Author: Nisha Shrestha

काठमाडौं – सुन चाँदीको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी आज तोलामा १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गर्नुभयो । यसअघि उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । प्रधानसेनापति शर्मा र उहाँबीच अहिले भेटवार्ता भइरहेको छ । केही बेरपछि सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित…

Read More

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केही ठाउँमा एमालेसँग तालमेल हुने बताएका छन्।पार्टीले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले देशभरि नै नभई केही ठाउँमा चुनावी तालमेल हुने बताएका हुन्। ‘एजेन्डा फरक भए पनि एमालेसँग केही सीटमा तालमेल हुन्छ’, अध्यक्ष लिङ्देनले भने, ‘अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीको सीट सुरक्षित राख्नका लागि तालमेल हुन्छ।’ अध्यक्ष लिङ्देनले विगतमा जसरी चार सीटमात्रै लिएर अरू दिने गरी एमालेसँग तालमेल नहुने बताए। उनले तालमेल नभएका ठाउँमा राप्रपाले आफ्नो उम्मेदवार उठाउने खुलाए‍। उनले तीन दशकदेखि केही सीमित राजनीतिक दल र सीमित नेताको चक्रव्यूहमा देश फसेको र त्यसबाट देशलाई मुक्त गराउन राप्रपा ठूलो शक्ति हुन जरुरी रहेका बताए।…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले भदौ २६ गते देखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नोट सटही सुविधा उपलब्ध गराउने गरेको छ । दशैं तिहारलाई लक्षित गरेर १० अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट राखिएको राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने छ । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक बण्डल नयाँ नोट उपलब्ध हुनेछ। बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकमार्फत् नयाँ नोट साट्न सकिने छ ।

Read More

काठमाडौं – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओ आज बिहन १०:०० बजे बाँडफाँट भएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौं स्थित कार्यालयमा भएको बाँडफाँट हो । माग भन्दा बढी आवेदन परेको हुदा गोलाप्रथा द्वारा शेयर बाडफाटँ गरिएको छ। त्यसरी बाडफाटँ गर्दा १२ हजार ३ सय ४० आवेदकले १० हजार किताको दरले शेयर हात पारेका छन् भने १८ लाख ३७ हजार बढीको हात खाली रहेको छ। कम्पनीले सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । निष्कासन गर्न लागेको कुल कित्ता मध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता…

Read More

काठमाडौं – वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि नयाँ निर्वाचन पछिसम्म पनि लम्ब्याउने सरकारको तयारीको चौतर्फी आलोचना भएको छ । निर्वाचन आचारसंहिताको समेत ठाडै उल्लंघन हुनेगरी सरकारले निर्वाचनपछि बन्ने सभाको पहिलो बैठकसम्म अवधि लम्ब्याउने गरी संसदमा विधेयक पेश गरेपछि चौतर्फी आलोचना भएको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयकप्रति आपत्ति जनाएको भने राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा घोषणा गरिसकेका छन्। निर्वाचनको मुखमै बदनाम हुने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विधेयक रोक्न कानूनमन्त्री गोविन्दप्रसाद कोइरालालाई निर्देशन समेत दिनुभएको बुझिएको छ । आइतबार अपरान्ह सत्ता गठबन्धनको बैठक चलिरहेको बेला प्रधानमन्त्री देउवाले मन्त्री कोइरालालाई बालुवाटार बोलाएर त्यस्तो निर्देशन दिएको हन्। गत…

Read More

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यष मनोज पाण्डेबीच भेटवार्ता भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन्। भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ । नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन् ।

Read More

विराटनगर –  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको आज (सोमबार) मृत्यु भएको हो । विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Read More

विक्रम संवत् २०१९ सालतिरको कुरो हो । डा. सर्वपल्ली राधाकृष्णन् भारतमा उपराष्ट्रपति थिए । उनी नेपालको भ्रमणमा आउँदाको घटना हो — काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनको औपचारिक स्वागतको कार्यक्रम सम्पन्न भएपछि उनलाई गाडीमा राखेर राजकीय अतिथिगृह त्रिपुरेश्वरतर्फ लगिंदै थियो । सिनामंगलमा आइपुगेपछि उनले गाडी रोक्न लगाए । गाडीबाट ओर्लेर उनी लुरुलुरु धु्रवस्थलिको थुम्कोतर्फ लागे । उनको स्वागत र सुरक्षामा खटिएका सबजना उनैको पछिपछि दुगुरे । डा.राधाकृष्णन् शिवपुरी बाबाको कुटीमा पुगे र बाबाको चरणमा लम्पसार परे । बाबाले उठाएर अँगालो हाल्नु भो । त्यहाँ उनले शिवपुरी बाबाबाट डेड घण्टाजति उपदेश र ज्ञानको श्रवण गरेपछि बिदा लिएर फर्किए । त्यसपछिमात्रै उनले आफ्ना…

Read More

काठमाडौँ – सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको संचार मन्त्रालय उच्च स्रोतले प्रशासन सिंहदरवार ब्यूरोलाई जानकारी दिएको हो । उक्त निर्णयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमार्फत सार्वजनिक गरिने छ । कानुनतः सार्वजनिक पद धारण गरेकाहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरूले त १५ दिनमा नै सार्वजनिक गर्ने परम्परा छ । तर यो पटक भने महिनौँ बित्दा पनि सम्पत्ति विवरण सार्वजनिक भएको थिएन । मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने चौतर्फी दबाबपछि सरकारले यो निर्णय गरेको हो ।…

Read More