काठमाडौं – नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा आइपुगेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११३० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments Box