Author: Nisha Shrestha

काठमाडौँ – काठमाडौँको डल्लु स्थित रामघाट पुल नजिकै गए राती मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा काठमाडौँको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन्। महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ। टंकेश्वरबाट डल्लुपुलतर्फ जाँदै गरेको बा ४ ख ७४२१ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३५ प ८६७५ नम्बरको मोटरसाइकल गए राती साढे ९ बजे ठोक्किएका थिए। दुवै सवारी साधन सहित ट्रकका चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।

Read More

एजेन्सी – डेनमार्ककी रानीलाई यस वर्ष दोस्रो पटक कोभिड–१९ संक्रमण पुष्टि भएको डेनमार्कको शाही अदालतले पुष्टि गरेको छ । मंगलबार कोभिड पुष्टि भएपछि रानी मार्गरेट द्वितीयले सम्पूर्ण भेटघाटका कार्य रद्द गरिन् । मार्ग्रेटले कोभिड विरुद्धको खोप लगाएकी थिइन् । यो वर्षको फेब्रुवरीमा पनि उनलाई कोभिड देखा परेको थियो। ८२ वर्षीया रानी सोमबार महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी २ हजार पाहुना मध्ये एक थिइन । उनी बेलायती महारानीको मृत्युपछि युरोपको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्र प्रमुख हुन् । उनी र महारानी एलिजाबेथ दुबै रानी भिक्टोरियाका वंशज हुन्।

Read More

काठमाडौँ – मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने निर्णय गरेको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश वली (सुदर्शन)ले जानकरी दिए । चुनाव बहिष्कारबारे जानकारी दिने आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

Read More

काठमाडौँ –  विदेशी प्रतिनिधिसँग आफू खुसी भेटघाट र सम्झौता तथा समझदारी गर्ने क्रम बढेसँगै कडाइ गरिएको छ । स्थानीय, प्रदेश तथा कतिपय संघीय सरकारका पदाधिकारीहरुलेसमेत विदेशी सरकार तथा अन्तर्राष्ट्रिय सरकारी वा गैर सरकारी सङ्घ संस्थाहरू, विकास साझेदार लगायतका सङ्घ संस्थाका पदाधिकारीहरूसँग भेटघाट, वार्ता, भ्रमणको आदानप्रदान गर्ने क्रम बढेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कूटनीतिक आचारसंहिता २०७७ लाई कडाइका साथ लागू गर्न भनेको हो । बुधवार स्थानीय, प्रदेश र संघीय सरकारका मन्त्रालयहरूलाई छुट्टाछुट्टै पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको सहमति र निर्धारित विधि र प्रक्रियाबिना सबै प्रदेश सरकार तथा स्थानीय तहले वैदेशिक सहायता लगायतका विषयमा कुनै पनि प्रकारको सम्झौता वा समझदारी गर्न…

Read More

काठमाडौं – प्रतिनिधि सभा निर्वाचन, समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नामावली आजदेखि संकलन सुरु गरिने भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन आयोगले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई समानुपातिक निर्वाचनका लागि ‘अस्थायी मतदाता’को नाम संकलन गर्न थालिएको हो । सर्वोच्चले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न भनेको थियो । तर, आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने आयोगले जनाएको छ । ती मतदाताले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फ भने मतदान गर्न पाउने छैनन् । निशान्त पोखरेलसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले निर्वाचन आयोगलाई मतदाता नामावली ऐन २०७३…

Read More

काठमाडौं – नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९ को पुर्व निर्धारित कार्यक्रम अनुसार बुधबार विहान काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९” केन्द्रीय मुल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी सहितको मुल्याङकन टोलीले कार्यालयको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । सो क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयको भौतिक पुर्वाधारहरूको स्तर , उपलब्ध स्रोत साधनहरूको व्यवस्थापन, प्रहरी कार्य ,मानवस्रोत व्यवस्थापन, परिचालन कक्ष, लगाएत विभिन्न शाखाहरूको काम कारवाहीको निरीक्षण गर्नु का साथै उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । सोही अबसरमा काठमाडौ उपत्यका प्रहरी कार्यालयको…

Read More

काठमाडौं – नेपालमा गत २४ घण्टामा थप ८१ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ३४४७ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १७५ जना संक्रमण मुक्त भएका छन् भने कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर कसैले पनि कोरोनाविरुद्धको खोप लगाएको रिपोर्ट प्राप्त भएको छैन । अहिलेको अवस्थामा नेपालमा १४८३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्ध अदालत जाने बताएका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्च अदालतमा जान अधिवक्ताहरूसँग परामर्श भइरहेको बताए । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए । राष्ट्रपतिको कदमविरुद्ध आजैदेखि युवा विद्यार्थीहरू सडकमा आन्दोलित भइसकेकाले अब सङ्घर्ष नरोकिने प्रचण्डले बताए ।

Read More

काठमाडौँ– युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा स्वागत र्‍याली निकालेको छ । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघले स्वागत गर्दै र्‍याली निकालेको हो । संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिदैं स्वागत गरेको हो ।

Read More

काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर)का अवसरमा आज काठमाडौंस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ । रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्न आग्रहसहित प्रदर्शन गरिएको शान्ति समाजद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रुसी राजदूतावास अगाडि आधा घण्टासम्म भएको धर्नामा शान्तिवादीहरुले रुसः युक्रेनको सार्वभौमसत्ताको सम्मान गर, रुसः युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर, रुसः युद्ध रोक, शान्ति प्रवद्र्धन गर, रुसः युक्रेनमाथि आक्रमण बन्द गर, शान्ति दिवसको सन्देशः युद्ध निषेध लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए । धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र…

Read More