Author: Nisha Shrestha

दार्चुला – दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म दार्चुलाको ग्रामीण तथा बजारक्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ । जनचेतना वृद्धिसँगै आयोडिन नुनको प्रयोग बढेको हो । दार्चुलामा खलङ्गा र गोकुलेस्वर गरी आयोडिन नुनका दुई डिपो रहेका छन भने ब्यास, दुहु, अपि हिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन । बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्री वितरण र प्रयोग दर बढ्दै गएको साल्ट ट्रेडिङ डिपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेम सिंह कुँवरले बताए…

Read More

काठमाडौँ- प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १.६८ अंकले वृद्धि भइ १९२०.०९ विन्दुमा आएको छ । यससँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मंगलबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १ हजार ६६५ रुपैयाँ कायम भएको…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उनले मिटर ब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग पूरा गर्नुपर्ने बताए । पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उनले आफूले पनि माग पूरा गर्न सक्दो सहयोग गर्ने आश्वासन दिए । मिटरब्याजीले समाजमा गरिब वर्गलाई गर्ने शोषणले गर्दा जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा नहुने नेता खनालले विचार व्यक्त…

Read More

महेन्द्रनगर– पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन । उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो । सानैदेखि देउडा गुनगुनाउने उनि पछि अभिनयमा लागिन । देउडासँगै आधुनिक गीतमा समेत बोहराले अभिनय गर्दै आएकि छन्। नृत्य एकदमै राम्रो भएका कारण बोहरालाई कर्णालीको जुम्लादेखि भारतको बैंग्लोरसम्म निम्तो आइरहन्छ । सुदूरपश्चिमकी चल्तीकी कलाकार बोहराको माग यहाँका नौवटै जिल्लामा हुने मेला महोत्सवमा अझ बढी छ । “प्रायः गीतको अभिनयमै बढी समय दिने गरेकी छु”, बोहराले भनिन, “पछिल्लो समय स्टेज कार्यक्रममा नृत्यका लागि बोलाउने क्रम बढेको छ ।” सुदूरपश्चिमका देउडा तथा आधुनिक गीत गरेर…

Read More

काठमाडौँ – बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबन्डाका विषयमा छलफल गर्न सत्तारुढ १० दलको बैठक केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो। बैठकमा माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत, प्रभु साह, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरू सहभागी छन् । प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत दिएर समर्थन गरेको १० दलसहितको गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा सरकार विस्तारमा ढिलाई भइरहेको छ । चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले ३-४ दिनमै सरकार विस्तार गर्ने बताएका थिए । तर…

Read More

काठमाडौँ – सरकारले मिटर ब्याज लिनुलाई अपराध घोषणा गरेर सजायको कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ । मङ्गलवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी संहितालाई संशोधन गरेर मिटर ब्याजमा रकम असुलीलाई अपराध घोषणा गर्ने निर्णय गरेको हो । साहुसँग लिएको चर्को ब्याजको ऋणका कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेसबाट मिटर ब्याज पीडित पैदल हिँडेर काठमाडौँ आएको छ ।

Read More

विराटनगर- कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूह र प्रहरीबीच झडप भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त बनेको छ । पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ । मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो । त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । प्रदर्शनमा…

Read More

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता शेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४४ करोड ३७ लाख १३ हजार आठ सय ७८ बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त र निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ११ दशमलव १४, पाँच दशमलव ४६ र १० दशमलव ३७ अङ्कले घटेको छ भने बाँकी…

Read More

धनगढी – नेकपा (एमाले) कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशीले युवालाई पार्टी बलियो बनाउने मेरुदण्ड भएको बताएका छन्। आज (मंगलवार) राष्ट्रिय युवा संघ, नेपाल धनगढी उपमहानगरपालिकाको अधिवेशनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले एमालेसँग जोडिएको युवा गलत क्रियाकलाप र प्रवृत्तिबाट मुक्त हुनुपर्ने पनि बताए। उनले भने, ‘राजनीति भनेको सेवा हो। हामीले सेवामय भावबाट हाम्रा क्रियाकलापलाई अगाडि बढाउनुपर्छ। युवाले रचनात्मक र सृजनात्मक काम गर्ने हो। युवा संघले एमालेका राम्रा कामलाई स्थापित गरेर छाप छाड्ने काम पनि गर्नुपर्छ।’

Read More