Author: Nisha Shrestha

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश निजामती सेवासम्बन्धी पारित विधेयकमा करार र अस्थायी कर्मचारीलाई स्वतः स्थायी गर्ने प्रावधान राखिएको भन्ने भनाइ गलत भएको बताएका छन् । मुख्यमन्त्रीले भने, ‘करार र अस्थायी कर्मचारीलाई प्रदेश लोकसेवा आयोगले आफ्नो प्रक्रियाबमोजिम स्थायी गर्ने प्रक्रियामा लैजानुपर्छ भन्ने सरकारको मुख्य धेय हो, पदपूर्ति गर्दा अपनाइने आयोगको प्रक्रियाभित्र नै रहेर स्थायी पदपूर्ति गर्ने प्रावधान विधेयकमा गरिएको हो ।’ सुदूरपश्चिम प्रदेशसभाको दुई दिनअघिको बैठकले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको थियो । उक्त विधेयकमाथि सभामा भएको छलफलमा नेकपा (एमाले)का सदस्यले विधेयक विवादित भएको भन्दै फिर्ता लिनुपर्ने…

Read More

काठमडौँ – उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश जारी हुनेरनहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेश छलफलका लागि २०७९ भदौ १९ को पेसी तोकी पक्षहरूलाई जानकारी दिनुहोला ।’ आदेशमा अगाडि भनिएको छ, ‘त्यस अवधिसम्म निर्वाचन आयोगको मतपेटिका आयात र वितरणको बोलपत्रसम्बन्धी कामकारबाही हाल जे, जुन अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको…

Read More

रोल्पा – रोल्पाको माडी गाँउपालिकामा विभत्स रुपमा श्रीमान श्रीमति मृत अवस्थामा भेटिएका छन् । वडा नं ३तालाबाङमा श्रीमानश्रीमतीको शरीरमा काटिएको विभत्स दृश्यले हत्या गरिएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले गरेको छ। परिवर्तन गाउँपालिका वडा नं २, राङसीका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्बती मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ। घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक बिनोद घिमिरे र ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरिक्षक देबराज भट्राईको टोली घटना स्थल पुगेर घटनाको अनुसन्धान गरि रहेको छ। घटनाको प्रकृती हेर्दा घटना राती भएकोे हुन सक्ने अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान गर्नको लागी कोहरपुरबाट तालिम प्राप्त…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २७१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरका विभिन्न प्रयोगशालामा ३९२० नमूना परिक्षण गरिएको थियो । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १७५ जना संक्रमणमुक्त भएका छन् भने १ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा देशभर सक्रिय संक्रमितको संख्या ३१ सय ९४ रहेको छ ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौँ फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । तोकिएको अल्टिमेटम भित्र कर नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यौता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’ समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा…

Read More

काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए । बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्यायसम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए । जबरा कडा ढंगले प्रस्तुत भए । उनले आफूविरुद्ध लगाइएको महाअभियोगको औचित्य समाप्त भइसकेको तर संसदको गरिमाको ख्याल गरेर बयानका लागि उपस्थित भएको बताए । जबराले आफूलाई हटाएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन लागेकोसमेत दाबी गरे । उनले न्यायाधीश हरिकृष्ण कार्कीले स्वार्थ मिलेका मुद्दा मात्र हेर्ने गरेको, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले…

Read More

काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले सुन तस्करसँग साठगाँठ गरेको आरोप लागेका गृहमन्त्रीका ‘पीएसओ’लाई एक नम्बर गणमा थुनामा राखेर अनुसन्धान सुरु गरेको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक (सिनियर सई) टंक कार्कीलाई हेडक्वार्टरसँगैको एक नम्बर गणमा थुनेर अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए । यसअघि भदौ ७ गते प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै कार्कीबारे मिडियामा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको थियो। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले सई कार्कीबारे अनुसन्धान भइरहेको र दोषी देखिए कारबाही हुने बताएका थिए। चितवन इच्छाकामना गाउँपालिकाका एक युवकलाई असार १६ मा गाडीसहित नियन्त्रणमा लिएर प्रहरीले गौशालाले वृत्त थुनेको थियो । तर,…

Read More

कैलाली – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्री चौधरीलाई बर्खास्त गरेका हुन्। नेकपा (एकीकृत समाजवादी)बाट राज्यमन्त्री भएका चौधरी एमाले प्रवेश गर्ने चर्चा चलेसँगै बर्खास्तमा परेको बताइएको छ । उनीसहित आज नेकपा एकीकृत समाजवादीका संघीय संसद र प्रदेशका पूर्वमन्त्री सम्मका नेताहरू आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ। सोही कार्यक्रमका लागि एमाले अध्यक्ष कञ्चनपुर पुगेका छन्।

Read More

काठमाडौं- निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारि समितिका सदस्य कुरेका छन् । समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् । बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो । गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन् । जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बयानका लागि उनलाई बोलाएको हो । तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन् । बैठक भर्खरै सुरु भएको छ । जबरालाई सोध्न ४३ वटा प्रश्न तयार…

Read More

खोटाङ – वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा खोटाङका स्थानीय मारमा परेका छन् । यस वर्षको वर्षा रोकिएपछि सुचारु भएका कच्ची सडक पुनः केही दिनयता परेको भारी वर्षाका कारण अवरुद्ध हुन पुगेको हो । जिल्लाको बिजुले–खार्पा–लामीडाँडा–दुबेकोल–ऐसेलुखर्क, जालपा–हौंचुर–ऐसेलुखर्क, बुईपा–राजापानी–रेग्मीटार–रसुवा, रसुवा–सिम्पानी–खोटाङबजार, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी लगायतका सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा अधिकांश यात्रु पैदल यात्रा गर्न बाध्य बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । विशेषगरी बिरामी बोक्ने एम्बुलेन्स गुड्न नसक्दा जिल्लावासीलाई सबैभन्दा बढी सास्ती भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत कालोपत्रे गरिएका दिक्तेल–हलेसी–जयराम र दिक्तेल–बाँझेच्यानडाँडा सडकमा मात्र सवारी साधन चलिरहेका छन् । जिल्लाका धेरैजसो स्थानीय तहले जेसीभी खरिद…

Read More