Author: Nisha Shrestha

काठमाडौँ – नेपाल प्रेस युनियनले प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटि संशोधन गरेर विधेयक पारित गर्न माग गरेको छ । जनकपुरमा सम्पन्न केन्द्रीय समितिको दोस्रो बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार प्रतिकूल हुने गरि कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानुन, नियमावली नबनाउन माग गरेको हो । संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममा बाधा पुग्ने तथा प्रस्तावित मिडिया काउन्सिलको संरचनाबाट काउन्सिल स्वायत्त हुनेमा आशंका देखिएकाले त्यसलाई सच्याउन युनियनले माग गरेको छ । त्यस्तै श्रमजीवी पत्रकारहरुको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐनले प्रत्याभूत…

Read More

दार्चुला – दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् । पहिरोमा परेर नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिए । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव…

Read More

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौँस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजावेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरूले समवेदना व्यक्त गरेका छन् ।

Read More

काठमाडौं – रात्रीकालीन व्यवसायीमाथि प्रहरीले ज्यादती गर्ने गरेको घटना सार्वजनिक भएको छ । चाडबाड नजिकिएसँगै बालाजु प्रहरी वृत्तले गस्तीको नाममा रात्रीकालीन व्यवसायीमाथि ज्यादती गर्न थालेको हो । केही समय अघिमात्रै जिल्ला प्रहरी कार्यालय चितवनबाट बालाजु प्रहरी वृत्त सरुवा भएर आएका डिएसपी रविन विष्टको कार्यशैलीको काराण रात्रीकालीन व्यवसायी हैरान भएका छन् । उनी राती विभिन्न डान्स क्लबहरुमा आफैं छिरेर ग्राहक र व्यवसायी तर्साउने गरेको एक व्यवसायीले बताए । ‘डान्स क्लबहरुमा बाहिरको तुलनामा मादकपदार्थ केही महंगो हुन स्वभाविक छ । त्यसैको निहुँमा कोही ग्राहक व्यवसायीमाथि नै हातपात गर्न पुुग्छन्, कोही लुटिए भन्दै प्रहरीकोमा पुग्छन् । तर, प्रहरी सत्यतथ्य नबुझी व्यवसायीलाई पक्राउ गरेर…

Read More

काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप पूर्ण मात्रा ९४ प्रतिशत लक्षित समूहले लगाएको बताएका छन् । कान्तिपुर कन्क्लेभमा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले ९७ प्रतिशतले कम्तीमा एक डोज लगाउन खोप लगाउन सरकार सफल भएको जानकारी दिए । ‘मलाई यो जानकारी गराउँदा खुसी लागेको छ, आजको दिनसम्म ९४ प्रतिशत लक्षित जनसंख्यालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन्, ९७ प्रतिशतले एक मात्रामा खोप लगाएका छन्, प्रधानमन्त्री देउवाले भने । कन्क्लेभलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को कारण ठूला र साना, विकसित र विकासोन्मुख सबै देशको संरचनागत जोखिमलाई उजागर गरेको बताए । उनले क्रमिक रुपमा बढ्दै गरेको संकटले विकास अघि बढाउने…

Read More

काठमाडौँ – प्रतिनिधिसभाको शनिबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । शनिबार १ गतेका लागि आह्वान गरिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा अर्को बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको उल्लेख छ । ुमिति २०७९ साल भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्ने नसक्ने भएकोु भन्ने सूचनामा उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्नेगरी समय तोकेका छन् ।

Read More

सर्लाही– विषालु सर्पको डसाइबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ वर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाइबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रबार अबेर सर्पले डसेको थियो । लगत्तै लालबन्दी नगरपालिका १, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पुर्‍याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । जिल्लामा रहेको सर्प दंशका अस्पतालमा भेन्टिलेटर…

Read More

काठमाडौँ – बहराइनमा आज (शनिबार)देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८:४५ बजे सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।

Read More

दार्चुला – बाढी र पहिरोका कारण जिल्लाका ५जनाको मृत्यु भएको छन । मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षिय जानकी ठगुन्ना, १४ वर्षिय धनमती ठगुन्ना र महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षिय नन्दराम बोहरा र मोहन राम पार्की तथा महाकाली नगरपालिकाको नमस्कार क्षेत्रमा एक जना मृत्तक पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार महाकाली नगरपालिका–१ घर भई डुङरी स्थित होटल व्यवसायी गर्दै आइरहेका ५२ वर्षिय धन सिंह कार्की ४५ वर्षिय उनी श्रीमती मानमती कार्की छोराहरु १८ वर्षिय दिपक कार्की र १० वर्षिय दिनेश कार्की वेपत्ता भएका छन् । यसैगरी नगरपालिकाकै वडा नम्बर ४ लास्कुका ४५ वर्षिय मोहन लुहार…

Read More

काठमाडौँ – निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको मतपत्र छाप्न थाल्ने भएको छ। सुरुमा प्रदेश १, मधेश, बागमती र गण्डकीको समानुपातिकतर्फका मतपत्र छाप्ने तयारी छ। चार प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ। यसपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र छापिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुनेछ। भक्तपुरस्थित जनक शिक्षा सामाग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको आयोगले चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्नेछ। आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २०…

Read More