काठमाडौँ – तनहुँमा चुनाव जितेर आएलगत्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा दाबेदारी पेश गरेका छन् । उनले सामाजिक सञ्जालमा गगन थापाकै शैलीमा आफू ‘अबको प्रधानमन्त्री’ भन्दै आक्रामक ‘कपीपेस्ट’ प्रचार थालिरहेका छन् ।
यसैबीच नेता पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। उनीहरूबिच कोटेश्वरस्थित नेता नेपालको निजी निवासमा भेट भएको हो।
पौडेल निकट स्रोतका अनुसार आगामी नयाँ सरकार बनाउने र गठबन्धन कायम राख्ने विषयमा कुराकानी भएको थियो। पौडेलले आफूलाई प्रधानमन्त्री बन्न नेता नेपालसमक्ष अनुरोध गरेका थिए।
जवाफमा नेपालले आफ्नो सहयोग हुने बताएका थिए। उनले भने, ‘तपाईँलाई सहयोग हुन्छ, तपाईँको समकालीन सबै पीएम भए तपाईँ बाँकी हो, हाम्रो सहयोग रहन्छ ।’
Facebook Comments Box