्तिक २० गते निधन भएको थियो । गुरुङ परिवारमा समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङ निवासमा पुग्नुभएको हो । उहाँले आफ्ना पार्टीका केन्द्रीय सदस्य गुरुङसहित परिवारजनमा समवेदना र स्व शीरमायाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रधानमन्त्री देउवालाई शीरमायाको निधनका कारणबारे जानकारी गराइएको थियो । फोक्सोको क्यान्सरका कारण पछिल्लो केही समययता उहाँ अस्वस्थ हुनुहुन्थ्यो । उहाँको ७४ वर्षको उमेरमा निधन भएको हो । उहाँसँगै पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।(((

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले शिनबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका हुन् । उनले बधाई दिंदै पौंडेलको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । बलात्कार अभियोगपछि सन्दीप लामिछाने निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार रोहितकुमार पौडेललाई कप्तान नियुक्त गरेको हो । प्रधानमन्त्री देउवाले साफ यू(१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली फुटबल टिमलाई पनि बधाई दिएका छन् ।

Read More

न्युयोर्क – संसारभरका अपराधी र तस्करहरूले अवैध सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने अनौठो तरिकाहरू अपनाउछन् भन्ने कुराहरू हामीले बेलाबखत सुन्ने गर्छौं । एक पछिल्लो घटनामा एक यात्रु कुखुराको काँचो मासुभित्र ह्यान्डगन लुकाएर जाँदै गरेर अमेरिकामा विमानमा चढ्न खोज्दा समातिएका छन् । यात्रु विमान चढ्नुअघि फ्लोरिडाको फोर्ट लाउडरडेल–हलिवुड एयरपोर्टमा यातायात सुरक्षा प्रशासन ९टीएसए० अधिकारीहरूले समातेका थिए । बन्दुक लोड गरिएको हो वा होइन भन्ने खुल्न सकेको छैन । एक ट्विटर पोस्टमा एजेन्सीले बन्दुकको तस्बिरहरू सेयर गरेको छ । हाते बन्दुक, कागजको प्याकेजिङमा बेरिएको, काँचो कुखुराभित्र देख्न सकिन्छ । अर्को तस्विरमा एयरपोर्ट अफिसरले प्याकेज खोलेर बन्दुक निकालेको देख्न सकिन्छ ।

Read More

डोटी – जिल्ला विपद् व्यवस्थापन समिति डोटीले शुक्रवार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुका साथै पीडितलाई राहत वितरण गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठको नेतृत्वमा गएको टोलीले स्थलगत निरीक्षण गरी मृतकका परिवारलाई नगद रकम र प्रभावितहरूलाई खाद्यान्न लुगा कपडा वितरण गरेको हो । जिल्ला विपद् व्यवस्थापन कोषबाट भूकम्पले घर भत्काउँदा च्यापिएर मृत्यु भएका प्रति परिवारलाई २ लाखका दरले एक परिवारबाट एक बढीको मृत्यु भएको अवस्थामा थप एक लाखका दरले नगद राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् । भूकम्पमा परि मृत्यु भएका मृतकका आफन्त पदम बहादुर बोहरालाई ४ लाख, विस्नादेवि बोहरालाई ३ लाख र महावीर बोहराललाई २…

Read More

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताउनुभएको छ । गैँडाकोटमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताउनुभयो । “जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ”, नेता कोइरालाले भन्नुभयो । केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र…

Read More

कैलाली – कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराख्नुभएको छ । शुक्रबार उहाँले विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा प्रस्तुत हुनुभयो । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रियाका बारेमा कक्षा १० का विद्यार्थीलाई नमूना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको हो । “हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो । निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ”, लक्ष्मणले भन्नुभयो, “निर्वाचनको मुखैमा भएको नमूना मतदानले हामीलाई निकै फाइदा गर्नेछ । कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत पारस शाही नमूना मतदानले घरमा अभिभावकलाई मतदानसम्बन्धी शिक्षा दिन सहयोग मिल्ने…

Read More

कैलाली – कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना १० हजार पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबिच भएको सहमतीअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो । सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरू मध्येबाट प्रत्येक महिना एक जना पाठकले सो पुरस्कार पाउने भएका हुन् । समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताए । ‘‘काठमाण्डौँदेखि न्यूयोर्कसम्म पढ्ने बानी हराएको र स्मार्ट फोनमा हलुका विषयवस्तु हेर्ने र…

Read More

काठमाडौँ – आइसल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरे । राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल)ले गत बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको थियो । डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले भण्डारीलाई अवार्ड प्रदान गरेकी थिइन् । राष्ट्रपति भण्डारी भ्रमणका क्रममा विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग भेटवार्ता पनि गरेकी थिइन् । भण्डारी गत सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

Read More

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातमा ठमेलस्थित नाइट क्लब एलओडिमा पुगेका छन् ।   देशभरका राजनीतिक दलका नेताहरु चुनावी सभामा व्यस्त हुँदा अध्यक्ष ओली एक्कासि नाइट क्लबमा उपस्थित हुँदा क्लबको रौनकता नै परिवर्तन भयो। ओली आगामी निर्वाचनकै सन्दर्भमा युवाहरूको आमन्त्रणमा क्लबमा पुगेका थिए। ओलीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी आफ्नो नाममा निर्माण गरिएको र्‍याप गीत सार्वजनिक गरे। उनले एक छिन त्यहाँ युवाहरूलाई सम्बोधन गर्दै अभिवादन समेत गरेका थिए। त्यस क्रममा ओलीले मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै एमालेको पक्षमा मतदान गर्न समेत आग्रह गरेका थिए। क्लबबाट फर्किसकेपछि ओलीले त्यहाँका फोटोहरू…

Read More