Author: Nisha Shrestha

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन्। निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ। रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ। प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको…

Read More

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए । ‘उहाँहरू ९गठबन्धनका नेता० जनतालाई अल्मल्याउन चाहनुहुन्छ । उहाँहरूको मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ, आजकल मसलबाट सोच्नुहुन्छ । राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने ९दुवै पाखुरामा हात बजार्दै इसारा गर्दै० उहाँहरूको त्यस्तो जवाफ छ । संसदमा आएर होइन अनधिकृत स्थानमा बसेर संविधानले नचिनेका मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो ।’ गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु…

Read More

काठमाडौं – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आफु नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुँदै प्रमुख समेत भएर काम गर्दा केपी ओलीजस्तो प्रधानमन्त्री कोही नपाएको बताएका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै खनालले यस्तो बताएका हुन् । इन्सपेक्टर हुँदैदेखि केपी ओलीका राष्ट्रवादी कदम र अडानबाट आफू प्रभावित भएको उनले बताए । उनले भने, ‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’ खनालले प्रहरी संगठनमा आफू विभिन्न पदमा रहेका बेलामा अन्यायमा पर्दा ओलीलाई आफ्नो समस्या सुनाएपछि समाधान भएको पनि बताए । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयलाई सरकारले संविधान उल्लंघनकै रुपमा प्रतिक्रिया जनाए पनि यसको कानुनी उपचारका लागि भने अदालत नजाने भएको छ । राष्ट्रपतिको मुख्य सल्लाहकार नै मन्त्रिपरिषद् हुने भएकाले सरकारलाई कानुनी उपचारका लागि अदालत जान नैतिक संकट हुने देखिएको हो । सरकार र राष्ट्रपति संस्थाबीच द्वन्द्व बढाउने गरी आफै रिट लिएर अदालत जानु अनुचित हुने कानुन व्यवसायीको सुझावपछि सरकार अदालत जाने निर्णयबाट पछि हटेको हो । राष्ट्रपतिलाई प्रतिवादी बनाएर सरकारले नै रिट हाल्ने बाटो प्राकृतिक नहुने बालुवाटारको निष्कर्ष छ । बुधबार अपराह्न वरिष्ठ अधिवक्तासँगको परामर्शपछि सरकार उक्त निष्कर्षमा पुगेको बताइएको छ । त्यस्तै सत्ता गठबन्धनले…

Read More

काठमाडौं – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् । खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण हमाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जसपाका नेता होरिलाल चौधरीलगायत एमाले प्रवेश गरेका हुन्।

Read More

काठमाडौं – आज नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९१ हजार ८ सय र तेजावी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ बुधबारको भन्दा ५०० रुपैयाँले बढी हो। आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडाैं – नापी विभागले टुकुचा खोलाको सतहको रेखांकन गर्न नमिल्ने जनाएको छन् । काठमाडौं महानगरपालिकाले गरेको आग्रहमा विभागले २०३२ सालमा गरिएको नापनक्सामा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नदेखिएकाले त्यहाँ रेखांकन गर्न नमिल्ने जवाफ दिएको हो । काठमाडौं महानगरपालिकाले अघिल्लो साता टुकुचा खोला भूमिगत भएको स्थानमा रेखांकन गर्न आग्रह गर्दै नापी विभागलाई चिठी पठाएको थियो।

Read More

डडेल्धुरा – ०७४ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित भइन् । कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी उनलाई तत्कालिन बाम गठबन्धनबाट एमाले उम्मेदवार नारदमुनि रानाले पराजित गरे। एमालेका नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी भएका थिए भने आरजु राणा देउवाले २२ हजार ३२२ मत पाएकी थिइन्। ०७४ सालमा पराजित भए पनि ०७९ सालको निर्वाचन सोही क्षेत्रमा लड्न राणाले ५ वर्षसम्म धनगढीलाई केन्द्र बनाएर काम गरिन्। अघिल्लो सातासम्म पनि उनको दाबी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाटै थियो। उनी क्षेत्रीय, जिल्ला र प्रदेश समितिबाट सर्वसम्मत रुपमा सिफारिस पनि…

Read More

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । मेगा बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । जस अन्तर्गत प्रदेश नम्बर १ र बागमती प्रदेशका ६–६ वटा शाखा तथा मधेश प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ५–५ वटा शाखा गरी मेगा बैंकका ३७ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् । वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक…

Read More

कैलाली – कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ५ का शेरबहादुर नाम्जाली श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाएर फरार भएका थिए । वडा नम्बर ५ बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र आज बिहान घटना घटाइ फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनलाई आज बिहान गाउँबाटै पक्राउ गरिएकाे जिल्ला प्रहरी कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

Read More