Author: Nisha Shrestha

पीडाको बेला हाम्रा माननीयज्यूहरुलाई यस्तो लेख्ने भनेर गाली नगर्नुहोला किनकी यो मेरो मात्रै होइन, आम दार्चुलाबासी दाजुभाई दिदिबहिनीको हो । दार्चुलावासी आम दाजुभाई दिदिबहिनी जो अहिले घरसहित सारा सम्पत्ति महाकालीमा विलिन भएपछि सडकमा आएका छन्, उनीहरुको पीडा मेरो पनि पीडा हो । दार्चुलालाई बाढीले बगाएको बेला उद्योग मन्त्री माननीय दिलेन्द्र प्रसाद बडू दार्चुला पुग्नुभएको छ र दुखको बेला भन्दै महाकाली किनारमा अस्थायी जाली भर्न ढुङ्गा बोकिरहेको तस्वीर सार्वजनिक भएका छन्, पीडाको बेला जनतालाई साथ दिनु राम्रो हो तर दार्चुलावासीले गत फागुनमा भारतले एकतर्फी रूपमा महाकालीको धार परिवर्तन गर्दा सरकार र जनप्रतिनिधिहरुसंग सहयोग माग्दा साथ किन पाएनन् ? हिजोका दिनमा महाकाली…

Read More

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटबिनै टुङ्गिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुङ्गिएको हो । बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए । ‘हामीले तालमेलका बारेमा छलफल गर्‍यौँ । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो’, उनले भने, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौँ ।’ बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुङ्गो लगाउने आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी दिए ।

Read More

काठमाडौँ – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउन साथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जति बेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ। विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौँको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको हो । काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पुर्जी जारी भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ। लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले…

Read More

काठमाडौं –  झापा, धनुषा, सुर्खेत, धादिङ, सुनसरी, मोरङ र पर्साबाट अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन । झापाको मेचीनगर नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ १ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने ३७ वर्षीय युशुफ सुब्वा लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । धनुषाको मिथिला बिहारी नगरपालिका-२ बस्ने २१ वर्षीय शिव महरालाई नियन्त्रित लागूऔषध स्पास्मो ४६ ट्याब्लेट, एन्टीकप १८ ट्याब्लेट, प्रि(वेल ९५ ट्याब्लेट,…

Read More

काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गर्नु भएको छ । मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उहाँले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीका बृहत सम्भावना रहेकाले सो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभएको हो । मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माण गर्न आफू जिम्मेवार भएर लाग्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो माटोप्रति तपाईंहरूले देखाउनुभएको सद्भाव अनुकरणीय छ । मधेश सरकारको तर्फबाट तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । आउनुस्, लगानी गर्नुहोस्, वातावरण हामी दिन्छौँ । समृद्ध मधेश निर्माणको बाटोमा यहाँको सहयोगको अपेक्षा हामीले…

Read More

काठमाडौं – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गते बुधबारदेखि भदौ १९ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँट भोलि (भदौ २७ गते, सोमबार) बाँडफाँट हुने भएको छ। उक्त आईपीओको बाँडफाँट सोमबार बिहान ९:१५ बजे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौँमा हुने क्यापिटलले जनाएको छ । संस्थाले प्रतिकित्ता ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्कासन गर्न लागेको सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक…

Read More

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका ५ मा रहेको दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीलाई कुटपिट गर्ने युवकलाई कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् । सैयौंको संख्यामा आइतबार विद्यार्थी जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा उत्रिएका थिए । शनिबार नेपाली सेनाले विद्यार्थीलाई दिंदै आएको एनसीसी तालिमको क्रममा भलिबल खेलिरहेका विद्यार्थीमाथि होहल्ला गरेको भन्दै अन्दाजी २५ वर्षीय सुदीप चन्दले कक्षा ९ मा अध्यानरत प्रेम चन्दलाई कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । प्रेम चन्दको घाँटी, हात र ढाडमा चोट लागेको विद्यालयले जनाएको छ । विद्यार्थीमाथि हातपात गर्ने चन्दलाई कारवाहीको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका प्रहरी निरीक्षक…

Read More

काठमाडौं- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलन(UNCOPS) मा नेपालको तर्फबाट सहभागी भई शनिबार स्वदेश फिर्ता भएका हुन् । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई शनिबार स्वदेश सिंह फिर्ता भएका छन् । प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा प्रहरीको…

Read More

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीको सुरक्षा विशेष घुम्ति अनुशिक्षण तालिम सञ्चालन भएको छ । आज आइतबार २६ गते देखि ३१ गतेसम्म प्र.ह/प्र.ज.लक्षित “सुरक्षा बिशेष अनुक्षिण (घुम्ती प्रशिक्षण)” तालिम सञ्चालन भएको हो । कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्रद्धेय श्रीमान श्याम सिंह चौधरीले तालिम उदघाटन गरेर सम्पुर्ण प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको ज्ञान सिपलाई सहि रुपमा कार्य क्षेत्रमा प्रयोग गर्न निर्देशन दिए । विभिन्न अपराधिक कृयाकलापहरुलाई न्युनिकरण गर्न सकिने धारणा व्यक्त गर्दै सम्पुर्ण प्रशिक्षार्थीहरुलाई तालिम सफलतापुर्वक सम्पन्न गर्न निर्देशन दिए ।

Read More

काठमाडौँ – राष्ट्रिय सभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका लागि सरेको छ। आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिए। बैठक बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ।

Read More