Author: Nisha Shrestha

काठमाडौँ – राजस्व अनुसन्धान विभागको महानिर्देशकमा मदन दहालको नियुक्त भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखा प्रमुखसमेत रहेका दहाललाई महानिर्देशकमा नियुक्ति गरेसँगै विभागका महानिर्देशक झलकराम अधिकारीलाई प्रधानमन्त्री कार्यालय तानिएको छ । अधिकारीले १ असारमा मात्रै विभागमा पद बहाली गरेका थिए । नवनियुक्त महानिर्देशक दहाल अर्थ मन्त्रालय अन्तर्गत २५ वर्ष काम गरेका छन् । अर्थकै क्याडर रहेका दहाल यसअघि पनि विभागमा निर्देशक बसिसकेका छन् । चर्चित नक्कली बिलको अनुसन्धान टोलीका सदस्यसमेत रहेका दहाल एनसेलको ६२ अरब कर निर्धारण समितिमा रहेका थिए ।

Read More

काठमाडौँ – नेपाल प्रहरीमा आजदेखि ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त भएका छन्। एआईजी अरुणकुमार बिसीको अवकाशपछि रिक्त एआईजीको संख्या ३ पुगेको हो। अरुणकुमार १५ दिन अघिबाटै बिदा बसेका थिए। उनी प्रशासन विभागमा कार्यरत थिए। त्यसअघि गत साउन २० गते एआईजी विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्य पनि अनिवार्य अवकाश भएका थिए। उनीहरू तीनै जना एआईजी ५६ वर्षे उमेर हदका कारण अवकाश भएका हुन्। कात्तिक २५ गते एआईजी रवीन्द्रबहादुर धानुक पनि अवकाश हुने भएका छन्। उनको अवकाशपछि मात्रै एआईजी बढुवा गर्ने सरकारको तयारी छ।

Read More

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीले आज नवौं महाधिवेशनले पारित गरेका निर्णयहरु सार्वजनिक गर्ने भएको हो । पार्टीको महाधिवेशन गत असोज २५ गतेदेखि एक हप्तासम्म भएको थियो । आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रमको आयोजना गरिएको हो ।

Read More

काठमाडौं । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले नै बढेर ९२ हजार ६ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ । भैरहवा परासी सडक खण्डको पननीमा ३५ दिनको शिशु सहित तीन जनाको ज्यान जाने गरी दुर्घटना गराउने गाडीको बारेमा सूचना दिनेलाई रुपन्देही प्रहरीले २५ हजार पुरस्कार दिने घोषणा गरेको छ । सोमबार अपराह्न रुपन्देही प्रहरीले शङ्कास्पद गाडीको नमुना र रङ्ग सार्वजनिक गर्दै गाडीको सूचना दिनेलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको हो । भैरहवा परासी सडक खण्डको पननीमा सोमबार बिहान करिव ६ बजेको समयमा दुर्घटना हुँदा ३५ दिनको शिशु सहित तीन जनाको ज्यान गएको थियो । दुर्घटना गराउने गाडीको बारेमा सूचना दिनेलाई रुपन्देही प्रहरीले २५ हजार पुरस्कार दिने घोषणा गरेको हो ।

Read More

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ । आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा किसानलाई कृषियन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्ध गराउने लक्ष्य लिएको छ । किसानले उत्पादन गरेका वस्तु खेर जान नदिन हरेक पालिकामा शीतभण्डार तथा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने, सम्पूर्ण कृषिभूमिमा सुपरजोन, जोन, ब्लक र पकेटस्तरका आधुनिक फार्मको विकास गरी माटो अनुकूल बाली उत्पादनमा जोड दिँदै दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने र पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याइने विषयलाई प्राथमिकतामा राखिएको छ । आधुनिक कृषि, संरक्षित कृषि बजार र सम्पन्न किसानको अवधारणा रहेको उक्त कार्ययोजनामा रासायनिक मलप्रतिको निर्भरता हटाउँदै प्राकृतिक–जैविक मल उत्पादनतर्फ किसानलाई…

Read More

ललितपुर – नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो । भेटमा अध्यक्षले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’ भेटका अवसरमा अध्यक्षले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउनुहुँदै यसमा अमेरिकाको…

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र (घोषणा पत्र) सार्वजनिक गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन्। माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई घोषणापत्रमा महत्वका साथ समावेश गरेको छ। वि.सं. २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वाम गठबन्धन गरेर झण्डै दुई तिहाइ जनमत प्राप्त गरे पनि दुईरदुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको माओवादीको निष्कर्ष छ। माओवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयारी गर्न वरिष्ठ उपाध्यक्ष…

Read More

दार्चुला – दार्चुलामा नेकपा माओवादी केन्द्र मार्मा गाउँ कमिटीका नेता मदन विष्ट, मदनबहादुर विष्ट, महानी विष्ट र महेश विष्टले आफुहरू नेकपा माओवादी केन्द्रमै रहेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । हिजो नेकपा माओवादीका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर गणेशसिह विष्ट लगायतको टोली नेकपा एमालेमा प्रवेश गरेको एमाले जिल्ला कमिटी मार्फत जानकारी आएको थियो । नेकपा एमाले मार्मा गाउँ कमिटीले थालेको घरदैलो अभियानको क्रममा विष्ट एमाले प्रवेश गरेको पुष्टि भएको छ । तर गणेश बिष्ट बाहेकका चार जनाले माओवादीमै रहेको विज्ञप्तिमार्फत जानकारी गराएका छन । अर्कै प्रयोजनका लागि फोटो खिचेर पार्टी प्रवेस भन्दै अफवाह फैलाएको उनिहरूको भनाइ छ । चारैजना…

Read More

सुनसरी – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्। सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नका लागिसमेत निर्वाचनपछि काँग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धनको सरकार बन्ने दाबी गरे। सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विभिन्न आन्दोलनबाट आएको परिवर्तनको उपलब्धि र संविधान विरोधीतत्वलाई परास्त गर्नका लागि सत्तारूढ गठबन्धनको निर्माण भएको र निर्वाचनपछि समेत कायम रहने स्पष्ट पारे। लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले गरिबी निवारण तथा बेरोजगारी समस्यालाई…

Read More