Author: Nisha Shrestha

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा मन्त्री खाँणले जवान र हवल्दारको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउनेबारे छलफल भइरहेको बताएका हुन् । अहिले जवानदेखि वरिष्ठ प्रनानिसम्मले २० वर्ष पुगेपछि जागिर छाडेमा पेन्सन पाउँछन् । तर, सो अवधि घटाएर १६ वर्ष बनाउँदा तल्लो तहका कर्मचारीको मनोबल उच्च हुने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । यसअघि प्रहरी प्रधान कार्यालयले सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले त्यसबारे कुनै निर्णय गरेको छैन । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक…

Read More

डडेल्धुरा– डडेलधुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए। उनका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएकामा अहिले मर्मतको काम जारी छ । मर्मत हुनेबित्तिकै विद्युत् सेवा सञ्चालन हुने जनाइएको छ । उनका अनुसार अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो । आजसम्म १३२ केभीको प्रसारण लाइन पनि मर्मत भइसक्ने यादवले बताए । विद्युत् अवरुद्ध हुँदा नेट इन्टरनेटसँग सामाजिक सञ्जाल प्रभावित बनेको छ भने विद्युतीय कारोबारमा असहजता भएको छ ।

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले वर्सेनि आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन् । सोमबार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमा नै बर्सेनि आपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताएका हुन् । उनले विश्वमा अहिले नयाँ किसिमका अपराधिक गतिविधिहरू हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरूको नियन्त्रण गर्न जरुरी रहेको उनले बताए । नेपाल प्रहरीले पनि आपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको उनको भनाइ छ । गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव…

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । छापावाल सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेको छ । आइतबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन आज ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

डडेल्धुरा – निर्वाचनको २/३ महिना अगाडिसम्म एमाले नेताहरु प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको किल्ला भत्काउने उद्घोष गर्छन् । सोही उद्घोषअनुसार डडेल्धुरामा देउवाविरुद्ध ०७४ सालको निर्माचनमा बाम गठबन्धन भयो । उक्त गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतायो । बाम गठबन्धनको नेतृत्व गरेको दल नेकपा एमालले भने देउवाविरुद्ध उम्मेदवार नै खडा गरेन । ०७४ सालको निर्वाचनमा पनि खगराजविरुद्ध देउवाको सहज जित भयो । देउवाले २८ हजार ४४६ र भट्टले २१ हजार ४९८ मत ल्याए ।  यसपटकको निर्वाचनमा माओवादीको गठबन्धन एमाले नभई काँग्रेससंग छ । त्यसैले देउवाविरुद्ध एमाले उम्मेदवार हुन्छ भन्ने धेरैको आकलन थियो । सोहीअनुसार…

Read More

पोखरा – त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत दोश्रो स्वर्ण जितेका छिन् । उनले सोमबार बिहान पोखरा रंगशालाको ट्रयाकमा १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेका हुन् । जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने उनको टाइमिङ राम्रो हुन सकेन र उनले १५.६९ सेकेण्डको टाइमिङ सहित स्वर्ण जितिन् । जयरानीले आइतबार ४०० मिटर हर्डल्समा कीर्तिमानसहित स्वर्ण जितेकी थिईन् । आर्मीकी निर्मला थापाले १६.२५ सेकेण्डमा दूरी पूरा गरेर रजत हात पारिन् । एपीएफकी भगीरथी थारुले १९.२३ सेकेण्डको समयसहित कांस्य पदक जतेकी छिन् ।

Read More

काठमाडौं  – दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरूका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरू सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रवारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् । यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरूलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक् र…

Read More

काठमाडौँ – सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित पूर्व-पश्चिम लोकमार्गमा आफैँ अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। घाइतेमध्ये ३ वर्षीया बालिकासहित दुईको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि झापा रिफर गरिएको छ। बसका सह-चालक झापाको मेचिनगर नगरपालिका ७ बस्ने २१ वर्षीय प्रदिप पुरी र वडा नं. ९…

Read More

काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेका हुन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमार्फत काँग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता महतले निर्वाचन र पार्टी गतिविधिसम्बन्धी पछिल्लो जानकारीहरु दिनेछन् ।

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने बताएका छन्। उनले यदि ओली नेतृत्वमा भएको भए माओवादीसँग भएको १२ बुँदे सम्झौता पनि हुन नसक्ने दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित काठमाडौँ क्षेत्र नंं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एमाले अध्यक्ष ओलीले जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाएका छन्। अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बेला सात दलको नेता माधवकुमार नेपाल रहेको बताए।

Read More