Author: Nisha Shrestha

काठमाडौँ – राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार (आज) आयोजित एक कार्यक्रमकारबिच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रूपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद लगायत विषय उल्लेख छ। राप्रपाको चुनावी घोषणापत्रको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौँ – निर्वाचन आयोगले १७ कार्तिकदेखि १ मंसिरसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । सोमबार आयोगका प्रवक्ता शालिग्राम पौडेलले विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिताको कार्यान्वयन र निर्वाचन प्रसारप्रसारका सम्बन्धमा पुनः स्मरण गराएका हुन् । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा र कोणसभा गर्न पाउने छन्। आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन भएरनभएको सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लघंनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउने क्रम जारी रहेको जानकारी गराउँदै आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रह गरेको छ…

Read More

जलेश्वर – मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् । आजको दिन बिहानै दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन् । सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर रङ्गीचङ्गी बनाइन्छ । रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको…

Read More

काठमाडौँ – आम निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिक तर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ। प्रत्यक्ष तर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लाबाट ढुवानीको क्रम सुरु गरिनेछ । आयोगले शुक्रबारदेखि विभिन्न ५७ प्रकारका निर्वाचन सामग्री मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायतका ढुवानी सुरु गरेको छ। सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा उक्त निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो । अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन…

Read More

काठमाडौँ – नेपाली काँग्रेसले ५२ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा काँग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा स्थायित्व र सम्मुनतिको आधार काँग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

सुदूरपश्चिम– निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने बताइन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा आज निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानुनले दिएको अधिकार र कार्य क्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको बताइन् । तुलाधरले सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताएकी छिन् । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउने क्रममा आयोगको नेतृत्व र हामी सबैको दायित्व भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने बताइन्। ‘निर्वाचनका क्रममा सही सूचनाको संवाहक पत्रकार नै हुन् ।…

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन्। नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिनुभएको उनको सचिवालयले जनाएको छ। गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन्। त्यहाँ विष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएका छन्। जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ शर्माले…

Read More

काठमाडौँ – नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो नेतृत्वमा सरकार गठन भएमा आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शनिबार काँग्रेसले जारी गरेको घोषणापत्रमा उक्त सङ्कल्प गरिएको हो । काँग्रेसको घोषणापत्रमा भनिएको छ, ‘व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गर्दछ ।’ वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने सङ्कल्प काँग्रेसले गरेको हो…

Read More

दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका–२ तम्बाकुस्थित भारतमा विष्फोट गरिएको ढुंगा उछिट्टिएर बाटोमा हिँडिरहेका एक बालकको मृत्यु भएको छ । शुक्रबार बिहान तम्बाकुबाट घर फर्किने क्रममा बाटो हिँडिरहेको अवस्थामा सीमा पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर ब्यास गाउँपालिका–२ का हिक्मत महराका अन्ताजी ८÷९ वर्षीय छोरा पवन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेले जानकारी दिनु भएको छ । डिएसपी पाण्डेयका अनुसार बिहान साढे ९ बजेतिर ब्यास गाउँपालिका–२ स्थित तम्बाकु नजिकको थि भन्ने ठाउँबाट दुम्लिङ्तर्फ आफ्ना बुवा र बहिनीसँगै आइरहेका पवनको सीमा पारि भारतबाट आएको ढुंगा लागेर मृत्यु भएको बताएका छन । भारत पिथौरागढ जिल्लाको धारचुला अन्तर्गत तवाघाट–लिपुलेक…

Read More

काठमाडौँ – आगामी निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको छ। आचारसंहिता उल्लंघन गर्ने निर्वाचनमा सहभागी राजनीतिक दल, नेता र विभिन्न निकायलाई आयोगले स्पष्टीकरण सोध्नेदेखि सचेतसमेत गराउँदै आएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो–कोहीलाई स्पष्टीकरण सोध्न सक्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘आचारसंहिता उल्लंघन गर्ने साना या ठूलालाई छाड्ने भन्ने हुँदैन। आचारसंहिता उल्लंघनको विषय सबैलाई समान रूपमा लागू हुन्छ। निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वशनीयतामा आँच पुर्‍याउने खालका गतिविधिमा आयोगको ध्यानाकर्षण हुन्छ,’ उनले भने। निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, व्यक्ति र निकायप्रति आयोग स्पष्टीकरण सोधिरहेको छ। आयोगले पछिल्ला दिनमा पूर्वप्रधानमन्त्रीदेखि विशिष्ट व्यक्ति…

Read More