Author: Nisha Shrestha

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष एवं मकवानपुर-१ का प्रतिनिधिसभा उम्मेदवार कमल थापाले ओली नेतृत्वको सरकार देशको हितमा हुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै उनले सत्तागठबन्धन र केपी ओली बीचमा फरक देखाएका हुन् । भारतको नाकाबन्दीविरुद्ध लडेको, चुच्चे नक्सा बनाएको भन्दै थापाले ओलीको तारिफ गरेका छन् । ‘कसैलाई तीतो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसकोविरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरूभन्दा चुच्चे नक्सा बनाउने, विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ’, थापाले लेखेका छन् । कमल थापा नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा छन् ।

Read More

काठमाडौँ – विश्वकप फुटबलको नेपालमा प्रत्यक्ष प्रसारणको सम्भावना कम देखिएको छ। विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणका सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि सुनुवाइ हुन नसक्दा सम्भावना कम देखिएको हो । विश्वकप प्रसारण गर्न नेपालका लागि अधिकार पाएको मिडिया हबले ‘प्याकेज भ्यू’ मोडलमा विश्वकप प्रसारणको तयारी गरिरहेका बेला प्रसारण रोक्न माग गर्दै अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार राउतको एकल इजलासले गत कात्तिक २२ गते प्रसारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आदेश संशोधनको माग गर्दै मिडिया हवले निवेदन दिएपछि गत शुक्रबार विश्वकपसम्बन्धी मुद्दाको पेशी तोकेको थियो। तर, अन्तिममा समयमा हेर्न नभ्याइने भन्दै पेशीबाट यो मुद्दालाई हटाइयो । ‘मंसिर…

Read More

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।…

Read More

महेन्द्रनगर – ‘चुच्चे नक्शा’ले चुनावी सभाका क्रममा देशका शीर्ष नेताको ध्यान खिचेको छ । आ–आफ्नो चुनावी प्रचारप्रसारका क्रममा दार्चुला आउनुभएका सत्ता गठबन्धन र एमालेको शीर्ष नेतृत्वले सभामा चुच्चे नक्शाको प्रसङ्ग जोडतोडले उठाउनुभयो । सत्ता गठबन्धनको चुनावीसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक ढङ्गले भारतसँग वार्ता गरेर लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि फिर्ताको पहल गरिने बताउनुभयो । सोही सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्शा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र नभइ आफूसमेत पार्टी अध्यक्ष रहेको तत्कालीन नेकपाका बहुमत सदस्यको बलमा बनाइएको बताउनुभयो । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले चुच्चे नक्शा…

Read More

महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा सत्ता–गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०बाट उम्मेदवार ले प्रस्तावित दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषय चुनावी ‘एजेण्डा’ बनाइरहेका छन् । विसं २०७४ को निर्वाचनमा समेत चुनावी ‘एजेण्डा’ बनेको दोधारा चाँदनी सुख्खाबन्दरगाह निर्माणको विषय दलीय प्राथमिकतामा परे पनि काम भने सोचेअनुसार अघि बढेन । चालू आर्थिक वर्षमा सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रियागत सुरुआतका लागि रु एक अर्ब बजेट विनियोजन गरेर बन्दरगाह निर्माणको प्रक्रिया अघि बढे पनि प्रस्ताव भने २०६४ सालमा भएको थियो । बितेको चार वर्षमा सुक्खा बन्दरगाह निर्माणस्थल परिर्वतनबाहेक देख्नेगरी कुनै काम नभएको दोधारा चाँदनीका स्थानीयको भनाइ छ । लामो समय…

Read More

काठमाडौं – मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त ९मौन० अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

Read More

म्याग्दी – म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् । अघिपछि राजनीतिक दलका नेताहरु देखा पर्न मुश्किल हुने यो गाउँमा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारको लर्को लाग्ने गरेको छ । यहाँ पुग्ने सबै राजनीतिक दल र तिनका उम्मेदवारले विगतका निर्वाचनमा झैँ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँको मुख्य खानेपानी समस्या समाधान…

Read More

काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले तानासाहविरुद्ध लड्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपालमा जेल लगाएर आएको र आफूले १४ वर्ष जेलमा बसेको बताएका छन्। कालिकोटको रास्कोट नगरपालिका स्युना बजारमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रचण्डले कपालमा जेल लगाएको र आफू जेल परेको बताएका हुन्। प्रचण्डले जनयुद्धका नाममा भारतमा बसेर कपालमा जेल लगाएर सार्वजनिक भएको र आफूले तानासाहविरुद्ध लड्दा १४ वर्ष जेलमा बसेर निकै दुःख कष्ट गरेको बताए। ‘नेपालमा गरिबका छोरी छोरीलाई लड्न लगाएर आफू भारतमा बसेर कपालमा जेल लगाए,’ उनले भने, ‘जनयुद्धका नाममा आफन्तलाई सेवा–सुविधा दिइरहेका छन्। घाइते, अपाङ्ग र सहिद परिवारले के पाएका…

Read More

काठमाडौँ आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान-प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ। यस अफरमार्फत् अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको छ। डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा जम्मा २९४ मा उपलब्ध छ। यसैगरी, ६ जिबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ मा उपलब्ध छ। एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपिएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ। यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न…

Read More

काठमाडाैं – दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौँमा शुरु भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलनको शनिबार बेलुका मुख्य सचिव शंकरदार बैरागीले भव्य समारोहकाबीच शुभारम्भ गरे । सम्मेलनको औपचारिक उद्घाटन बेलुका भएपनि प्राविधिक सत्र भने शनिबार विहानै देखि सुरु भएको थियो । नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु, र नेपालका स्वास्थ सँग सम्बन्धि विज्ञहरु, समाजसेवी, पत्रकार, कालाकार, कानूनविद तथा जिल्ला अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखका सहभागिता रहेको छ । सम्मेलनले नयाँ प्रविधिको हस्तान्तरण…

Read More