Author: Nisha Shrestha

सुर्खेत – सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका -८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जीपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ । घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप शनिबार राति ८ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो ।

Read More

काठमाडौँ – दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन्। नेपाली काँग्रेसका बर्मा लामालाई १८ सय १९मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन्। निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए। काँग्रेसका लामाले १७ हजार ५९५ मत प्राप्त गरे।

Read More

काठमाडौँ – स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङलाई नेकपा एमाले नेता पद्मा अर्यालले बधाई दिएकी छन् । यद्यपि कब्जा गरिएको मतबाट गुरुङ निर्वाचित भएको भन्दै अर्यालले उक्त मतलाई नस्विकार्ने बताएकी छन् । उनले सबै कुरा भुलेर स्याङ्जाको विकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरेकी छन् । आइतबार बिहान सामाजिक सञ्जालमा अर्यालले लेखेकी छन्, ‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौँ । त्यसलाई हामी सहज रूपमा स्वीकार गर्दछौँ तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौँ । किनकि लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन्…

Read More

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ। यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ। प्रि ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ। यस्तै ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ। आज ५५३ सेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनको उप सुचकहरु मध्ये एउटा कम्पनीमा वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Read More

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए । कोलीलाई पक्राउ गर्न केन्द्रबाट समेत सीआईबीको टोली खटिएको थियो । मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग…

Read More

बाँके – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजको शुक्रबार निरीक्षण भ्रमण गरेका छन् । महानिरीक्षक सिंहले आज निरिक्षण तथा भ्रमण गर्दै तालिम केन्द्र र अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण पश्चात प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्ने बताए। प्रशिक्षार्थीहरूले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी गर्न नहुने चर्चा गर्दै उनले तालिम केन्द्रले प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि गर्नेतर्फ विशेष ध्यान दिएर तालिम प्रदान गर्नुपर्ने उल्लेख गरे । यसैगरी प्रहरी महानिरीक्षक…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र सहभागितामूलक जीवन सुनिश्चित गर्ने दायित्व राज्यको भएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यहाँ आयोजना गरेको अन्तरक्र्रियामा शुभकामना सन्देश दिँदै उहाँले समावेशी नभएको समाज कहिल्यै सभ्य र विकसित नहुने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरु अझै पनि समावेशिताको नामबाट वञ्चित रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य तथा विकासका अन्य कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखी अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिले देश विकासमा पु¥याएको योगदानको समेत चर्चा गर्नुभयो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन…

Read More

काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं ३ बाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३ बस्ने ४१ वर्षीय भुवनलाल श्रेष्ठ समेत १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

चितवन – भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो । महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । विद्युत् महसुलमा अनुदानका लागि आवेदन पेस गर्न भरतपुर महानगरपालिकाको वेबसाइट वा कृषि महाशाखामा सम्पर्क गर्न किसानलाई अनुरोध गरिएको महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाप्रमुख मेघराज ढकालले बताउनुभयो । यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने महानगरले अपेक्षा लिइएको उहाँले बताउनुभयो । अनुदानका लागि…

Read More

बैतडी – जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले बताउनुभयो । वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अङ्क ल्याएको थियो । सो अस्पताल यही मङ्सिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अङ्क ल्याउँदै प्रथम हुन सफल भएको हो । विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अङ्क दिइएको जनाइएको छ । प्रशासन व्यवस्थान, क्लिनिकल सर्भिस, हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा प्रदेशकै…

Read More