Author: Nisha Shrestha

रुपन्देही – रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “यो कुनै व्यक्ति तथा पार्टीको नभएर लोकतन्त्रको जित हो, लोकतान्त्रिक प्रणालीको जित हो ।” उहाँले आफू पनि सो क्षेत्रबाट जनताको अमूल्य मतका आधारमा निर्वाचित भएको र यो निर्वाचनलाई आफूले काँधमा आएको अभिभाराका रुपमा लिएको बताउनुभयो । उहाँले देशलाई निकास दिन राजनीतिक स्थायित्वको जरुरी भए पनि कुनै दललाई बहुमत नआएको बताउँदै उहाँले अहिलेको जनादेशलाई नै स्वीकार गरेर…

Read More

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब डेढ घण्टा छलफल भएको हो । आज बिहान साढे ९ देखि ११ बजेसम्म भएको भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । “डेढ घण्टा दुई शीर्ष नेताहरूबीच भेट भएको हो,” स्रोतले भन्यो । सत्ता गठबन्धनमा आबद्ध यी दुई दलका शीर्ष नेताबीच निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा भेटवार्ता बाक्लिएको छ ।

Read More

काठमाडौँ: कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला गरिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा ग्वार्कोले सोमबार सूचना प्रकाशित गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन फाराम दर्ता गराउन आह्वान गरेको हो ।

Read More

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा(माओवादी केन्द्र)ले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार…

Read More

काठमाडौँ – तनहुँमा चुनाव जितेर आएलगत्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा दाबेदारी पेश गरेका छन् । उनले सामाजिक सञ्जालमा गगन थापाकै शैलीमा आफू ‘अबको प्रधानमन्त्री’ भन्दै आक्रामक ‘कपीपेस्ट’ प्रचार थालिरहेका छन् । यसैबीच नेता पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। उनीहरूबिच कोटेश्वरस्थित नेता नेपालको निजी निवासमा भेट भएको हो। पौडेल निकट स्रोतका अनुसार आगामी नयाँ सरकार बनाउने र गठबन्धन कायम राख्ने विषयमा कुराकानी भएको थियो। पौडेलले आफूलाई प्रधानमन्त्री बन्न नेता नेपालसमक्ष अनुरोध गरेका थिए। जवाफमा नेपालले आफ्नो सहयोग हुने बताएका थिए। उनले भने, ‘तपाईँलाई सहयोग हुन्छ, तपाईँको समकालीन सबै पीएम भए तपाईँ बाँकी हो,…

Read More

काठमाडौँ – प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतिकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ। त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे।…

Read More

बेइजिङ – चीनमा पछिल्लो चौँबीस घन्टामा एकैदिन ४० हजार तीन ३४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । उनीहरूमध्ये तीन हजार आठसय २२ जनामा लक्षण देखिएको छ भने बाँकीमा लक्षण नदेखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गर्दै देशका मुख्य सहरमा विशाल प्रदर्शन गरिएको छ । राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सीको राजीनामा माग गरेका हुन् । उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शन सुरु भएको हो ।

Read More

कर्णाली – कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी केन्द्र)का रनसिंह परियार निर्वाचित हुनुभएको हो । उहाँले हुम्ला प्रदेश(१)का स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पछि पार्दै विजयी हुनुभएको थियो । उहाँले छ हजार चार सय ८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रबाट उहाँले प्रत्यक्षमा जिते पनि अन्य दलले दलित प्रतिनिधि उठाएनन् । नेपाली कांग्रेस, एमाले र माओवादीले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट दिएनन् । साना…

Read More

चितवन – दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक मतले विजयी हुनुभयो । हालको क्षेत्र नं ३ सोही क्षेत्र पर्दछ । विगत नौ वर्षमा सो क्षेत्रमा कांग्रेसको प्रभाव निरन्तर ओरालो लाग्यो । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको मत परिणामअनुसार कांग्रेस सो क्षेत्रमा पाँचौँ हुन पुगेको छ । चितवन ३ मा समानुपातिका ९४ हजार दुई सय ८० मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २८…

Read More

टीकापुर – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित प्रतिनिधि सबैका साझा बन्नुपर्ने स्थानीय बताउँछन् । स्थानीय झरना रिमाल भन्नुहुन्छ, “निर्वाचनका बेला गाउँमा भएको चहलपहलको प्रभाव हट्न महिनौँ लाग्छ । जितेका पार्टीका दलका कार्यकर्ताको तडकभडक गाउँमा अरुलाई पीडा दिने खालको हुनुहुँदैन । निर्वाचित भइसकेपछि त सबैको साझा बन्नुपर्छ ।” टीकापुर–३ शङ्करपुरकी केशरा जिसीले निर्वाचित प्रतिनिधिले सबैका समस्यालाई समानरुपले बुझ्न र सबैलाई समान व्यवहार गर्न आग्रह गर्नुभयो ।टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार जित्ने उम्मेदवार जितिसकेपछि सबैको साझा व्यक्ति हो । त्यसैले विजयी हुने उम्मेदवारले सार्वजनिक कार्यक्रममा होस्या अन्य भेटघाटमा,सबैलाई समान व्यहावहार गर्नुपर्ने र विपक्षी पार्टीप्रति आस्था बोकेका नागरिकलाई त्यस्तो अनुभूति हुने…

Read More