Author: Nisha Shrestha

एजेन्सी –  हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ । उक्त हत्यामा लागू औषध तस्करहरु संलग्नता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । अपासियो एल अल्टो सहरमा उक्त हमला भएको हो । ‘«कमा सवार हतियारधारी पुरुषको समूहले लेक्सस बारमा हमला गर्दा पाँच पुरुष र चार महिलाको मृत्यु भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले पछिल्लो आक्रमण सान्ता रोजा डे लिमाका नेता जुआन रोडोल्फो येपेजको मंगलबार पक्राउ गरेको बदला भएको बताएका छन् । गुआनाजुआटो एक औद्योगिक राज्यमा जलिस्को न्यु जेनेरेसन र सान्ता रोजा डे लिमा ड्रग तस्करबीच हिंसात्मक झडप हुने गर्छ ।

Read More

काठमाडौं – आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको छ। महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक९दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

Read More

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी मधु कार्कीले उम्मेदवारहरुलाई आयोगले वितरण गरेको चिन्हलाई लिएर आक्रोश पोखेकी छिन् । उनले आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई उस्तै उस्तै खालका चिन्ह प्रदान गरेको भन्दै असन्तुष्टि पोखेकी हुन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगले आफूले पाएको टेलिभिजन चिन्हजस्तै जरोकिलो पार्टीको चुनाव चिन्ह कम्प्युटर राखिदिएर जनतालाई झुक्याउने काम गरेको टिप्पणी गरिन् । उनले भनिन्,‘निर्वाचन आयोगले मेरो चुनाव चिन्ह टेलिभिजनमा ५० वर्ष पुरानो बक्स राख्यो, नयाँ अहिले प्रयोग भइरहेको एलइडी टिभि राख्न कस्ले रोक्यो ?’ आफ्नो चुनाव चिन्हमा राजनीति भएको उनको गुनासो छ । कम्प्युटरमा किबोर्डसहित…

Read More

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

Read More

काठमाडौँ – राप्रपाका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो दावी गरेका हुन् । ‘गणेशमान सिंहको सुपुत्र प्रकाशमानजी आज मेरो निर्वाचन क्षेत्रमा १५ वर्ष सांसद भएपछि प्रतिस्पर्धी बन्नुभएको छ । मलाई यहाँ उभिएर यो दावी गर्न अप्ठेरो छैन, गणेशमान सिंहका सुपुत्र प्रकाशमानजी रगतले उहाँको उत्तराधिकारी हुनुहुन्छ, तर राजनीतिक रुपमा यो देशको लागि यो देशलाई शिरमा राखेर राजनीति गर्ने गणेशमानको दृढता, प्रतिवद्धता र त्यागका साथै देश अघि बढाउने परिकल्पना गर्नुभयो गणेशमानजीको…

Read More

महेन्द्रनगर – नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेले १० सिट जित्ने बताएका छन्। प्रतिनिधि सभामा १६ निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा १० सिटमा जितेर नेकपा एमाले पहिलो पार्टी हुने उनको भनाई छ। पत्रकार सँगको भेटमा भट्टले यही प्रदेशको दार्चुलामा रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको भू-भाग समेटिएको चुच्चे नक्सा बनाएको र उक्त भू-भाग फिर्ता ल्याउन पनि एमालेको सरकार आवश्यक भएकाले यस प्रदेशका जनता प्रति एमाले आभार रहेको बताए। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशलाई विशेष महत्त्व दिएर चुनावी प्रचार प्रसार अभियान पनि दार्चुलाबाट शुरु गरेको उनको भनाई छ। कात्तिक १८ गते दार्चुला पुगेर प्रचार प्रसार अभियान…

Read More

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आउँदो हप्ता हुने भेटवार्तामा ताइवान प्रमुख एजेण्डा बन्ने भएको छ। बाइडेन सन् २०२० मा अमेरिकी राष्ट्रपति बनेपछि सीसँग पहिलोपटक भौतिक रूपमा भेट हुन लागेको हो। विश्वका दुई महाशक्ति राष्ट्रबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला बहुप्रतीक्षित भेट हुन लागेको हो। बाइडेन र सीबीच विश्वका धनी देशहरुको समूह जी-२० सम्मेलनअन्तर्गत आउँदो सोमबार इन्डोनेसियाको बालीमा भेटवार्ता हुनेछ। चीनले ताइवान आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएको छ। तर ताइवानले भने आफ्नो सार्वभौमिकता आफूमै रहेको बताउँदै आएको छ। अमेरिका ताइवानको पक्षमा छ र केही समय अघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी…

Read More

महेन्द्रनगर – आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार आठ सय ५९ सुरक्षाकर्मी परिचालन भएका छन् । निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेका छन् । निर्वाचनका बेला एक सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बीसवटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकतानुसार मात्रै परिचालन…

Read More

काठमाडौँ – राजीव गान्धी हत्या प्रकरणमा भारतीय सर्वोच्च अदालतले शुक्रबार ठूलो फैसला सुनाएको छ । अदालतले ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको छ । जसमा नलिनी र आरपी रविचन्द्रन पनि पर्छन् । उनीहरु सबै आजीवन कारावासको सजाय भोगिरहेका छन् । मे १८ मा सर्वोच्च अदालतले यस मामिलामा दोषी पेरारिवलनलाई राम्रो आचरणका कारण रिहा गर्न आदेश दिएको थियो । बाँकी दोषीले पनि सोही आदेशलाई उद्धृत गर्दै अदालतबाट रिहा गर्न माग गरेका थिए । नलिनी र रविचन्द्रन दुवैले ३० वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् । २१ मे सन् १९९१ मा एक चुनावी सभाका बेला तमिलनाडुमा एक आत्मघाती हमलामा राजीव गान्धीको हत्या…

Read More

खोटाङ- निर्वाचन सुरक्षाको सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्मा खोटाङ आएका छन्। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी शान्ति सुरक्षाको स्थिति बुझ्न र अनुगमनका लागि प्रधानसेनापति शर्मा शुक्रबार खोटाङ आएका हुन् । निर्वाचनको शान्ति सुरक्षा व्यवस्थाबारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङ आएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । खोटाङ आएको अवसरमा प्रधानसेनापति शर्माले हलेसीको दर्शन गरेका छन् । उनले हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतसँग भेटघाट गरेका छन्। भेटमा निर्वाचनको सुरक्षासम्बन्धी कुराकानी भएको मेयर राईले बताइन्। ‘उहाँसँग निर्वाचनको सुरक्षाका सन्दर्भमा गफगाफ भयो,’ मेयर राईले भनिन्, ‘खोटाङ आउनुको उद्देश्यका बारेमा सेयरिङ गर्नुभएको थियो ।’

Read More