Author: Nisha Shrestha

रेसुङ्गा – गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक एक हजारका दरले भत्ता वितरण गरिएको हो । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्ने क्रममा एकल पुरुषलाई भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरले जानकारी दिए । इस्मा-१ देखि ६ सम्मका ६९ एकल पुरुषलाई भत्ता वितरण गरिएको हो । एकल महिलाले राज्यबाट भत्ता पाउँदा पुरुष विभेदमा परेकाले उनीहरूलाई भत्ता दिने निर्णय गरिएको उनको भनाइ छ । गाउँपालिकाले पहिचान भएका वा सम्पर्कमा आएका ५५ वर्ष माथिका सबै एकल…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्याहरू देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन्। कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति पछिल्लो समय देखा परेको उल्लेख गर्दै सांसद पौडेलले सो समस्यालाई गम्भीरपूर्वक लिन पनि सरकारलाई सचेत गराए। उनले व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढी दुर्घटना हुने गरेको उल्लेख गर्दै त्यसलाई किन गम्भीरतापूर्वक नलिएको भनी सरकारलाई प्रश्नसमेत गरे। सांसद पौडेलले भन्नु भयो, ‘पछिल्लो समय…

Read More

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा (एसइई) दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसइई दिँदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन । मौलापुर नगरपालिकाको लक्ष्मी नियाँ माविमा सञ्चालन भइरहेको एसइईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका साह मेयरका ज्वाइँ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् ।

Read More

काठमाडौँ – राप्रपा सांसद दीपकबहादुर सिंहले महाकाली, कालापानी, लिपुलेकको बारेमा किन कसैले संसदमा बोल्न नसकेको भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले सत्ता जान्छ भन्ने डरले नबोलेको हो कि भन्दै प्रश्न गरे । उनले भने, ‘महाकाली, कालापानी, लिपुलेकको बारेमा आजसम्म कसैले किन आजसम्म एक शब्द बोल्न सकिरहेको छैन ? के डर लाग्छ ? सत्ता जान सक्छ भन्ने डरले बोल्न नसकेको हो कि ? म भन्न चाहन्छु यी ठुला दलहरूले मिसन महाकाली कहिले सुरु गर्ने ? किसानले मल पाइरहेको छैन, भएको अनुदान कट्टा गर्न लागिरहेको छ । के नेपालका किसानहरूलाई खाडी मुलुक जा भन्न…

Read More

काठमाडौँ – नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताए । ‘तपाईँहरूको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु’, उनले भने, ‘मैले अर्थतन्त्र सुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईँबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।’ सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा ब्रिफिङ पनि…

Read More

काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिलेको व्यवस्था कमजोर पार्ने गरी कुनै पनि गतिविधि हुन नदिने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार अहिलेको व्यवस्थाको रक्षा गर्दै शान्ति, समृद्धि र विकासको मार्गमा लम्किरहेको दाबी गरे । उनले भने, ‘यो लोकतन्त्र नयाँ प्रकारको लोकतन्त्र हो । यो मौलिक बाटोबाट हामीले हासिल गरेका हौँ । यसलाई हर हालतमा रक्षा गर्नु, यसलाई अझै सुदृढ गर्नु, यसको कार्यान्वयनको वातावरण बनाउनु हाम्रो लक्ष्य र कार्यभार हो । यो उपलब्धि र राजनीतिक कार्यभारलाई कमजोर पार्ने गरी हुने कुनै पनि गतिविधिलाई रोक्न, यो व्यवस्थालाई कमजोर पार्ने कुनै पनि काम हुन नदिन…

Read More

काठमाडौँ – मिटरब्याजीहरूको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले विरोध गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले मिटरब्याजबाट पीडित नागरिकलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले सो आयोग बनाउने निर्णय लिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। सांसद गैरेले मिटरब्याज पीडितहरूलाई अलमल्याउने गरी सो उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरूलाई कारवाही गर्न पनि सरकारसँग माग गरे । उनले भने, ‘यो मिटरब्याजीबाट पीडित भएका नागरिकहरूमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा स्वदेशी वस्तु मात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शीतल निवास, सिंहदरबार, संसद र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गरेका हुन्। उनले भनिन्, ‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छरु ती कुराहरू अङ्कमा देखिने गरी किन लागू भएनन् ? समीक्षा गरी आङ्गिक सुधार हुने गरी नीति ल्याउन छलफल चलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। सभामुख महोदय, सिंहदरवार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ। यहाँ…

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘स्वास्थ्यमा असहज भई अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’ उनी शनिबार अस्पतालमा भर्ना भएका थिए । राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान अस्पताल पुगेका थिए । साथै सांसद सुरेन्द्र आचार्य, पूर्व सभामुख तारानाथ रानाभाटलगायतले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी…

Read More

काठमाडौँ – मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेबाट अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी हुन् । सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उनलाई जसपाले सांसद बनाएको हो । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो वरीयतामा थिइन् ।

Read More