Author: Nisha Shrestha

काठमाडौं – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौ बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले हाल कायम जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको हो । अनुमति पाएकोमध्ये कुल सार्वजनिक निष्कासन हुने सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउँने ५४७० कित्ता कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ६५० कित्ता…

Read More

कञ्चनपुर – प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुर जाँदैछन्। सदरमुकाम महेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओली त्यसतर्फ जान लागेका हुन्। महेन्द्रनगरको स्मारक चोकमा कार्यक्रम आयोजना गरिएको छ। निर्वाचनको सरगर्मी बढेसँगै शीर्ष नेताहरुको दौडधुप पनि बाक्लिएको छ।

Read More

धनगढी – भारतबाट अवैध रुपमा भित्राइएको भन्दै बरामद गरिएको ९ क्वीन्टल चिनी गायब पारिएपछि कैलाली प्रहरी विवादित बनेको छ । रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले कैलाली प्रहरी विवादमा तानिएको हो । भदौ ८ गते राति जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले तस्करीको चिनी भन्दै नियन्त्रणमा लिएको थियो। धनगढीको मुख्य बजार क्षेत्रबाटै अटोमा तस्करी हुन लागेको १८ कट्ठा अर्थात ९ क्विन्टल चिनी प्रहरीले नियन्त्रणमा लिएकोमा उक्त चिनी तस्करलाई फिर्ता गरेको आरोप कैलाली प्रहरीले खेपिरहेको छ । ‘प्रहरीले नियन्त्रणमा लिएको चिनी र अटोलाई भन्सारमा बुझाउनु पर्ने हो,’ एक प्रहरी अधिकारीले भने, ‘तर तस्करीमा…

Read More

काठमाडौं – नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११३० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बयान दिन समितिमा उपस्थित भएका छन् । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश राणासँग आज बयान लिने भएसँगै राणा समितिमा पुगेका हुन् । नेपालको न्यायीक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधीशसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।

Read More

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको निजामती कर्मचारी सेवा सम्बन्धी विधेयक खारेजीको माग गर्दै धनगढीमा नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । प्रदेश सरकारले आफ्ना आसेपासे अस्थायी कर्मचारीलाई स्थायी गर्न लागेको भन्दै अनेरास्वव्युले विरोध जनाएको हो । धनगढी पार्क मोडबाट सुरु भएको विरोध र्‍याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर टुङ्गिएको थियो । विरोध सभामा अनेरास्वव्युकी प्रदेश सचिव रक्षा बमले सरकारको गैर जिम्मेवार विधेयकको भन्डाफोर गर्न आवश्यक रहेको बताएकी हुन् । करारका कर्मचारीलाई व्यवस्थित गरी मुख्यमन्त्रीले आफू चुनाव जित्ने रणनीति लिएको बमले बताइन् । अनेरास्वव्यु कैलाली बहुमुखी क्याम्पसका उपाध्यक्ष पुष्कर भट्टले…

Read More

काठमाडौं – कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले सम्हालेका छन् । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले विश्वभरका प्रहरी प्रमुखहरुको सम्मेलनमा जानुअघि थापालाई कार्यबाहक जिम्मेवारी दिएका हुन् । सोमबार साँझ आईजीपी सिंह अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ । अगस्ट ३१, सेप्टेम्बर १ र २ मा आयोजना हुने सम्मेलनमा आईजीपी सिंह सहभागी हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ । जसमध्‍ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेका छन् भने १५५ जना संस्थागत आइसोलेसन र ४० जना आईसीयूमा छन् । यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८पुगेको छ । पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् ।

Read More

काठमाडौँ – अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेकी छन् । अभिनेत्री समेत रहेकी थापाले उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको बताइन् । उनी मंगलबार बिहानैदेखि राप्रपा चुनावी सभामा सक्रिय छिन् । उनले यसअघि पनि समानुपातिकमा नलड्ने र प्रत्यक्ष चुनावमै लड्ने समेत बताएकी थिइन् । मोरङ-३ एमाले नेता भानुभक्त ढकाल र काँग्रेस नेता सुनिल शर्माको निर्वाचन क्षेत्र समेत हो ।

Read More

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा प्रकाशन भएको छ। आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागु गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ। आचारसंहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ। निर्वाचनमा आगामी असोज २ गते समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यसूची रहेको छ।

Read More