Author: Nisha Shrestha

एजेन्सी – स्लोभेनियाले पहिलो महिला राष्ट्रपति पाएको छ । नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकी हुन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् । उनले पूर्व विदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन् । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । करिब २० लाख जनसंख्यामा ४९ दशमलव ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न उनलाई वकिलको रूपमा नियुक्त गरिएको थियो।

Read More

नेपालगञ्ज – रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ । मानव बेचविखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको नेपालगञ्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगञ्ज नाकामा एक हजार नौ सय ९५ महिला तथा बालबालिकालाई परामर्श दिएको संस्थाका जिल्ला संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा आठ सय पाँच, भदौमा सात सय १८ र असोजमा चार सय ७२ असुरक्षित तथा जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई परामर्श दिइएको हो । यसमा अधिकांश अविवाहित…

Read More

कञ्चनपुर – शान्तिको सन्देश बोकेर साइकल यात्रामा निस्कनुभएका मोरङको बूढीगङ्गा गाउँपालिका–४ का ६१ वर्षीय राजकुमार खतिवडा यहाँ आइपुग्नुभएको छ । गत जेठ २ गते विराटनगरबाट यात्राको सुरुआत गर्नुभएका खतिवडा पाँच महिना २६ दिनमा यहाँ आइपुग्नुभएको हो । धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यात्राको थालनी गरेको खतिवडाले बताउनुभयो । “धार्मिक क्षेत्रको जानकारी सङ्कलन गर्दै यात्रा अगाडि बढाउँदै आएको छु”, उहाँले भन्नुभयो, “शान्तिका प्रतीक बुद्धको भूमिको सन्देश भारतका मुख्य तीर्थस्थलमा पु¥याउनका लागि अभियान थालनी गरेको हुँ ।” नेपाल प्राचीनकालदेखि ऋषिमुनिको तपोभूमिका रुपमा रहेको चर्चा गर्दै उहाँले धार्मिक महत्व उत्तिकै रहेको बताउनुभयो । “धार्मिक पर्यटकीय क्षेत्र धेरै भए पनि प्रचारप्रसार हुन सकेको छैन”,…

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार दुई सय कायम भएको छ । सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार सात सय कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ९५ तोकिएको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारप्रसारमा देश दौडाहामा छन् । पूर्वप्रधानमन्त्री ओलीले आज चितवन र सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। चितवनको कार्यक्रमलाई सम्बोधन गरेर सिन्धुली जाने एमाले सचिवालयले जनाएको छ। ओलीले आइतबार कर्णालीका कालीकोट, दैलेख र सुर्खेतमा त्यसैगरी, शनिबार सुदूरपश्चिमका डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका थिए। एमालेमाथि चौतर्फी प्रहार भएको भन्दै उनी जिल्लाका चुनावी सभामा पुगेका हुन्। ओलीले देशको राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा९एमाले०लाई मतदात गरी विजयी बनाउन आग्रह…

Read More

मोरङ – आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन् । निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन् । “जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी विश्वास गर्ने रु” स्थानीयवासी कमला राजवंशीले प्रश्न गर्नुभयो । कटहरी गाउँपालिकाका बेचन ऋषिदेवले उम्मेदवार आएर कोणसभा, घरदैलो कार्यक्रम गर्छन्, मत माग्छन् तर गाउँका समस्या नसुन्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँमा पानीको समस्या छ, बिजुली छैन, बाटो अवस्था दयनीय छ, १० कक्षासम्म अध्ययन हुने विद्यालयको…

Read More

बझाङ – खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उहाँले हलो नसमात्ने अडान नै लिनुभएको छ ।गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उहाँले बताउनुभयो । “कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन”, उहाँले भन्नुभयो, “गोरु जोतेरै बूढो भइसके । मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन । न त सोचेजस्तो काममा रहर नै लाग्यो । अहिले ट्र्याक्टरले धेरै सजिलो भएको छ ।” उहाँका अनुसार अहिले हाते ट्र्याक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ । छिटो…

Read More

कैलाली- टीकापुर नगरपालिका–१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत हुनुहुन्छ । निर्धारित समयमा विद्यालय पुग्ने र छुट्टी भएपछि घर फर्कने उहाँको दैनिकी थियो । केही दिनमै त्यो दैनिकीमा उहाँको परिवर्तन आएको छ । उहाँ घरपरिवार, विद्यालय र समाजको बारेमा सोच्न थाल्नुभएको छ । सैद्धान्तिक ज्ञानले मात्रै सबै कुराको सिकाइ हुने उहाँको मनस्थितिलाई योग तथा संस्कार शिविरले परिवर्तन गरिदिएको छ । विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत एक सय ५० विद्यार्थीलाई आयोजित योग तथा संस्कार शिविरमा सहभागी हुनुभएका उहाँ भन्नुहुन्छ, “पाठ्यक्रमको सिकाइसँगै शिविरमा सिकेको ज्ञान निकै महत्वपूर्ण लाग्यो । जुन सिकाइले हाम्रो व्यवहारमा समेत परिवर्तन…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ । गोरखा प्रचण्डको आफ्नै चुनावी क्षेत्र भने तनहुँ १ रामचन्द्र पौडेल र लमजुङ देव गुरुङको चुनावी क्षेत्र भएकाले गठबन्धनका नेता समेत पुग्ने भएका हुन् । यसअघि प्रचण्डले कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गरेर फर्किएका थिए ।

Read More

काठमाडौँ – देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ। मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। तर मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जानको लागि ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष छन् भने ५ हजार ४१० जना महिला छन्। वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीले मलेसिया जानको लागि असोज महिनामा श्रम स्वीकृति लिएका छन्। असोजमा मलेसिया जान २७…

Read More