Author: Nisha Shrestha

काठमाडौँ – माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले संक्रमणकालीन न्यायमा अदालतले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । आज काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संक्रमणकालीन न्यायमा अदालतले हस्तक्षेप गर्न मिल्दैन,’ उनले भनेका छन् । संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्ने उल्लेख गर्दै महराले अदालतले वा न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताए । उनले थपे, ‘बृहत् विस्तृत शान्ति सम्झौताको मर्मको विषय पनि यही हो ।’ फरक प्रसङ्गमा उनले एमाले गएका माओवादी केन्द्रका नेताहरू फर्किनसक्ने बताए । ‘केही साथीहरू एमालेमा हुनुहुन्छ । उहाँहरूसँग कुरा गर्दा यसपटक आउँदैनौं…

Read More

झापा – नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलले एमाले परित्यागको घोषणा गरेका छन् । सोमबार खरेलसहितका नेता तथा कार्यकर्ताले एमाले परित्यागको घोषणा गरेका हुन् । सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेल, कल्पना पोखरेललगायत एकै पटक १० जनाले एमाले छाडेको घोषणा गरेका हुन् ।

Read More

काठमाडौँ – राष्ट्रिय सभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७९’ पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले पेस गरेको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक अब सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ।

Read More

काठमाडौँ – प्रतिनिधिसभाबाट महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ पेस भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।

Read More

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफोन संवादको सार्वजनिक अडिओ रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद धनराज गुरुङले उक्त अडिओमा कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएको भन्दै यसबारे अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् । ‘उक्त टेलिफोन संवादमा कोर टिमलाई दुई करोड बुझाउनुपर्ने बताइएको छ । त्यो कोर टिम भनेको को हो ? यसबारे छानबिन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि आजकै बैठकले संसदीय समिति गठन गरियोस् ।’ साथै उनले नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहबारे पनि…

Read More

काठमाडौँ – राष्ट्रियसभाका सांसद खिमलाल देवकाटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० बनाउनुपर्ने बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो । सांसद देवकाटाले भने, ‘२७५ जनाको प्रतिनिधिसभा र ५५० जनाको प्रदेशसभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सिमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सवलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन ।’ सांसद देवकोटाले काठमाडौँमा…

Read More

काठमाडौँ – नेकपा (एमाले)का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताएका हुन् । सांसद पन्तले भने, ‘कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ ।’ उनले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने…

Read More

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता खारेज गर्नु पर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले नेपाली जनताले सङ्घीयताको खर्च धान्न नसक्ने भन्दै सङ्घीयता खारेज गर्नुपर्ने बताएका हुन् । सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा आफूहरूको असहमति रहेको उनले बताए । केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर न्यूनतम साझा कार्यक्रममा समेटेका विषयहरूमा आफ्नो पार्टीका असहमति रहेको बताउँदै हस्ताक्षर आएकोमा आपत्ति जनाएका थिए ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले मेयर बालेनले संघीय सरकारप्रति असहमति व्यक्त गर्दै सिंहदरवारको फोहोर नउठाउन निर्देशन दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, काठमाडौँ महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस् ।’

Read More

कञ्चनपुर – खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका हुन् । डिजेल प्रतिलिटरमा रु १० घटे पनि किसानले पुरानै मूल्यमा गहुँ थ्रेसिङ गरेबापतको रकम तिर्नुपरेको छ । ट्र्याक्टर व्यवसायीले डिजेलको मूल्य र मजदुर ज्याला बढेका कारण देखाउँदै चर्को रकम लिन थालेको किसानको गुनासो छ । गहुँ थ्रेसिङ गरेबापत ट्र्याक्टर व्यवसायीले प्रतिघण्टा रु तीन हजारदेखि रु तीन हजार तीन सयसम्म रकम लिन थालेका छन् । उता स्थानीय तहले भने ट्र्याक्टर व्यवसायीले लिन थालेको मूल्य नियमन गर्न दर रेट निर्धारण गरेका छन् ।…

Read More