Author: Nisha Shrestha

काठमाडौँ  – नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले देश नै गफाडीहरूले बिगारेको बताए । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा.भट्टराईले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा काम नगर्ने परिपाटीले मुलुकले दुःख भोगिरहेको बताए । मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन, प्रणालीको परिवर्तन भएपनि आर्थिक विकासमा परिवर्तन आउन नसकेको भन्दै डा.भट्टराईले अब सबैले आर्थिक परिवर्तनमा जोड दिनुपर्ने बताए । सोही कार्यक्रममा डा.भट्टराईले चार्टर्ड एकाउन्टेन्टहरूले नै अनियमितता र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम गरिरहेको समेत आरोप लगाए । ‘राजनीतिज्ञले भ्रष्टाचार गर्छ, तपाईँलाई सुरक्षित गरिदिनुहुन्छ । व्यापारीले कर छल्छ, दोहोरो एकाउन्ट, बिल बनाउँछ तपाईँहरूलाई ढाकछोप गरिदिनुहुन्छ ।…

Read More

काठमाडौँ – मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरू हटाए लगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरूले राजीनामा दिने अपेक्षा गरेका थिए । तर, केन्द्रको समीकरण फेरिए पनि मधेस प्रदेशका काँग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरू आफै राजीनामा नदिने पक्षमा पुगेका छन् । मुख्यमन्त्रीले हटाए हटाउन तर आफुुहरु राजीनामा नदिने भौतिक पूर्वाधार विकास मन्त्री तथा मधेस प्रदेशका काँग्रेस नेता समेत रहेका रामसरोज यादवले बताए । मधेस प्रदेश सरकारमा काँग्रेसका ३, माओवादी केन्द्रका राज्यमन्त्रीसहित २ र नेकपा एकीकृत समाजवादीका…

Read More

पर्वत – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्वतमा एक हजार आठ सय ९४ कर्मचारी खटाइने भएको छ । निर्वाचनका लागि जिल्लाभरका ७४ स्थायी र दुई अस्थायी गरी ७६ मतदानस्थल कायम गरिएको छ । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी, स्वयंसेवकलगायतका कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाबाट एक हजार एक सय ८४ र १० प्रतिशत जगेडा कर्मचारी गरी एक हजार ३ सय दुई जना खटाइने भएको छ भने बाँकीलाई मतदान केन्द्रमा नियुक्त गरिने भएको छ । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत,…

Read More

चौतारा – नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ । चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्टहाउस सञ्चालन गर्दै आएका शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउँछन् । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । विसं २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उनलाई तातोपानीको घर ‘नखाऊ भने दिनभरिको सिकार, खाऊ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ । नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी…

Read More

काठमाडौं – प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहरा सरुवा भएर जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखका रुपमा आएसंगै काठमाडौंमा अपराधिक क्रियाकलापहरु बढेका छन । काठमाडौं प्रहरीको फितलो कमाण्डले संगठन प्रमुखलाई समेत चुनौती बढेको छ । यसरी काठमाडौं जस्तो ठाउँमा अपराध बढिरहने र प्रहरी मौन बस्ने हो भने सर्वसाधारणले कसरी आफ्नो रक्षा गर्ने ? यसअघिका हाकिमहरुले २४ सै घण्टा ठाउँ–ठाउँमा प्रहरी परिचालन गर्दै गस्ती गरिरहन्थ्यो । सुरक्षाको अनुभूति मिल्थ्यो । चोक–चोकमा प्रहरी परिचालन हुन्थ्यो । तर, काठमाडौं प्रमुख एसएसपी बोहरा सुन्य जस्तै छन । बल्खु, कलंकी, न्यूरोड, दरबारमार्ग, ठमेल आसपासमा अवैध तरिकाले हुन्डीको कारोबार भइरहेको सूचना प्रहरीसम्म पुग्छ । तर, काठमाडौं प्रहरीले…

Read More

काठमाडौँ – शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९४ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा एक सय रूपैयाँले कम हो।त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ। बिहीबार एक हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार एक सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – अबदेखि एकजना प्रयोगकर्ताले एउटा मोबाइल सेवा प्रदायकबाट दुईवटाभन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परिपत्र अनुसार एक व्यक्तिको नाममा दुईवटा भन्दा बढी सिमकार्ड नदिन मोबाइल सेवा कम्पनीलाई निर्देशन दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार अबदेखि एकवटा मोबाइल सेवा प्रदायक कम्पनीको बढीमा दुईवटा मात्रै सिमकार्ड निकाल्न पाइने छ । पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेका व्यक्तिले उक्त कम्पनीबाट अब सिमकार्ड किन्न पाउने छैनन् । हाल नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली प्रयोगमा ल्याउन सुरु गरेको छ । एमडीएमएस पूर्णरुपमा लागु भइसकेपछि नेपाल दूरसञ्चार प्राधिकरणले एक मोबाइल…

Read More

काठमाडौँ – अमेरिकाको कनेक्टिकट राज्यमा गोली हानेर दुई जना प्रहरी अधिकारीको हत्या भएको छ । द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार बुधबार राती ब्रिस्टोल भन्ने ठाउँमा ती दुई प्रहरीमाथि गोली हानिएको थियो। गोली लागेर घाइते भएका अर्का प्रहरीको अवस्था गम्भीर रहेको कनेक्टिकट स्टेट पुलिसले जनाएको छ । गोली कसले, किन चलाएको हो भन्नेबारे खुलिसकेको छैन । घटनाको विस्तृत विवरण सार्वजनिक गर्न केहीबेरमा पत्रकार सम्मेलन गर्न लागिएको छ । प्रत्यक्षदर्शीहरूले घटनास्थलमा थुप्रै पटक गोली चलेको आवाज सुनेको बताएका छन् ।

Read More

काठमाडौं – गण्डकी प्रदेशमा नेपाली खेलकुदको कुम्भमेला आज (शुक्रबार) सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएसँगै उपराष्ट्रपति नन्दकिशोर पुनले नवौँ सुरु भएको घोषणा गर्नेछन्। कास्कीको पोखरा रंगशालाबाट नवौँ बृहत् राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रूपमा सुरु हुँदा कुल ६ हजार १ सय २ खेलाडीले ३६ खेलका इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धामा ३ सय ९३ स्वर्ण, ३ सय ९३ रजत र ६ सय कांस्य पदकको छिनोफानो हुनेछ। सात प्रदेशका साथै तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरी बलको एपिएफसँगै अघिल्लो संस्करणदेखि थपिएको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को टोली गरी ११ टोलीले नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका…

Read More

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरबीच भेटघाट भएको छ । बिहीबार वाशिङ्गटन डिसीमा भएको भेटमा अर्थमन्त्री शर्माले मार्टिनसँग विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध समेत गरेका हुन् । भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । यसैगरी, अर्थसचिव कृष्णहरि पुष्करले अर्को एक भेटघाटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनको कम्प्याक्ट अपरेशन विभागका उपाध्यक्ष केमरुन अल्फोर्डसँग भेटघाट गरेका छन् । उक्त भेटघाटमा नेपालमा एमसिसी परियोजना तोकिएको समयमा कार्यान्वयन…

Read More