Author: Nisha Shrestha

काठमाडौँ – लुकिछिपी यार्सागुम्बा टिप्न जाने चारजना पक्राउ परेका छन्। से-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको टोली र रामवाण गुल्मको संयुक्त गस्ती टोलीले डोल्पाको तोइजुमबाट यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका-४ चौँरीकोट बस्ने ३२ वर्षीय सोमराज रोकाय, सोही स्थानका ३८ वर्षीय मानबहादुर थापा, १६ वर्षका वसन्त सिंह र वडा नम्बर ३ थापागाउँका ३८ वर्षीय कर्माप्रसाद विक रहेका निकुञ्जले जनाएको छ । उनीहरू अवैध रूपमा पाटन छिर्न खोज्दा पक्राउ परेका हुन्। डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा सङ्कलन खुलाउने गरिएको छ।

Read More

काठमाडौँ – नेकपा (एमाले)का सांसद भीम आचार्यले सरकारले पूर्णता पाउन कति वर्ष लाग्छ ? भन्दै प्रश्न गरेका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकमा उनले सरकारले गठनको ६ महिनामा पनि पूर्णता नपाएको भन्दै जनताको काम कहिले गर्ने भन्ने विषयमा सत्ता गठबन्धन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरे । उनले भने, ‘तपाईँहरूले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर दिनुहुन्छ ? कति वर्ष लाग्छ ? विकासका काम गर्न यहाँहरूलाई कति समय लाग्छ ? कति वर्ष, दशक वा शताब्दी लाग्छ ? उत्तर चाहियो । संसद् भनेको प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन । सरकारले जबाफदेहिता प्रस्तुत गर्नुपर्छ ।’ उनले देशलाई बन्धक बनाउने छुट…

Read More

काठमाडौँ – कोरोनाविरुद्धको ४० लाख मात्रा खोप प्रयोगहीन भएको विषयमा छनबिनको माग गरिएको छ । मङ्गलवार प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राविधिक हिसाबले प्रयोग गर्न नमिलेको वा लापरबाहीका कारण बेवारिसे भएको भन्नेबारे छानबिनको माग गरेका हुन् । “प्राविधिक हिसाबले भएर प्रयोग नभएको हो कि हाम्रो लापरबाहीले त्यस्तो भएको हो ? त्यति दुःख गरेर ल्याएको खोप किन बेवारिसे भएर बसेको हो रु छानबिन होस् भन्ने कुरा राख्न चाहन्छु,” पौडेलले भने ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध सडक सङ्घर्षमा जाने चेतावनी दिएका छन् । मङ्गलवार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सङ्घर्षमा जाने बताएका हुन् । उनले मिटरब्याज पीडितहरूको मागलाई सम्बोधन नगरेर सरकारले उनीहरूमाथि सोमबार निर्मम ढङ्गले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भर्त्सना समेत गरे । उनले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताएका छन् ।

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विरुद्धको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेका आठ वटै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन् । प्रमुख प्रशासनिक निकाय सिंहदरवार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालयको फोहोर नउठाउने मेयर बालेनको घोषणा गैर कानुनी भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार दायर गरेको रिट कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइएको छ ।

Read More

काठमाडौँ – मिटरब्याज पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन। उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन। सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरू आज पनि प्रदर्शनमा उत्रेका छन् । गृहमन्त्री श्रेष्ठले आफूहरूका माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन लगाएर दमन गरेको उनीहरूको आरोप छ । सोमबार काठमाडौँको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका थिए।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान काठमाडौं–तराई/मधेस द्रुत मार्गको निरिक्षण अवलोकन गर्नुभएको छ । प्रधानमन्त्रीले द्रुत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगी अवलोकन गर्नुभएको हो । उहाँका साथमा उपप्रधान तथा रक्षामन्त्री, भौतिक तथा यातायात व्यवस्था मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव, सचिवहरु र नेपाली सेनाका प्रधान सेनापति समेत रहनुभएको छ ।

Read More

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् । नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न भोलि गठबन्धनका शीर्ष नेता तनहुँ जाने भएका हुन् । तनहुँ-१ मा वैशाख १० गते हुने उपनिर्वाचनमा भट्टराई सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्बोधन गर्ने जनाइएको छ ।

Read More

धनगढी – सडक सञ्जालको विकास एवम् स्तरोन्नतिसँगै धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको मुहार फेरिन थालेको छ । विकासका लागि पहिलो पूर्वाधार मानिने सडक स्तरोन्नति तीव्र रूपमा हुन थालेपछि सहजता भएको छ । उपमहानगरको सहरी वडाका मुख्य र शाखा सडक फराकिलो पारी स्तरोन्नति धमाधम भइरहेको छ । नगरपालिका घोषणा भएको झण्डै ४६ वर्षपछि धनगढीमा छुट्टाछुट्टै योजनामार्फत् पहिलो पटक ठूलो बजेट रकमको लागतसहित सडक स्तरोन्नति भएको हो । यस क्रममा मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको दुई किलोमिटर लम्बाइमा सडकको दायाँबायाँको क्षेत्र मिचेर बनाइएका झण्डै चार सय २८ घर संरचना घर संरचना भत्काइएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारको ६० करोड बजेटको…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रूपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रूपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् । आजदेखि यहाँ सुरु भएको ‘पावर समिट-२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रूपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको बताए । आज नेपालले मौसमी रूपमा नै भए पनि उपभोग गर्नेभन्दा बढी ऊर्जा उत्पादन गर्छ भन्ने विश्वसामु घोषणा गर्न पाउँदा ठूलो गर्व लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रका लगानीकर्ता र सरकारको साझा प्रयासबाट जलविद्युत् परियोजनाहरूको विकासको गतिलाई थप…

Read More