Author: Nisha Shrestha

बर्दिया– बर्दियाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जंगली हात्तीले आतंक मच्चाएको छ । भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन-२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए । उनले भने, ‘भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँजसो आउने जङ्गली हात्तीले केराखेतमा आतंक मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको छ ।’ भारतीय सीमावर्तीबाट आउने जङ्गली हात्तीले बर्सेनि चार-पाँच घर भत्काउने, आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती खाइदिने गरेको छ । एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको न्यौपानेले बताए। यस क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ, हात्ती आहार विहारका लागि ओहोर-दोहोर गरिरहेका हुन्छन्…

Read More

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै शीर्षनेताहरु आफ्नो उम्मेदवारलाई मत माग्न विभिन्न जिल्लामा पुगिरहेका छन् । आगामी ४ मङ्सिरमा हुने निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धन र एमाले, राप्रपा, राप्रपा नेपाल, जसपासहितको अर्को गठबन्धन चुनावी मैदानमा छन् । आफ्नो गठबन्धन र उम्मेदवारलाई निर्वाचित गराउने उद्देश्यसहित शीर्षनेताहरू दोडाहमा छन् । शुक्रबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहित सत्तारुढ गठबन्धनका शीर्षनेताहरूले चितवनमा हुने कार्यक्रममा सहभागी हुँदै छन् । उता एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार सुनसरी पुगेका छन् । धरानमा आयोजित चुनावीसभालाई उनले सम्बोधन गरेका छन् । गठबन्धनले एमाले एक्लो भएको बताउन थालेपछि आफूले गठबन्धन गरेको बताएका ओलीले एमालेसँगको…

Read More

काठमाडौँ – मौलापुर नगरपालिका-८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोट सहित बारा आदर्श कोतवाल गाउँपालिका-६ बस्ने २५ वर्षीय सोनु कुमार कुश्वाहा सहित ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडा र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोट र २ थान मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । साथै पक्राउ परेकामश्ये मौलापुर नगरपालिका-६ पिपरिया टोल २६ वर्षीय राजाराम साहको घर तलासी गर्दा लुकाई…

Read More

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिले निर्माण हुने हो टुङ्गो भने लागेको छैन । राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका छन् । स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेवल पुल निर्माण गर्ने भन्दै यतिबेला प्रतिबद्धता जनाइसकेका छन् । यस नाकामा हाल करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल सञ्चालन भइरहेको छ । तत्कालीन समयमा महाकाली नदीमा इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुङगे पुल यतिबेला जीर्ण अवस्थामा पुगेको छ । सुदूरपहाडका लागि भारत जोड्ने यो मुख्य नाकाका रुपमा रहेको यहाँ मोटरेबल पुल…

Read More

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर २५ गते दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सूक्ष्मरुपमा रिपोर्टिङ हुनुपर्ने बताउनुभएको हो । उहाँले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिका सहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेकाले मंसिर…

Read More

धनगढी – एनआरएनएले डोटीमा भुकम्पबाट पीडीतलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) की कार्यकारी अध्यक्ष रविना थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर सहयोग गर्ने बताएकी छन् । डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी जिल्लाको पूर्वीचौंकी गाउंपालिका वडा नम्बर ३ गैरागाउंमा ६ जनाको मृत्यु, ८ जना घाईत भएका छन् । २८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पुर्ण क्षति भएका छन् । गैरआवासीय नेपाली संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ…

Read More

एजेन्सी – चार पटकको विजेता जर्मनीले आगामी मंसिर ४ गतेदेखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि टोलीको अन्तिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकप खेल्ने २६ सदस्यीय जर्मन टोलीको घोषणा गरेका हुन् । जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको विश्वकप खेल्ने दखिनेछैनन्। उता फरवार्ड टिमो वेर्नर चोटका कारणयसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन्। विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले मंसिर…

Read More

काठमाडौँ- अमेरिकाबाट नेपाल ल्याएको १० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।  ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पक्राउ गरिएको छ । यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म…

Read More

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १३ सय रुपैयाँ बढेको हो। बिहीबार सुनको मूल्य स्थिर रहेको थियो। बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।…

Read More

झापा – क्षेत्र नं ५ को निर्वाचनमा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ। यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार छन्। यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि ओली र अधिकारीसहित २५ जनाको उम्मेदवारी परेको छ। २०७४ सालमा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै प्रतिस्पर्धा भएको थियो। त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो। उनले अधिकारीलाई २८ हजार ८४२ मतान्तरले पराजित गरेका थिए। गत निर्वाचनमा कांग्रेस एक्लै थियो भने यो पटक उसलाई अन्य दलको साथ छ। ओलीले २०७४ सालमा ५७ हजार १३९ र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए। अघिल्लो निर्वाचनमा जस्तै ओलीलाई…

Read More